अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरको एक घरको छिडीमा (बेस्मेन्ट)एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले कल्याणकारी जाँचको क्रममा मनाससको घरको छिडी (बेस्मेन्ट)मा पुरुष तथा महिला मृत अवस्थामा फेला पारेका थिए । मनाससमा गत आइतबार बिहान एक पुरुष र महिला मृत फेला परेको प्रहरीले बताएको छ ।
प्रिन्स विलियम काउन्टी प्रहरीलाई २:३९ बिहान बजे कल्याण जाँचको लागि मनाससको ह्यान्सन ग्रोभ कोर्ट(मार्ग)मा रहेको घरमा बोलाइएको थियो । उनीहरू प्रवेश गरेपछि उनीहरूले घरको मुनी छिडी (बेस्मेन्ट)मा दुई जनालाई गोली हानेको भेट्टाए। गोली लागेर दुवै महिला र पुरुषको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
शंकास्पद व्यक्तिलाई न्यु जर्सीको बर्लिङटन काउन्टीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिहान छिमेकी भोन गेर्सडोर्फको ढोका ३ बजे बिहान ढकढकाउदा छक्क परे । प्रहरीले उनलाई छिमेकमा हत्या भएको बारेमा बताए ।
प्रहरीले बन्दुकको आवाज सुन्नु भनि सोधे पछि उनले सुनिन भनि जवाफ दिए । न्युज फोर(एनबिसीवाशिंगटन )सँग कुरा गर्दै एक छिमेकी महिलाले मारिएकी महिलाकी छोरी भएको दाबी गरेकी छन् । उनले आफ्नी आमा र श्रीमानसँग छिडीमा बस्दै आएको र घरधनीले बेस्मेन्ट (छिडी )भाडामा दिएको बताइन् ।
प्रहरीले संदिग्ध र पीडितको पहिचान भने खुलाएको छैन । कसैलाई थप जानकारी भएमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । कल्याणकारी जाँचका लागि कसले बोलाएको बारेमा प्रहरीले बताएको छैन।
प्रतिक्रिया