गत जुलाई ३१ देखि हराई रहेकी ममता काफ्लेको सम्मानमा भर्जिनियाको मनासस पार्क चौकी बाहिर मैन बत्ती बालीएको छ । गत सेप्टेम्बर २७ शुक्रबारका दिन भेला भएका समुदायले आयोजना गरेको कार्यक्रममा मनासस पार्क प्रहरी बिभाग प्रमुख मारियो लुगोले समेत सहभागिता जनाए । उनले मन्तब्यको क्रममा भने “हामी ममताको न्यायको लागि भेला भएका हौ ,उद्देश्य प्राप्त गर्नेछौं र अगाडि बढ्नेछौं” ।
उनका पति नरेश भट्टलाई शव लुकाएको आरोप लगाईएको छ । प्रहरी तथा संचार माध्यमलाई आरोपी नरेश भट्टले दिएको जानकारी अनुसार ममता काफ्ले अन्तिम पटक जुलाईको अन्त्यमा देखिएकी थिइन् ।
ममता काफ्ले भट्टलाई उनका पति नरेश भट्ट बाहेक अरू कसैले देखेको दुई महिना भइसकेको छ। अझै पनि किटान साथ प्रहरीले नरेशलाई हत्यारा तिमी नै हौ भन्ने लगाएको छैन । प्रमाणहरु पेश गरिएता पनि अदालतले उनले नै हत्या गरेको पुरै पुष्टी गरि नसकेको र आगामी डिसेम्बर ९ देखि सुनुवाई हुने भएकोले सबै जना त्यसको प्रतिक्षामा रहेका छन् । प्रहरीले थप सबुत सहित प्रमाणहरु डिसेम्बरमा पेश गर्ने अपेक्षा गरिएको छ ।
गत शुक्रबार सेप्टेम्बर २७ का दिन नेपाली समुदाय सहितको समर्थकहरू ममतालाई सम्मान गर्न र संस्मरण गर्न मनसास पार्क प्रहरी विभाग बाहिर भेला भएका थिए ।
“उनी प्रेमको प्रतीक थिइन्। उनी एक साथी र बहिनीको रूपमा धेरै माया गर्ने र हेरचाह गर्ने थिइन्,” ममताकी नजिककी साथी सुनिता बस्नेतले भनिन्। उक्त सम्मान कार्यक्रममा उनका प्रचारसामग्रीहरु राखिएका थिए भने मैनबत्तीहरू जलाईए र उनको सम्झना गरियो ।
“हामीले गत हप्ता अदालतमा केही साँच्चै अपत्यारिलो सुनुवाई सुन्यौ ,हामीले महसुस गर्यौं र हामी समुदायको रूपमा एकताबद्ध रुपमा सँगै आउन आवश्यक रहेको बुझ्यौ ” होली विर्थले भनिन ।
ममता अझै बेपत्ता नै रहेकी छिन् । उनका पति नरेश भट्टलाई अगस्त २२ मा गिरफ्तार गरी शव लुकाएको अभियोग लगाइएको छ । उनी अहिले कारागारमा छन् । गत शुक्रबार अभियोजकहरूले नरेश भट्टको मुद्धा सुनुवाईको क्रममा आफ्ना केही प्रमाणहरू साझा (प्रस्तुत )गरे।
ममता, नरेश र उनकी कान्छी छोरी बस्ने मनसास पार्कको घरमा ठूलो मात्रामा रगत भेटिएको उनीहरुको भनाई छ । अन्वेषकहरूले ममताको शव सारिएको प्रमाण रहेको बताएका छन् । न्यायाधीशलाई नरेश भट्टले विभिन्न फोहोर फ्याक्ने रद्धि टोकरीमा फोहोर फ्याक्ने झोलाहरू लिएर गएको र कहिलेकाहीं पञ्जा लगाएर झोलाहरू फ्याँकिएको श्रब्यदृश्य(भिडियो )समेत देखिएको र उक्त श्रब्यदृश्य अदालतमा बुझाईएको छ ।
साथै नरेशले आफ्नो टेस्ला गाडीलाई प्रहरीले खोजी गर्न आग्रह गरेको दिन पछि बेचेको र ट्र्याकिङ (तथ्याँक )उपकरणबाट मेटाएका थिए । अघिल्लो शुक्रबार न्यायाधीशले अन्ततः उनलाई “उडानको जोखिम” र “समुदायको लागि खतरा” भनी आफ्नो धरौटी अस्वीकार गरेका थिए ।
अभियोजकहरूले अगस्त २ मा नरेश भट्टसँग प्रहरीको गएको पहिलो अन्तरक्रिया देखाउँदै गरेको १४ मिनेटको श्रब्यदृश्य (भिडियो )पनि प्रस्तुत गरेका थिए ।
गत शुक्रबार राति आयोजना गरिएको भेलामा प्रहरी प्रमुख आफै उपस्थित भै समर्थनको लागि धन्यवाद दिएका छन् । उनले डब्लुयुएस९ लाई आफ्ना अधिकारीहरूले ममतालाई न्याय पाउने बताए।
“हामी अझै पनि अन्य जानकारी थप सुरागहरू प्राप्त गर्न कोशिस गर्दैछौं ” प्रमुख लुगोले भने। “हामी उनको लागि न्यायको लागि यहाँ छौं हामी एक उद्देश्य प्राप्त गर्नेछौं र अगाडि बढ्नेछौं”। त्यसै गरि सुनिता बस्नेतले ‘उनलाई न्याय दिलाउन हामी कटिबद्ध छौं । नरेश भट्ट आगामी अक्टोबर १० मा पुन: अदालतमा उपस्थित हुनेछन्।
तर नरेश भट्टका वकिलले उनलाई रिहा गराउन हरेक जुक्ती लगाई रहेको र मनासस पार्क प्रहरीलाई गलत ढंगले प्रकाउ गरेको भन्दै मुद्धा दायर गर्ने समेत भएको ममता काफ्लेका समर्थनहरुले सामाजिक संजाल मार्फत आफ्ना कुराहरु राखी रहेका छन् ।
प्रतिक्रिया