मेयर बालेन शाहले राजधानीको लागि केही राम्रा र सुरक्षित रहने कुराहरु पहिलेदेखि नै बोल्दै आएका थिए, त्यतातिर ध्यान दिएर सबैले अगाडि बढेको भए आज राजधानी काठमाडौमा यो दिन आउने थिएन !
दायाँबायाँ २० फिट छाडेर घर बनाएको भए अनि खोलालाई मिचेर, बन्द गरेर घर नबनाएको भए आज यो दिन आउने थिएन होला! कति त खोला मिचेर घर बनाउँदाको परिणाम पनि हो आजको यो अवस्था !
खोलालाई आफ्नै बेगमा बग्न दिनुपर्छ, प्रकृतिको नियमलाई रोक्न खोजेको परिणाम हो आज।
अझैंपनि सिकुन् केही नेताहरुले बालेन शाहबाट। आफू जन्मेको, हुर्केको देशमा यो दिन आउँछ भनेर सोचेको कहाँ थियो र!
अन्तिममा मैले एउटा कविता धेरै अगाडि लेखेकी थिए त्यो कविताको शीर्षक थियो- “पृथ्वीको चेतावनी” हो आज पृथ्वीले जताततै चेतावनी दिदैंछिन्।
प्रकृतिसङ्ग कहिल्यै खेलवाड गर्नु हुँदैन। यो पटक फेरि नेपाल देश र जनताहरु धेरै दुखेका छन् यस्तो बेलामा संसारभरबाट देशमा आईलागेको आपतकालीन अवस्थामा ध्यान पुर्याउनु हाम्रो दायित्व पनि हो ।
लुटेर पैसा कमाईखानेहरुले यो बेला देशलाई देखाएर लुटन सक्छन् नेताहरुले पनि यहीँ बेला देशको धन दुरुपयोग गर्न सक्छन् त्यसैले हामी सबैले होशियार हुनु जरुरी छ।
भुईचाँलोबाट क्षतिग्रस्त नेपाल राम्ररी फस्टाउन र फुल्न नपाउँदै फेरि यो पटक नराम्रो तरिकाले दुखेको छ, धेरै परिवारहरु घरबारबिहिन भएका छन यस्तो बेलामा सरकारको ध्यान त्यतातिर जाओस् ।
प्रकृतिसङ्ग कहिल्यै खेलवाड गर्नु हुँदैन। यो पटक फेरि नेपाल देश र जनताहरु धेरै दुखेका छन् यस्तो बेलामा संसारभरबाट देशमा आईलागेको आपतकालीन अवस्थामा ध्यान पुर्याउनु हाम्रो दायित्व पनि हो।
अब बाटोघाटो, पुलपुलेसा अनि घरहरु बनाउँदा कच्चा होइन बरु पक्का अनि नयाँ प्रवृत्ति अपनाईयोस् अनि विनाकाम नेताहरु बिदेश जाने र देशको सम्पत्ति सिध्याउने काम बन्द गरियोस् ।।।
जय श्री पशुपतिनाथ
कमला प्रसाईं
प्रतिक्रिया