अपार नै व्यापार रहेछ !

इनेप्लिज २०८१ कार्तिक २ गते ११:३३ मा प्रकाशित

डिग बहादुर तामाङ्ग

व्यापार भनेको अपार नै रहेछ, २०३३ २०३४ सालतिरको कुरा हो, दिँउसो जागिर खाएर, साँझ पाँच बजेदेखि दश बजेसम्म,म त्रिचन्द्र क्याम्पसमा पढथेँ बिए, त्याहा धेरे प्रकारका साथिहरु थिए नै रात्रिकक्षमा, कोहि प्रहरीमा गए, कोहि आर्मीमा गए, कोहि साधारण जागिर नै खाएर बसे । हाम्रा कक्षमा दुइजना सगरमाथा अन्चलका एक जना गुरुङ्ग पनि हाम्रा साथमा पढथे ।

तामाङ्गको नाम न बाट थियो भने गुरुङको नाम मिनबाट थियो । एउटा नेपालबैंक लिमिटेडका खरिदार सरहको पदमा कार्यरत थियो भने तामाङ्गले बल्ला बल्ला लोगसेवा पास गरेर सुव्वामा नाम निकाले । बेलुका कोहि पढाउने सरहरुको कक्षामा नभएको कारण हामीहरु चिया पसलमा जम्मा हुन्थ्यौं मिल्ने साथिहरु मध्ये मलाई तोकेरै भन्थे “ भोटे तेरो खल्तीमा दुईचार सय खाली हुदैन चिया ख्वाऊ भन्थ्यो बसन्त कुवाँरले” चियाको दाम एक कपको पच्चिस पैसा थियो, दशजनाले पिएको चियाको दाम दुई रुपैँया हुन्थ्यो ।

कहिले दशबजे कहिले पौने दशबजे हाम्रा कक्षा सकिन्थ्यो । यी माथि उल्लेख गरिएका साथीहरुको डेरा पुतली सडकमा थियो, अर्को साथ गजेन्द्र अर्याल लम्जुङका थिए, उनि पनि यी माथि नाम उल्लेख गरिएका साथीहरुसंगै डेरा लिएर बस्थ्यो । २०३५ सालमा हाम्रा पढाई त्रिचन्द्र कलेजमा सकियो, कोहि किर्तिीपुरतिर लागे कोहि प्रहरीका फुलिका लागि गए, पछि यी प्रहरी र आर्मीतिर लाग्नेहरु रथी सम्म भएर घर फर्के प्रहरीतिर लाग्नेहरु ए आई जी सम्म पुगेर सेवानृत्ति भएर घरमा बस्न थाले,सरस्वती क्याम्पसमा बिहाना पढने क्षेत्रीथरका साथी त महारथी भएर ससम्मानका साथ पेन्सिन लिएर बस्नु भएको छ ।

व्यापार अप्पार भनेको त्यसैले होइन रहेछ, अरुण ईपोरियम खिच्चापोखरीमा थियो, हामीहरुले देखेका थियों त्यहाँ के राख्थ्यो के बेच्थे, त्यो भन्दा ठूलो त भाजुरत्न एजेन्सी थियो, तर आज आएर बिनोद चौधरीले व्यापारको माध्यमले संसारमा बिलिनियर भएर नाम कमाए । तर उपल्लो माथिका तामाङ्ग र गुुरुङले बिलिनियर नभएतापनि उनिहरुले स्वदेशमा नाम कमाएको छ । बिनोदका हजुर बाउका पालादेखि व्यापारी,थिए तर माथि उल्लेख गरिएका दुई जनाको बरज्यू पालामा गोठमा बस्ने भारी बोक्नेहरुका सन्तानहरु थिए । जबो नेपाल बैंक लिमिटेडमा ३५०। जागिरबाट बजेको रकमले पहिलो पटक सानो पसल खोले, त्यसपछि, ठुलै व्यापार थालियो, छोरिलाई दाँइजोमा मरसिडिज ब्यान्ज कार दिने भए, तर हामीसंग पढदा नउनि नेपाली बिद्यार्थी संगठनमा थियो न अखिलमा थिए, खाली जागिर खाएर परिवारलाई पाल्नु थियो । तामाङ्ग भाईले अलि अर्कै खाले व्यापार थाले छन, उनि कतै नाम निसाना छैन, साथिभाईहरुबाट सुन्छु उनि पनि नेपालमा मर्सिडिजमै सवार गर्छन रे ।

आज मेरा सहपठी गुरुङ जागिरमै सबेको भए के देशका प्रधान मन्त्रीले “तिमी एमालेमा लागेका थियोैं” भनेर उनको घरमा गएर जान्थे होला त ? पक्कै जाने थिएन । तर देशभरि उनैको डिर्पाटमेन्ट स्टोर अर्थात बिशाल बजार छ दिनमा अरबौंको व्यापार हुन्छ । कहाँ गए गौल्छहरु, कहाँ गए बिके इन्टरनेश्नलहरु, कता गए मदनलाल चिरिजीबि अग्रवालहरु, कता हराए, तोलाराम डुगडसन्तानहरु, किन गुरुङले नै ११ रोपनी जग्गा एमालेलाई दिनु पर्यो । के अब एमाले पार्टी पनि भाटभटेनी बजार जस्तै हुने होइन ? बजारमा बिभिन्न तर्क उठेका छन् । उनले कमाए उन्का इच्छाले जस्लाई दिए पनि कस्लाई केका कपल दुखाई ? धिरुभाई अम्बानी एमनमा एउटा कम्पनीमा साधारण बैदारको जागिर खान्थे, आफनो दाई त्यहा भएकोले उनि पनि एमनमा गएका थिए र त्याहाँ सिकेको सिपले पछि उनले रिलाइन्स भन्ने कम्पनी भारतमा खोले आज आएर मुकेश आम्बानीले अस्पताल खोलेर हौइन आफना सन्तानको बिवाहमा अरबौं डलर खर्चगरेर संसारमा एउटा सेलिब्रेटी बन्यो भने, त्यहि देशका रतन टाटाले एक सय तिन बिलियन डलर विभिन्न सेव गर्ने संस्थाहरुलाई दिएर नाम कमाए, त्यस्तै भाटभटेनीका मालिकले, राजनीतिक संस्थालाई दिनु भन्दा एउटा कोषमा ११ रोपनी जग्गा दामबाट आएको व्याजले आफूू जस्तै खल्तीमा पैसा नभएर रातमा पढने बिद्यार्थीहरुलाई छात्राबृद्धि दिएको भए, कति कल्याण हुने थियो । जुनीजुनीभरि भाटभटेनी साहुको नाम रहन्थ्यो ।

हामी जागिरमा रमाएकाहरु लाई दशैंको गर्जो कसरी टार्ने भन्ने चिन्तले सताएको छ, हाम्रा सहपठीलाई कुनपार्टीलाई कति दिएर खुसि बनाउने भन्ने सोचमा होलान । यो पनि बिर्सनु हुन्न, दुर्गाप्रसाईले मार्सी चामलको भात ख्वाएको समाचारलाई । आखिरी शव्द भगान बुद्धले भनेका थिए, के लिएर आयौ र के पो लिएर जाने छौ? हिजो केहि थिएन, पेट पाल्नका लागि राजनीतिमा नलागेको भनेर सपद खाएको थियो, आज आएर म त पहिले देखि नै राजनीतिमा लागेका व्यक्ति हौ नि भनेर ढाँट्नु आफूलाई नै खसाल्नु जस्तो भएन र ? । लौ अन्तमा “सर्भे मंगलम भवत”ु, ठम्माएर उहिलेका दिनलाई पनि सम्झन राख्ने समय आएको छ ।

डिग बहादुर तामाङ्ग, मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया