चन्द्र सुर्य नेपाली झण्डा प्रतिको अमेरिकन सरकारले देखाएको अमेरिकन इतिहासकै पहिलो सम्मान !!
८ अक्टुबरको उडानको तयारीमा रहेका NOAA फ्लोरिडाका बैज्ञानिकहरु , पिटर डज को अस्ति खरानी र नेपालको झण्डा ओढाएको , कालो बक्स माथी
अमेरिकाले चन्द्र सुर्य अङ्गित नेपालको रास्ट्रिय झण्डा अन्तरिक्षमा , चन्द्रमामा पुर्याएर ल्यायो , त्यो बेला नेपाल लगायत बिश्वका अरु देशका झण्डा प्रतिको सम्मान गर्ने कामको कदर त हामी सबैले गरेका छौ । हालै अमेरिकी सरकारले अमेरिकाको इतिहासमै पहिलो पटक कुनै पनि बिदेशी झण्डालाइ यति धेरै सम्मान दिएको छ कि हामी नेपाली आफ्नो राष्ट्रिय झण्डा चन्द्र सुर्य प्रति ठुलो गौरब गर्न पाएका छौ ।
सामान्यतया आफ्नो देशको बिशिष्ट बैज्ञानिक , जसले धेरै अमेरिकन बिज्ञान प्रबिधि पुरस्कार पाएका छन , उनको अन्तेष्टिमा उनको चहाना अनुसार बिदेशीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेको छ , त्यो पनि सरकारी औपचारिक कार्यक्रममै गरेर । यो नै अमेरिकाको इतिहासमा पहिलो घटना हुन् पुग्यो ।
अमेरिकन सरकारको त्यो बिदाइ सम्मान पाउने भाग्यमानी थिए अमेरिकन बिशिष्ट बैज्ञानिक स्वो पिटर डज , पहिलो पटक आफ्नो बिशिष्ट बैज्ञानिक नागरिकको अन्तिम बिदाईमा ओढाईएको झण्डा थियो नेपालको चन्द्र सुर्य अङ्कित राष्ट्रीय झण्डा ।
८ अक्टोबर २०२४ (आस्बिन २२ गते ) राती अमेरिकी राज्य फ्लोरिडामा आउदै गरेको मिल्टन नामक समुद्री आँधी (Category 5 Hurricane Milton) को मुख्य भुवरी ( eye of Hurricane Milton) मा वहाको अस्तु खरानी चन्द्र सुर्य भएको नेपालको रास्ट्रिय झण्डा ओढाएर हरेकिन अद्ययंन गर्ने हवाईजहाजको बिशेस उडान गरेर आकसमै पुर्ने ( burial from the sky,) गरियो, भन्नाले eye of the Hurricane Milton मा .खसालियो , र अन्तिम बिदाइ गरियो । यस भन्दा अगाडी वहा बिगत ४५ बर्ष देखि कार्यरत अमेरिकी सरकारको फ्लोरिडा स्थित रास्ट्रिय सामुद्रिक जलबायु प्रशासन (National Oceanic and Atmospheric Administration (NOAA) वहाका पुर्ब सहकर्मी साथीहरुले प्रार्थना सभा गरेर नेपालको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।।
को थिए पिटर फिलिप डज ??, र के थियो उनको नेपाल प्रति को प्रेम ?? आफुले जीबन भर अध्ययन , अनुसन्धान गरेको र सय्यौ hurricane eye penetrations फ्लाइट गरेका र त्यो हरेकन सित मृत्यु पर्यन्त पनि सङ्घर्ष गर्न नेपाल झण्डा सहित त्यसको मुख्य भुमरीमा छिरे (hurricane eye penetrations) ??? जसरी सगरमाथा आरोही हुन् वा खेलाडी हुन्, अथवा बिगतका सिमा युद्धमा हाम्रा पूर्वजहरु जसले पनि नेपालको चन्द्र सुर्य अङ्कित झण्डा बोकेरे विजय हासिल गरेका छन त्यसैगरी नेपालको झण्डा ओढाएको पिटरका अस्थी खरानी hurricane eye मै छोडिएको थियो ।
पिटर डज NOAA मा कार्यरत हुदा
१९५० मा अमेरिका जन्मेका पिटर डज मिचिगन युनिर्भसिटि बाट बिज्ञान र गणित मा स्नातक गरेका उनले अमेरिकी स्वयमसेबी संस्था पिस कोर भोलेन्टियरमा आबध्द भए । सोहि सिलसिलामा नेपाल आएर बिक्रम सम्बत २०३१ साल देखि २०३३ साल सम्म श्री त्रिमोहन उच्च माबि सक्रान्ति बजार , आठराई गा पा, तेह्र थुममा ३ बर्ष बिज्ञान र गणित बिषय पढाएका थिए । शिक्षकहरुलाई उचित तालीम र पढाउने कला सिपको क्षमता अभिबृध्दि गर्न शिक्षा सकाय धनकुटा क्याम्पस धनकुटा बि एडका बिधार्थी र शिक्षकलाइ एक बर्ष पढाएका थिए । सामान्यतया पिस कोर भोलेन्टियर २ बर्ष कुनै देशमा काम गर्छन फर्केर अमेरिका नै आउछन , तर पिटर डज ले ४ बर्ष नेपालमा भोलेन्टियर भएर बिताए ।।
पिटर नेपाली भाषामा राम्रो दखल थियो उनि लेख्ने, बोल्ने र पढ्ने समेत गर्दथे । देहाबसन भएको केहि समय पुर्ब समेत यस लेखक, जो उनको बिधार्थी थिए, संग नेपाली मै कुरा गर्दथे । नेपाली परिकार दाल भात , सेल रोटी सारै मनपराउने उनि नेपालको राजनीतिमा पनि चासो राख्दथे कुरा गर्न मन पराउथे । बिशेष गरी तेह्रथुम जिल्लाको राजनीति लिम्बु, सिटौला, बिमली, प्रसाई र गौतमको जिल्ला स्तरीय गाउका नेताको कुरा सोधी रहन्थे । आफ्ना सबै बिधार्थीका नाम र शिक्षक साथीको बारे सधै सोधी रहन्थे नाम लिएर फलाना के गर्छन भनेर सोधीखोजी गरि रहन्थे । यो लेखक संग नेपालमा शिक्षा बिकासमा केहि काम गर्ने अठोट गरेका थिए । नेपाल उनको सबै भन्दा मनपर्ने देश र नेपाली उनका असल, विस्वासिला साथी हुन् भन्ने पूर्ण विश्वास र आस्था थियो ।। आखाको रेटिना मा भएको रोगको कारण उनलाई बिगत १५ बर्ष देखि दृस्टीमा समस्या भएकोले नेपाल फर्केर जान सकेनन तर जहिले सपना पनि नेपालको देख्छु भन्दथे ।। जब डाक्टरले उनको रेटीनाको समस्याले गर्दा दृस्टीमा ह्रास आउने र नेपाल जान नसक्ने भनेका थिए भाबुक भएर यो लेखक लाइ फोन गरेर नेपाली लोक गायक हिरण्य भोजपुरे र पाण्डव सुनुवार प्रख्यात कालजयी “झाँक्री गीत: कै भाखामा भने ” के भो के भो दिनमा पनि अधेरो देख्छु ” ।
पिटर फिलिपो डज १९५० – २०२३
२०३६ साल मा नेपाल बाट फर्केर आएपछि कोलोराडो स्टेट युनिभरसिटि र वसिङ्गटन युनिभरसिटि बाट मौसम बिज्ञानमा एम ए र बिशेषज्ञता हासिल गरे पछि अमेरिकी सरकारको National Oceanic and Atmospheric Administration (NOAA) मा राडार बैज्ञानिकमा बिगत ४५ बर्ष सम्म फ्लोरिडामा अनबरत कार्यरत रहे । अमेरिकन सरकारको उच्च तहका बैज्ञानिक जसको कामले थुप्रै रास्ट्रिय सम्मान, पुरस्कार, सुबर्ण मेडल समेत पाएका थिए । ७२ बर्षको उमेरमा किड्नीको सामान्य उपचार पछि घरमा आराम गरेको अबस्थामा गत बर्ष मार्च ५, २०२३ मा अचानक हार्ट एटेक भएर उनको फ्लोरिडामा निधन भयो । उनको अन्तिम इच्छा आफ्नो दाहसस्कार पछि जलाएको अस्तु खरानीलाइ हरेकेनको भुमरीमै बिसर्जन गर्न भनेका थिए । उनको नेपाल प्रतिको अघात लगाव, माया , प्रेम र नेपाल प्रतिको उच्च सम्मानलाइ सम्मानित गर्दै उनको अस्थी खरानीलाई सम्मान स्वरुप अमिरिकंन सरकारले नेपालको झण्डा ओढाएर eye of the Hurricane Milton मा .खसालियो , र अन्तिम बिदाइ गरियो । नेपालको झण्डा बोकेर आफुले रिसर्च गरेको हरेकिन संग लडाई गर्न सबै संग बिदाइ भए सबैको प्रिय पिटर सर ।
बहिनी संग पिटर
National Oceanic and Atmospheric Administration (NOAA) इतिहासमा र अमेरिकाकै इतिहासमा बिगतमा केहि बरिस्ठ बैज्ञानिकको मृत्यु पछिको अन्त्येष्टि लाइ यसै गरि हरेकेंनको भुमरीमा उनीहरुको अस्थी खरनी खसलिएको थियो तर अहिले सम्म कुनै विदेशको रास्ट्रिय झण्डा ओढाएर आफ्ना नागरिकको सरकारी स्तरमा गरिएको अन्तिम बिदाइ यो नै पहिलो हो ।।
यस कार्यक्रमको भिडियो र थप फोटो सम्बन्धित NOAA , उनको पारिवारिक सदस्य बाट प्राप्त भए पछि युट्युब फेसबुक मासेयर गरिने छ । उनि आजिवान अबिबाहित थिए र उनका १ बहिनि र सैतेनी आमा पटिका २ भाइ बहिनि कोलोराडो र टेक्सासमा छन ।
लेखक : इन्दु भूषण गौतम , भर्जिनिया , यु एस ए , पिटर डजको पुर्ब बिधार्थी । फोटो साभार सिबियास न्युज , एपी र एबिसी न्युज, NOAA ।
प्रतिक्रिया