कम्युनिटी कलेज अफ सदर्न मेरिल्याण्ड(Community College of Southern Maryland (CSM) ले आज नेपालीहरुको बिशेष चाडपर्वलाई सम्मान गर्दै “नेपाली पर्व” मनाएको छ। सबै धर्म, जात जातीहरुलाई समान सम्मान दिने प्रचलन अनुसार उक्त कलेजले यो पर्व मनाएको हो।
आजको यो बिशेस कार्यक्रममा नेपाली भाषा, संस्कृति को चिनारी साथै “सांस्कृतिक साक्षरता र अमेरिकामा रहेका नेपाली डायस्पोराको पहिचान” बिषयमा प्यानल डिस्कसन (छलफल) भएको थियो।
उक्त समूह छलफल (प्यानल डिस्कसन)मा सान फ्रान्सिस्को बिश्वबिद्यालयका प्राध्यापक डा. टिका लम्साल, इन्डियन हेड़ सिटि, म्यारिल्याण्डका उप-मेयर किरण सिटौला र सिएसएमका प्राध्यापक डा. बिष्णु घिमिरे रहेका थिए । समूह छलफलपछि प्रश्न उत्तरहरु भएका थिए।
उक्त अवसरमा भर्जिनियाका प्रखर समाज सेवी तथा खेल क्षेत्रका हस्ती चन्द्र लामाले नेपालकी चर्चित कलाकार अन्जली अधिकारीको नाच प्रस्तुत गरि दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । नेपालकी चर्चित गायिका बिमा कुमारी दुराको उपस्थितिले कार्यक्रम झन् गरिमामय बनाएको थियो।
उक्त कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरु तथा उक्त कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको उपस्थिति थियो।
उक्त कार्यक्रमलाई सफल पर्न त्यसै कलेजमा प्राध्यापन गर्ने डा. बिष्णु घिमिरे तथा डेविड वाकरको साथै चार्ल्स काउन्टीमा बसोबास गर्ने ब्यबसायी तथा सामुदायिक अगुवाहरुको बिशेष योगदान थियो।
प्रतिक्रिया