कवि साहित्यकार महेश्वर पन्तको एकल कविता वाचन तथा साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ असोज २१ गते २२:३६ मा प्रकाशित

नर्थ क्यारोलिना, अमेरिका। नर्थ क्यारोलिना साहित्यिक समाज तथा अनेसास नर्थ क्यारोलिनाको सयुंक्त आयोजनामा आयोजन गरिएको एउटा साहित्यिक कार्यक्रम बिच साहित्यकार तथा कवि महेश्वर पन्तको एकल कविता वाचन कार्यक्रम गरिएको थियो। यही अक्टोवर महिनाको पाँच तारिख शनिवार २०२४, नर्थ क्यारोलिनाको मोरिसभिलमा सम्पन्न उक्त साहित्यिक तथा कविता
वाचन कार्यक्रम अनेसास नर्थ क्यारोलिनाका अध्यक्ष शिखर दुलालको सभापत्तित्वमा सम्पन्न भएको थियो।

सोही कार्यक्रममा प्रा. डा. हरिहर भट्टराईले महेश्वर पन्तका हजुर बुवा कवि साहित्यकार पण्डित स्व. कालीभक्त पन्तले
नेपाली लोक गीत तथा नेपाली लोक संस्कृतिमा पुर्याएको योगदान बारे चर्चा गर्नु भएको थियो। ‘हाम्रो सँस्कृतिक
ईतिहाँस’ कालीभक्तले सकंलन गर्नु र लेख्नु भएको किताव हो जुन नेपाली विषयमा एम.ए गर्ने बिद्यार्थीका लागि सबै
भन्दा राम्रो संधर्भ ग्रन्थको रुपमा चाहिने र प्रयोग भएको किताब थियो र यस्को पूनर प्रकाशन भएकोमा खुशी समेत ब्यक्त
गर्नु भएको थियो।

साहित्यकार तथा कवि डा. निलम कार्की निहारिकाले साहित्यकार महेश्वर पन्तको ब्यक्तित्व र
कृति बारे प्रकाश पार्दै वहाँका हाल सम्म दुई उपन्यास, दुई कथा संग्रह लगायत सात कृतिहरु प्रकाशित र पन्त द्वारा
लेखिएका र सगींत वद्ध थुप्रै गीत र गीति एल्बमहरु पनि बजारमा छन् भन्नु भएको थियो।

कार्यक्रममा आधा दर्जन जति कविता वाचन र केही गीत तथा गजल गायन गर्दै पन्तले आफूलाई यसरी दिईएको अवसर
प्रति उपस्थित ब्यक्ति, सँस्थाहरु र संयोजन गरिदिनु भएकोमा साहित्यकार मदन पुरस्कार विजेता डा. निलम कार्की
निहारिका र वहाँका श्रीमान डा. भास्कर कुँवर प्रति कृतज्ञता ब्यक्त गर्नु भएको थियो।

उक्त अवसरमा उपस्थित साहित्यकार समाज सेवि महानुभावहरु एनसिएनसिका पूर्व अध्यक्ष डा ठाकुर कार्की, डा
सुस्मा प्रधान, रविन्द्र कार्की, अनेसास नर्थ क्यारोलिनाका पूर्व आध्यक्ष मनोज प्रधान, नम्रता गुरागाई, शिशिर खनाल,
नर्थ क्यारोलिनामा संचालित अमेरिकाकै पहिलो आरम्भ पुस्तकालयका निर्देशक मेघा लगायत डा चन्द्र गिरी,
जितमान वस्नेत, निमा पाख्रिन, डम्मर पन्थ हरुको कार्यक्रममा उपस्थिति थियो।

पन्तको साथमा वहाँका माता उर्मिला देवी पन्त तथा पिता गोबिन्द प्रसाद पन्तको समेत उपस्थिति थियो।

सोही अवसरमा अन्य उपस्थित कवि गीतकार शिशिर पौडेल, सुबोध पौडेल, भगवती न्यौपाने, विनोद ढकाल, बिक्रम
गौतम, रचना सुवेदी, निशा ढकाल, नम्रता गुरागाई, शिखर दुलाल आदिले आ-आफ्ना कविता गजल गीतहरु समेत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम आनेसास नर्थ क्यालोलिनाका महा-सचिव प्रभा पोखरेलले सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया