जताततै वाढी पहिराे छ
खाेला भित्र ,
पहिरो भित्र ,
लाशकाे डङ्गुर छ
तिनै लाशमा पैतालाले कुल्चेर
कुन उत्साहले घर आउनु र?
कुन उमङ्गले दशै मान्नु र?
त्यसैले ,
मनमा पीडाकाे बाेझ बाेकेर
दशैमा घर आउदिन म।
त्यतापनि सरकार छैन रे
यता त सरकार छदै छैन
कागजमा सरकार भएपनि
भाेक भाेकै मर्नेकाे,
वाढीमा बगाएर मर्नेकाे,
पहिराेमा परेर मर्नेको ,
आगाेमा जलेर मर्नेको ,
जुठो बार्देैन,
आँसु झार्देन सरकार!
सरकारकाे “लिष्ट”मा पर्न
सरकारकाे मनमुटुमा पर्न
सरकारले “राहत”दिन
सरकारले “राष्ट्रिय शाेक “बार्न
गाडी चढेर हुदैन
पहिरोमा परेर हुदैन
नदीमा बगेर हुदैन
आगाेमा जलेर हुदैन
“जहाज”चढी दिनुपर्छ।
प्लेन त कसरी चढुँ र?
म त गरीब हुँ-
दुर्गम ठाउँमा छु,
गुमनाम गाउँमा छु
तैपनि,
मुलुक भाेकमा डुवेकाे देख्छु
शाेकले भाव विह्लल देख्छु।
“ठाउँमा ” हुनेहरु-
तपाईंको सरकारलाई प्रश्न गरिदिनु न-
के भाेकभाेकै मर्नेहरु
वाढी पहिराेमा पर्नेहरु
मान्छे हाेईनन् र?
ती चाहिँ नागरिक हुदैनन् र?
त्यसैले ,
माैसम खराब पनि छ,
प्लेन भए पाे सरर उडेर आउनु
“सिनु”हुनलाई के मरिहत्ते गर्नु?
दशैमा घर आउदिन म।
(गाउँले चाैतारी,रामपुर,ओखल्ढुङ्गा )
प्रतिक्रिया