अनेसासले आयोजना गर्यो दशैं शुभकामना कार्यक्रम

इनेप्लिज २०८१ असोज २५ गते १६:३० मा प्रकाशित

अनेसासले आयोजना गर्यो दशैं शुभकामना कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिले जुम प्रविधिको माध्यमले विजय दशमीको अवसरमा विश्वव्यापी शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो ।

सदस्य सचिव राजु सिटौलाको संयोजनमा कोषाध्यक्ष तारा अधिकारीको उद्घोषण र अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा संचालित उक्त कार्यक्रममा बीओटीका सभापति पदम विश्वकर्माले अनेसास केन्द्र,बीओटी परिवार , च्याप्टर र सम्पूर्ण साहित्यकारको स्मरण गर्दै विजया दशमी उल्लासमय रहोस् भन्ने कामना गरे ।

केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदीले आफ्नो शुभकामना मन्तव्य क्रममा विजया दशमी आफैभित्रको आसुरी वृत्तिका विपरीत सत्य र शुभभावको विजयको प्रतीकात्मक प्रकटन हो भन्दै बाल कविता लयात्मक शैलीमा वाचन गरे ।एशिया उपाध्यक्ष सरिता अर्याल,महासचिव राजु सिटौला ,बिओटी सचिव नारायण अधिकारी, साहित्यकार पीपलमणि सिग्देल, बिओटी सदस्य धर्मराज कोइराला , कार्य समिति सदस्य तारा उप्रेती लगायतले दुर्गा भवानीको मन्त्रसहित शुभकामना मन्तव्य राखे ।

बीओटी कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, कार्य समिति सदस्य पुष्पा खनाल, डा . खगेन्द्र दहाल,बीओटी महासचिव प्रकाश नेपाल,कोरिया च्याप्टरका नव निर्वाचित अध्यक्ष लोकराज न्यौपाने, तारा अधिकारी,मीरा कोइराला, अन्तर्दृष्टिका प्रधान सम्पादक दिनेशराज ज्ञवाली, केन्द्रका सचिव रविन शर्मा, दशैं शुभकामना भाव बोकेका कविता , गीत, गजल आदिद्वारा शुभकामना व्यक्त गरे ।

स्मरणीय छ कृष्णभक्त राईको स्वर र राम कार्कीद्वारा संगीतबद्ध र साहित्यकार पदम विश्वकर्माको दशैं शुभकामना अडियो गजल समेत उक्त समारोहमा प्रस्तुत गरियो ।कार्यक्रमको अन्त्यमा कार्य समिति अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासका कार्यक्रमलाई थप नवीनता प्रदान गर्दै विश्वभरका अनेसास सदस्य , साहित्यकार, संस्थाको शुभचिन्तकका भावनालाई समेत आत्मसात गरी भावनाको दायरा फराकिलो बनाउनुपर्ने मत प्रकट गर्दै दशैं शुभकामना कवितासहित सभाविसर्जन गरे ।

प्रतिक्रिया