हिन्दूहरूको महान पर्व विजया दशमीमा घटस्थापनाका दिन देखि नवरथा शुरू हुन्छ । नवरथामा नवदेवीहरूको नवौँ दिन सम्म पूजाअर्चना हुन्छ । देवीहरूकी पनि महादेवी दुर्गाभवानीका अनेकन रूपहरूछन् । नवदुर्गा भवानी भनेर देवीहरूलाई भन्ने गरीन्छ । नवरथामा नवदुर्गाहरूलाई बिभिन्न नौवटा नामले पूजा गरिन्छ । माता दुर्गाका अलग अलग नौ नामहरू छन् ।प्रथम शैल्यपुत्री जसलाई पर्वतराज हिमालयकी पुत्री पार्वती नामले पनि सम्वोधन गरिन्छ । ब्रम्हचारिणी कठोर तपश्या गर्ने, भगवान शिवलाई पति पाउनका लागि कठोर तपश्या गरेको थियो । त्यसैले ब्रम्हचारिणी नाममा पूजा गरिन्छ । देवीको निधारमा अर्ध चन्द्राकारको तिलक लगाउने हुनाले चन्द्रघण्टा भनिन्छ । देवी कुष्माण्डा सिङ्गो ब्रम्हाण्ड नै स्थापना गर्ने शक्ति हुने भएकोले कुष्माण्डा भनिन्छ । स्कन्दमाता कार्तिकयकी माता हुनु हुन्छ । त्यसैले कात्यायनी भनेर पुजा गरिन्छ । कात्यियनीले महिषासुरको बधगर्न उर्जा प्रदान गर्नु भएको थियो । दुर्गा भवानीको सातौँ रूपलाई कालरात्री भनिन्छ । कालरात्रिलाई संकटमोचनकी देवी, कालनासनी पनि भनिन्छ । महागौरीले महादेव पति प्राप्त गर्न कठोर तपश्या गर्नु भएको थियो । अष्ठ दुर्गाका रूपमा पूजा गरिन्छ । नवौँ सिद्धिदात्रीमाता भनेर पूजा गरिन्छ सिद्धिदात्रीको पूजाले सबै कार्यहरू सम्पन्न हुन्छ भन्ने मान्यता छ ।
घटस्थापना शुरू भए पछी श्रद्धालु भक्तजनहरू देवदेवीका मठ मन्दिरमा गएर आराधना गर्दछन् । नौ दिन सम्म पूजा गरेर दस दिनमा विजयदशमीको दिन टिका प्रसाद ग्रहण गरिन्छ । नवदुर्गा भवानीको पूजाआजा हुन्छ । यस पावन अवशसमा माता दुर्गा भवानीको भजन तयार भएको छ । आज घटस्थापनाका दिन यो भजनको सार्वजानिकिकरण गरियो । यो भजन सुरेन उप्रेतीले लेख्नु भएको हो । भजनलाई संगीत गरेर स्वर बिकाश चौधरीले दिनु भएको छ । साथमा सब्बु केसी र बिशाल राईको स्वर रहेको छ । भद्रप्रसाद चुडालको प्रस्तुती रहेको गीतलाई निकिता चुडाल
उप्रेतीले निर्माण गर्नु भएको छ । सबिन लिम्बुको संगीत संयोजन, अजय अधिकारीको रेकर्डिङ ,मिक्सिङ मास्टरिङ गोबिन्द सोनी , र छायाङ्कन सम्पादन ललितसिंह साउद रहनु भएको छ । ए लेभल स्टुडियोमा रेकर्ड भएको गीत आज नै सुरेन उप्रेतीको यूट्यूव च्यानलमा प्रसारण भएको छ ।
प्रतिक्रिया