लघुकथा
सीमालाइ एक्जामको ठ्याक्कै एक हप्ता अगाडी एन्जाईटी एट्याकले छोप्न थालेको थियो। उ मर्निङ्ग क्लासेस बाट घर फर्केर आएसी दायाबाया कतै नहेरी आफ्नो कोठाको तन्ना खुम्चिएको खाटमा पर्लक्कै पल्टी। सिरकको खोल पनि निस्किन आटेको रहेछ। त्यसलाई आफ्ना खुट्टाले सोरेर र खुट्टाको औलाले गाठो पारेर उ टाउकोसम्मै सिरक ओढेर निदाउन खोजी। उ सुतेको लगभग एक घण्टा के भएको थियो, मम्मीले तीखो स्वोरमा माथिल्लो तल्लाबाट कराउदै भन्नुभो – “ कहा मरेकी यो नकचरी । कलेजबाट फर्केकी छैन । एक्जाम छ भोलि देखि। तिनै हल्लौड़े संगीनिहरुसंग ट्याम पास गर्दै होली !
सीमा भन्ने नाम मोबाइल फोनमा डिस्प्ले भो सर्च बारमा टाइप गरेपछी। ममीले हस्याङ्ग फस्याङ्ग गर्दै कुरा निकालिहाल्नु भो उसले फोन उठाएपछी–“रात दिन त के ट्यापे केटीहरुसंग समय काट्दै हिडछेस? घरमा त पाहुना नै होलिस नि हैन।“
मम्मी मलाइ आज माइग्रेन एपिसोड फेरी आयो। म बोल्ने अवस्थामै छुइन। उसले फोनमा कुरा प्रस्ट्याई।
सिमाले फुनमा मम्मी बोलिसक्न नपाउदै होल्डमा राखी। तर फोन काट्न बिर्सी। आइया ममी मलाई निकै ऐठन भैराछ। ऊ निकै चर्को आवाजमा घर थर्काउने गरी कराइ। उसको आवाज तल उसको कोठाको ढोका फोड्ने गरी गुञ्जिरहेको जस्तो लग्यो ममीलाई ।
हत्तनपत्त मोबाइल काटेर मम्मी आफ्नो खुट्टाको चप्पले मार्बलको भर्याङ्ग बजाउदै तल झर्नु ओर्लनुभो।
नानी के भो तिमीलाई ? कोठा भित्र पसेपछि मम्मीले असिनपसिन अवस्थामा सीमालाई देखेपछी उनको आखाको डिलबाट तुरुक्क आसु चुहियो।
उ टाउकामा हात हालेर कुन्नि सपनामा बर्बराइ राख्या थिई।
नानी के भो तिमीलाई? माइग्रेनले धेरै टाउको दुखिराको हो कि ?
उ त्यसपछी गहिरो निन्द्रामा पुगी जस्तो लाग्यो आमालाई।
हत्तनपत्त सीमाको खाटको कुनामा फ्याकेको फोन उठाएर इमर्जेन्सी नम्बर खोज्नु भो। नम्बरको माथि डाक्टर कविन्द्र भन्ने नाम देखेपछी तल फुनको चित्र औलाले छुनुभो । डाक्टरलाई फोन झट्टै गयो।
तर एकमिनेट पछि फोन काटियो ,“माफ गर्नु होला नम्बर उपलब्द हुन सकेन। “
मम्मीले कालो अनुहार पारेर टु टु टु टु गरेर भाइब्रेट भैराख्या फुन राख्नु भयो।
अनि यो सोचेर कि केही बेरलाइ दुखाइ कम होला कि भनेर सीमालाई बिउझाएर टेबलमा एन्जाईटी कम गर्ने दबाइ ख्वाइदिनुभयो ।
सुरभि रेग्मी
प्रतिक्रिया