डिसी क्षेत्रमा अक्टोबर ५ मा हुने दशैं तिहार महोत्सव २०२४ मा बालबालिकाको लागि अनुहारमा चित्रकला बनाउने ,बाल खेलकुद तथा चङ्गा उत्सवको आयोजना गरिने

इनेप्लिज २०८१ असोज १५ गते २२:५३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना हुने दशैं तिहार महोत्सव २०२४ मा बालबालिकाको लागि अनुहारमा चित्रकला बनाउने ,बाल खेलकुद तथा चङ्गा उत्सवको आयोजना गरिने भएको छ ।

गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष आगामी अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने तयारी गरिने भएको छ ।

यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० जना मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकले संकल्प गरेका छन् ।

यसै सिलसिलामा आयोजकले यस क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायका अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई अनुहारमा रङ्ग लगाउने (फेसपेन्टिंग) ,किड्स गेम (बाल खेलकुद )तथा काइट फेस्टिबल (चङ्गा उत्सव)को आयोजना गरिने हुनाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई सहभागी गराई दिन हुन् आह्वान गरेका छन् ।

उक्त महोत्सवमा प्रवेश गर्न १५ डलर तथा बिशेष टिकट(भिआईपि)को लागि १०० डलर राखिएको छ । स्मरण रहोस ,उक्त टिकट खरिद गरे पछि त्यसैले राती १० बजे सम्म मनोरंजन लिन सकिने छ । अर्थात् सांगीतिक कार्यक्रम अन्तर्गत प्रमोद खरेल ,मिलन नेवार ,निमा रुम्बा लगायतका कार्यक्रमहरु हेर्न पाइने छ ।

तर खानेकुराको सवालमा सहभागी हुनेले सबैले आफ्नो इच्छा अनुसार आफ्नै खल्तीबाट थरिथरिका ८४ व्यंजन खानेकुराहरु बारम्बार खान सकिने छ ।

डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष पनि सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ ।

यस बर्ष महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बिगत झैँ स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।

कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :

मिति: ५ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डमफ्रिज रोड, मनासस, VA 20112

थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.comमा थिच्नु होला ।

प्रतिक्रिया