अमेरिकामा नेपालीहरुले यसरी दशैँ मनाए(बिशेष तस्बिरहरु सहित )

इनेप्लिज २०८१ असोज २७ गते ०:३६ मा प्रकाशित

अमेरिकाका विभिन्न राज्य,शहर ,गाउँहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका छन् यो मनाउने क्रम जारी रहेको छ l अमेरिकामा केही राज्य र शहरहरुमा १ ,२ र ३ घण्टा समेतको फरक हुने हुनाले अझै टिका ग्रहण गर्ने क्रम जारी रहेको छ ।

यस पटक अमेरिकामा छुट्टीको दिन टीका लगाउने दिन परेकोले अझ नेपाली समुदायलाई सजिलो भएको छ । तथापी अझ पनि काममा बिदा नहुने नेपालीहरुले साँझमा कामबाट आएर टीका समेत ग्रहण गरेका छन् ।

यस बर्षको दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे l अमेरिकामा नेपाली सङ्घ /संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ l

अमेरिकाका बिभिन्न राज्यहरुमा दर्जनौ मन्दिरहरु स्थापना गरि सकेका छन् । नेपाली मन्दिरहरुमा घटस्थापना देखि समय व्यवस्थापन गरि मन्दिरको दर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेकोले अधिकांशले उक्त समयमा टीका ग्रहण गरे ।

नेपालमा असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ परेको र प्रधानमन्त्रि ,राष्ट्रपतिले समेत सोही साइतमा टीका ग्रहण गरेकोले अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीहरुले पनि सोही साइटमा टिका ग्रहण गरे ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दिएको साइत अनुसार अक्टोबर १२ ,शनिबार न्यूयोर्कमा बिहान १०:०१, टेक्ससमा बिहान १०:०५,वासिङ्टन डिसीमा बिहान ०९:५५ तथा क्यालिफोर्नियामा बिहान ०९:३९ बजे समय शुभ रहेकोले धेरै जनाले यसै अनुसार पनि टिका लगाएका छन् ।

बडा दशैको दिन मासुका विभिन्न परिकारमा पक्कु ,भुटेको भुडी ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी ,कालो मासको दाल ,तामाबोडी ,सेलरोटी ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l

नेपाली समुदायले टीका ग्रहण गरेका र दसैँ मनाएका तस्बिरहरु सामाजिक सञ्जालमा भरि राखेका छन् । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।

जमरालाई समृद्धिको प्रतिकको रुप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

ठूलालाई भन्दा साना बाल बालिकाहरुका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

प्रतिक्रिया