कविता – अब के हुन्छ ? 

इनेप्लिज २०८१ असोज ३० गते १०:३९ मा प्रकाशित

राजनीतिले नीति र विधि बिर्सेछि

दल, अदल बदल हुन थालेछि 

सम्याउने भन्दा बल्झाउनेको 

संख्या बढेछि 

दल फोर्ने विधेयक तुहिएछि   

प्रश्न गर्ने पनि जेल,नेल पुग्न सक्छ !

भित्रकालाई  निषेध गरेछि 

मित्रलाई भित्र नदेखेछि

वाद र विचार हराएछि

इमान र निष्टा दाउ परेछि

आफैं भित्रका भ्रष्टाचारी देख्न थालेछि  

भ्रष्टाचारीको आरोप व्यहोर्नुपर्ने हुन सक्छ ! 

सत्य भए पनि नभए पनि 

ललिता निवास ब्युझन सक्छ 

शान्ति सम्झौता भत्कन सक्छ 

दरबार हत्याकाण्ड फर्कन सक्छ 

सहकारी ठगीले लुट मचिन सक्छ 

ओम्नी र गिरिबन्धु बल्झिन सक्छ

यति पनि चर्कन सक्छ

मल्लिक आयोग तेर्सिन सक्छ 

भाटभटीनी जस्तो अझै जन्मिन सक्छ 

राजनीतिक भ्रष्टाचार थेगि नसक्नु हुनसक्छ 

जनताको ढाड सेकिन सक्छ 

अनाहकमा मुद्दा फर्कन सक्छ 

गणतन्त्रमा धावा बोलिन सक्छ 

राजतन्त्रसगँ नातो जोडिन सक्छ

भुटानी चै खै? भन्दै

वाद, प्रतिवाद थपिन सक्छ

होसमै बेहोस पारिन सक्छ 

लाठीचार्ज मात्रै होइन 

 प्रसस्तै प्रदर्शनमा दमन हुन सक्छ

तार,बार भत्किन  सक्छ

त्यहि निहुँमा जेल परिन सक्छ 

संविधान र कानुनमा नटेके पनि 

संकटकाल लाग्न सक्छ 

ऐन,कानुन बदल्लिन सक्छ !

त्यसैले त होसियार !  

सबैले चनाखो हुनैपर्छ ।

सीता ओझा

प्रतिक्रिया