आज शरद पूर्णिमाको पवित्र दिन हो । आज भगवान श्रीकृष्ण र गोपिका साथ निधिवनवृंदावनमा रास लिला गरेको हुदा रास रास पूर्णिमा पनि भन्छन । आज माता लक्ष्मीको जन्मदिन हो र आज मात्र बर्षमा एक पटक माता लक्ष्मी पृथ्वी आएर हरेकको घर-घर गएर उनका भक्तहरुलाई धन-संपद र समृद्धिको लागी आशीर्वाद दिनु हुन्छ । मान्यता छ शरद पूर्णिमाको रात देवी लक्ष्मी विष्णु साथको जागृत छ भन्दै आउने र जो जागृत छ उसलाई बिशेस कृपा पाउने भएको आजको दिन कोजाग्रत पुर्णिमा मनाउने र दुर्गा बिसर्जन गर्ने दिन हो । शरद पूर्णिमाको चन्द्रमाको किरणमा औषधीय गुणोंले भरपूर हुने हुदा हरेक रोगोलाइ पनि फाइदा हुन्छ आजको चन्द्रमाको किरणमा बसेमा । आज बाट कार्तिक दिपदान गर्ने र कार्तिक स्नान सुरु गर्ने दिन पनि हो ।
स्वामीनारायण सम्प्रदायमा आजको पुर्णिमालाइ बिशेस महत्वका साथ् मनाइन्छ, आजको दिन Bochasanwasi Akshar Purushottam Swaminarayan Sanstha (BAPS) दिन भनेर बिशेस रुपमा न्यु जर्सी र अन्य स्वामीनारायण मन्दिरमा मनाइन्छ ।
शरद पूर्णिमा हिन्दु धर्म अलावा अन्य धर्ममा पनि उत्तिकै महत्व छ । थाईल्याण्डको बुध्दिष्ट समुदायले Ok Phansa festival, तीनमहिना को उपबास र दानको समापन गर्छन । यही चाड लाइ लाओसका बुद्धिस्टले BOUN OK PHANSA चाड मान्दछ र मेकंङ्ग नदिको उपत्यकामा आजको पुर्णिमालाइ विशेस रुपमा NAGA ROCKET FESTIVAL भनेर मनाइन्छ । आजको पुर्णिमा म्यानमारका बुध्दिष्टकै बिचमा पनि अत्यन्तै महत्वपूर्ण दिपाबली गर्ने Pavāraṇa festival चाड मनाइन्छ यसलाई Thadingyut Festival पनि भनिन्छ । श्रीलंकामा पनि शरद पुर्णिमालाइ अत्यन्तै महत्वपूर्ण दिनको चाड मानिन्छ , यो दिन Vap Full Moon Poya Day चाड मनाइन्छ , जसमा बर्षाको अन्त र भिक्षुहरुले बुद्धिष्ट मन्दिरमा बिशेस पुजा गर्ने र आजको दिन Cheevara पुजा गर्दै नयाँ स्याफ्रन बस्त्र धारणा गर्छन ।
अमेरिकामा पुर्णिमाको ठुलो महत्व छ । अमेरिकी आदिबासी इण्डियन जो करिब ३७ लाखको जनसंख्यामामा छन उनीहरुले पुर्णिमाको जुन लाइ बिशेस नाम दिएका हुन्छन र हाम्रो पात्रो जस्तै उनीहरुको पंचाङ्ग चन्द्रमाकै आधारमा निर्धारण हुन्छ । आजको पुर्णिमा उनीहरुको लागी ठुलो एक चाड पनि हो । उनीहरुको कृषि, पशुपालन, बिबाह , बसाइ सराई आदि सबै त्यसैबाट निर्देशित हुन्छ । अमेरिकन आदिबासीको चन्द्रमा आधारित पन्चाङ्ग औसत २९ दिनको हुन्छ, चन्द्रमा कै नाम ले चिनिन्छ ।
अबेकी (Abenaki) उत्तर पुर्बका जति जो माइने ( Maine ) राज्यमा बस्छन आजको पुर्णिमालाइ रुखका पात झर्ने चन्द्रमा उनीहरुको स्थानीय भाषामा penibagos भन्छन ।त्यस्तै अर्को आदिबासी Algonquin, जो मिचिगन राज्य र Northeast to Great Lakes ,मा बस्छन आजको पुर्णिमालाइ pepewarr,
भन्नाले घासमा सेतो तुसारो पर्ने पुर्णिमा भनिन्छ । अर्को आदिबासी Anishnaabe जातिले (Chippewa, Ojibwe) पात झर्ने चन्द्रमा भन्छन । नासाका अनुसार यात्रा गर्ने पुर्णिमा , रातो चन्द्रमा , घास मर्ने , शिकार खेल्ने चन्द्रमा पुर्णिमा भन्छन अमेरिकी उत्तरी राज्यका आदिबासी Algonquin tribes जनजाति हरु । नर्थ र साउथ क्यरालाइनका चेरोकी (Cherokee) , अपाचे (Apache,) भन्ने आदिबासीले आजको चन्द्रमालाइ बाली भित्र्याउने चन्द्रमा भन्छन । Sioux, जाति नेब्रास्का का जातिले आजबाट सिजन परिबर्तन हुने चन्द्रमा भन्छन । एरिजोनाका Hopi,आदिबासीले आजको पुर्णिमालाई लामो कपाल भएको चन्द्रमा भन्छन । उत्तरी अमेरिका र क्यानडाका क्री Cree, जनजातिले big chestnut moon पुर्णिमा भन्छन । ओहायो पेन्सालभानियाका आदिबासी Shawnee, उनीहरुले wilted मधुरो चन्द्रमा पुर्णिमा भन्छन ।
यहा सबै आदिबासी आफ्नो आफ़्नो भाषामा जे जे फरक नाम दिए पनि हरेक आदिबासी अमेरिकनले आजको पुर्णिमालाइ बिभिन्न नाम दिएर त्यही अनुसार आफ्नो सास्कृतिक र धार्मिक चाड एब उत्सब मनाउने गरेको पाइयो ।
नासा जो अमेरिकी बैज्ञानिक सस्थाले आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार आज इजाराइली जुइसको पनि महत्वपूर्ण पुर्णिमा चाड हो आज नै Sukkot, चाड वा Feast of Tabernacles or Feast of Booths, सानो सानो छाप्रो बनाएर त्यसमा बसेर उपबास गर्ने कामको सुरु गर्ने, बिभिन्न हिब्रु जुइस मन्दिर सेनेगाग मा तिर्थाटन गर्ने गरिन्छ ।
यसरी आजको पुर्णिमा मात्र यस्तो एउटा मात्र सेतु रहेछ जसले हामि नेपाली लाइ अमेरिकन संग सास्कृतिक रुपमा एक हौ भनेर जोडेको छ । यसको अलवा बुद्ध देशहरु जापान, चीन , थाइल्याण्ड , म्यानमार, लाओस, कम्बोडिया, इन्डोनेसिया, श्री लंका, भारतका हिन्दु, बुध्दिष्ट जनसख्या संग पनि जोडेको छ । इस्लाम धर्ममा पनि आजको पुर्णिमा लाइ बिसेस रुपमा मनाइएको र जुइस धर्ममा समेत आजको पुर्णिमा बिशेस महत्व पूर्ण चाड रहेछ ।
यसरी आजको दिन शरद पुर्णिमामा सासारकै आधा जनसख्याको माहत्पूर्ण दिन हो । नासा, जसले आफ्ना बैज्ञानिक लाइ चन्द्रमा पाइला टेक्न सफल भयो , अहिले के मान्यता दिएको देखियो भने चन्द्रमा एउटा निर्जन खगोलीय पिण्ड , पृथ्वीको उपग्रह मात्र होइन । चन्द्रमा पृथ्वीका आधा जनसख्याको आराद्य पुजनीय देब पनि हुन् र प्रमुख आस्थाको केन्द्र पनि हो , र बिशेस गरि हामी नेपालीलाइ अमेरिकन जनता संग जोड्ने सास्कृतिक सेतु पनि हो ।
सन्धर्भ ग्रन्थ /श्रोत साभार:
बेष्टर्न वासिङ्गटन युनिभरसिटि , अमेरिका
अमेरिकी बैज्ञानिक सस्था नासा https://science.nasa.gov/solar-system/skywatching/the-next-full-moon-is-a-supermoon-and-the-hunters-moon/
प्रतिक्रिया