२०८१ को विजया दशमी
हरेक नेपालीको घर,परिवार
साथै प्रत्येकको मन,मस्तिष्कमा
खुसि लिएर भित्रियोस्
शुभकामना !
राजनीति सङ्लिएर
अर्घेल्याइ ,ढिलासुस्ती हटोस्
सर्वसाधारणको जिवन
सुख र सव्वृद्दितिर उन्मुख बनोस्
नेताहरूमा भएको मपाईत्व हटेर
घात र अन्तरघातको राजनीतिक श्रृखला
सदा सदाकालागि टुटोस्
शुभकामना
यस पटकको देशैबाटै
लुट,भ्रष्टाचार र हडप्याइ हटोस्
पछौटे चिन्तनको शब्द बडाई घटोस्
निहथा र कम्जोर नागरिकको बोली
सजिलोसित विकोस
शुभकामना !
हत्या,हिंसा र बलात्कारको
आतंकबाट छुटकारा मिलोस्
घरघरमा मेलमिपलाप र सदाचार बढोस्
हरेकको मन मस्तिष्कले
शान्ति र सम्वृद्धि महसुस गर्न सकोस्
शुभकामना !
बोलीचालीको शव्दमाला
शिष्ट र सव्य बनोस्
अवसरवाद होइन सामाजिक सद्भाव
एकअर्काविचमा मान र सम्मानको
संस्कृतिले स्थान पाओस्
शुभकामना !
आपसी मेलमिलाप,आत्मियता
भाइचारा र भावनात्मक एकता बढोस्
दिएर खान र छेउमा आड लाग्न ठाउँ भेटियोस्
सबैको ऐश्वर्य र सुख शान्तिले
दैनिकी बितेको पाइयोस्
सामाजिक मर्यादा आर्थिक सम्वृद्धि
र अपराधी प्रवृत्तिमा सुधार भइ
सबै नेपालीहरूमा
सामूहिक जिम्मेवारी र दायित्वको
विकास गर्ने मन फर्कियोस
यस्तो मौका जुटाइदिने
बडा दशै तिमीलाई पनि
प्रत्येक वर्ष आइदिएकोमा
शुभकामना है !
सीता ओझा
२०८१/०६/१८
प्रतिक्रिया