डिग बहादुर तामाङ्ग
दर्शैं नेपालको महान पर्व हो, नेपालमा बसैधर्म जात समुदायले आ-आफना तरिका तवरले मान्ने गर्थे,दशै पर्व अर्थात चाडलाई । जव नेपालमा २०३७ सालपछि जनमत संग्रहले सुधारिएका पंचायती आयो । राजाको “हिन्दु” मात्रको चाड भनेर रेडियो नेपालबाट सन्देश जान थाल्यो।
त्यसपछि बुद्धिष्टहरु, प्राकृतिक पूजारी किराँतहरु,हिमालभेगका दाजुभाईहरुले मान्न बिस्तारै छाडे ।
दरवारमा बस्ने राजाको सल्लाहकारहरु प्रति दया लाग्छ। किनभने हिन्दु भन्ने धर्म होइन भनेर किन राजालाई सल्लाह दियो । सिंन्दु घाँटीको सभ्यतासंग जोडिने, पाकिस्तानबाट बग्ने सिंन्दु नदीका किनारमा बस्ने मानिसहरुलाई पार्सीभाषामा हिन्दु भनिन्छ भनेर थाह नपाउने पंडितहरु के का पंडित.? आफूहरुलाई हिन्दु हौं भनि गर्व गर्ने विद्वानहरुले कुन वेद, कुन पुराणहरुमा हिन्दु शव्द देखाछन् त ? दशैं त्यो पर्व हो, रिस, राग, द्वेषलाई बिर्सेर मेलमिलाप् ल्याउने, आफू भन्दा माथिका मान्यजनहरुबाट आर्शीवाद लिने ।
आ-आफनो गच्छे अनुसारका मिठो मसिनो खाने, रमाईले गर्ने, गाँऊघरमा पिंङखेल्न जाने । त्यसमाथि पनि राजा बिरेन्द्रका राज्यभिषेक पछि सरकारी गैरसरकारी कर्मचारीहरुले एक महिनाको तलब बकस स्वरुप पाउने गरिएको छ । नेपालका पहिलेका दिनहरुमा, टाडाटाडा पुगेकी छोरी चेलीहरु आफनो माईतीमा टिका लाउन आउने, दिनहरु थिए, नेपालमा ।
दशैंमा मलायाबाट, भारातको भर्तिैकेन्द्रमा काम गर्ने नेपालीहरु दशैं मान्न गाँऊका घरमा आँउथे अब ठिक उल्टो भएको छ, दशैं मान्न नेपालबाट पोका पन्तुरु बोकेर छोराछोरीलाई टिका लगाउन बिदेशमा जाने चलन बढ्न लागेको छ । बिशेष गरेर दशैंको फूलपातीको दिनबाट सुरु हुन्थयो । बिभिन्न मठमन्दीरहरुमा बिभिन्न बोटबिरुवाका फूूल,पात, र फलपूलको वर्गीकरण हो फूलपाती, बडादशैंको सातौ दिन हनुमानढोकास्थित दशैं घरमा अभिषेक गर्न गोरखाबाट फूलपातीलाई बैदिक विधिअनुसार काठमाडौं ल्याइन्छ ।
गुरुज्यूको प्लाटुनले नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी, निजामती सेवाका उच्च पदस्थ अधिकारी, आशा गुर्जा टोली व्यान्ड संगी, पञ्चेबाजा व्याण्ड र सजाइएको कलस, साँस्कृतिक झाँकी सहितको य्याली हनुमानढोकाबाट प्रस्थान गरेका संस्कृति मन्त्रीको उपस्थितमा जमलमा लाने चलन भयो अब । त्यसपछि राष्ट्र् अध्यक्षले फूलपातीको बढाई हेरे पछि अष्टमी आँउथ्यो, तर यसपाली अष्टमीलाई हाम्रा ज्योतिषीहरुले कता लगे कुन्नी ?
एकै पटक महानवमी आयो । राजसंस्था हुँदा सबै बिधिहरु राजाको उपस्थितीमा हुने गरेको थियो । पहिले पहिले हाम्रा बाजेहरु फूलपातीको बढाँई सकेर रातभरि हिँडेर गाँउका घरमा पुग्थे रे, त्यसबेला व्यारेक थिएनन रे ।
नेवारी चलनमा अष्टमीको दिन, कुसेभोय खाएर मनाउने चलन छ, तर यसपाली अष्टमी नै नभएकोले कसरी मनाए होलान अटकल गर्न सकिन्छ । महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँन्छ, बस्तवमा यो दिन, हरेक व्यारेकमा कोतपूजमा जनवारीको वली दिइन्छ । तर जनवारीको बलिका सट्टा नरिवल चढाए के हुन्थयो र ? दुर्गा भवानीको सम्मानमा बिभिन्न मन्रिमा जमरा चढाइन्छ । तर हामी तामाङ्गहरुले दशैंको अष्टमीको दिनमा लामालाई बोलाएर ङो गर्ने चलन छ, त्यसको मतलब हो, दशैंभरिमा मारिएका पशुहरुको आत्मलाई शान्ती मिलोस भन्ने प्रार्थना र पितृलाई ख्वाउने पनि हो ।
अमेरिकामा बसेता पनि हामी दशैं नेपाली पाराले नै मनाउने चलन छ ।
हाम्रो घरमा कसरी दशैं मान्दै छौं त ? चामलको पुलौ, आलुतामाको तरकारी, हरियो साग, गोल्भेंडाको अचार, सेलरोटी, आलुको अचार, फूलकोबी र आलुको तरकारी, घरमा बनाएको दहि,किनेर ल्याएको केरा । दहीमा भिजािएको चामलको सेतो टीका, दक्षिण सहितको आर्शीवाद,।
रात्रिको अन्त्यमा मनाइने प्रमुख चाडलाई हिन्दुको चाड भनेर भन्ने पो होकि नेपालका साशक महोदयहरु ? हामीले आयुदोर्ण सुते,श्रीयर्म दशरथै भन्दैनौ, बलियो होस, रोगव्याध नलागोस, झुट्ट नबोल्नु, नचोर्नु, अर्काकी जननीलाई आँखा नघुमाउन, ऋण देखेर घिन मान्नु भन्छौ ।
डिग बहादुर तामाङ्ग,मेरिल्याण्ड,अमेरिका
प्रतिक्रिया