दुबई । गएको १३ अक्टोबर २०२४ आईतबारका दिन दुबईस्थित ब्लु प्यालेस रेष्टुरेण्टको हलमा हिन्दू जागरण नेपाल शाखा युएईले दशैंको अवसर पारेर दुर्गा पूजासंगै भजन कृर्तनका साथ टीका ग्रहण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । विगतमा जस्तै यसपालि पनि दशैंको बिशेष मौकामा भक्तजनलाई प्रसाद बितरण गदैं शुभकामना आदानप्रदान गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता हिन्दू जागरण नेपाल शाखा युएईका अध्यक्ष भूमिराज कंडेल रहनुभएको थियो । अन्य अतिथिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, भक्तजन र पत्रकारहरु रहेका थिए ।
विधिवत पूजाआजासंगै थालनी भएको कार्यक्रममा संस्थाको तर्फबाट कोषाध्यक्ष संगीता अधिकारीको शुभकामना मन्तव्य रहेको थियो । संस्था र कार्यक्रमको उदेश्यलाई प्रचारप्रसार विभाग प्रमुख सीता गैरेले प्रकाश पारेकी थिइन् । खासगरी दशैंको अवसरमा गरिएको कार्यक्रम ऐतिहासिक रुपले सम्पन्न भएको छ ।
भगवानप्रतिको आस्थालाई कायम राख्दै दशैंको टीका निधारमा सजाउदैं पेट भरि खानलाई प्रसाद पाएपछि दर्शक होस् या अतिथि सबैको मुहारमा खुशी प्रष्ट देखियो । यस्ता खालका कार्यक्रमको आयोजनाले भक्तजनहरु मात्र नभएर भगवान पनि खुशी हुने गर्दछ । कार्यक्रममा भक्तजनहरुको धेरै उपस्थितिले आयोजकलाई हम्मे हम्मे भएको थियो ।
दशैंको टीका आफु भन्दा ठूलाको हातबाट ग्रहरण गर्दै आर्सिबाद लिने प्रथा अनुरुप नेपालबाट आउनु भएका पूर्व सांसद तथा धार्मिक व्यक्तित्व शंकरप्रसाद पाण्डेको हातबाट टीका लगाउने र नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालको हातबाट प्रसाद तथा जमरा दिने गरिएको थियो । टीका ग्रहरण गर्नका लागि एक साईडमा महिला र अर्को साईडमा पुरुषहरुको लामो लाईन देख्न सकिन्थ्यो । घरदेशमा बिदामा जान नपाए पनि परदेश मै भएता पनि निधार खाली भएन ।
हिन्दुू जागरण नेपाल शाखा युएईका महासचिव रामप्रसाद तिवारीद्धारा संचालन गरिएको कार्यक्रममा स्वामी सम्पतकुमार न्यौपाने जीको कथा प्रवचन रहेको थियो ।
प्रतिक्रिया