म कविता लेख्छु,

इनेप्लिज २०८१ असोज २६ गते २३:०५ मा प्रकाशित

पढ्ने रहर त धेरै ले गर्छन्,

तर मलाई तिमी ले पढिदिए पुग्छ।

म भावमा पोखिएको बेला,

तिमी ले समालिदिए पुग्छ।

म गीत लेख्छु,

सुन्न खोज्नेहरु त हजारौं हुन्छन्,

तर मलाई तिमी ले गुनगुनाए पुग्छ।

यी आँखामा संसार देख्छु भन्नेहरू त धेरै थिए,

तर ति आँखामा मेरै नसा भए पुग्छ।

तिमी साथ हुँदा,

कहिले झगडा कहिले प्यार हुन्छ।

जब टाढा हुन्छौ,हर सपनीमा तिम्रै काख मेरो सिरानी हुन्छ।

राजा सुखमा त सबै खास हुन्छन्।

जति नै दौडधूप गरे पनि,

को आफ्नो को पराई दुःखमा थाहा हुन्छ।

ब्रमान्ड ले पनि तिनीहरूलाई कहिल्यै सहयोग गर्दैन,

जस्ले दुःखमा साथ दिने हात ✋ बिर्सन्छ।

सुनीता ……

प्रतिक्रिया