२०२४ मिती अक्टोबर १९ देखि अक्टोबर ३० तारिक सम्म बिदेशमा बस्ने नेपालीहरुको सम्मानमा भोलि अक्टोबर १९ देखि घर घरमा दिप बालेर बिदेशमा शहिद हुनु भएका या बिदेशमा कर्म गरिरहनु भएका विश्वभरका ज्ञात अज्ञात नेपाली ब्यक्तिहरुको सम्मानमा ११ दिने दिप प्रज्वलन गर्ने निर्णय गरियो । यो सोचमा साथ दिनु हुने विश्वभरका नेपालीहरु बिदेशमा कर्म गरिरहनु भएका नेपालीहरुको आत्मसम्मानमा सानो इटा थपिनेछ बिदेशमा नेपाली भएर कर्म गर्दा केही देशहरुमा नेपालीहरुले पाएको पिडा र केही एअरपोर्टहरुमा पाएको दु:खलाई थोरै भए पनि मल्हम लाग्नेछ भन्ने विश्वास लागेको छ । नेपाल बस्ने ब्यक्तिहरुले पनि कम्तिमा ११ दिन नसके पनि १ दिन बिदेश गएका आफ्ना सन्तानहरु एवम पुर्खाहरु तथा आफ्नै बिदेश गएका बुवा आमाहरुको सम्झनामा कम्तिमा अक्टोबर १९ देखि अक्टोबर ३० सम्ममा १ दिन भए पनि दिप प्रज्वलन गरेर सम्झिदिनु हुन हार्दिक अनुरोध । तपाईहरुको लागि कति ब्यक्तिहरु बिदेशमा तड्पिनु भएको छ कति ब्यक्तिहरु तपाईंहरुको लागि बिदेशमा काम गर्दा गर्दै मृत्यु हुनु परेको छ उहाहरुको आत्माको शान्तिको प्रार्थना गर्नु पनि हामी सम्पूर्ण नेपालीहरुको कर्तब्य हो । बिदेश बस्ने नेपालीहरुले पनि आफ्नो देशमा रहनु भएका अग्रजहरुको सम्मानमा पनि यो दिप प्रज्वलनले भावनात्मक सम्बन्ध लिनमा बिशेष भूमिका खेल्नेछ भन्ने विश्वाश लागेको छ ।
आउनुहोस् बिदेशमा कर्म गर्दा गर्दै मर्नु परेका एवम बिदेशमा कर्म गर्दा गर्दै देशको नाम उचो राख्न लागि पर्नु भएका ब्यक्तिहरुको सम्मानमा भोलि १९ देखि अक्टोबर ३० सम्म सके ११ दिन नसके १ दिन भए पनि दिप प्रज्वलन गरौ । यो अभियानमा साथ दिनु हुन विश्वभरका एवम देश बिदेशका सम्पूर्ण संघ संस्था एवम ब्यक्तिहरुलाई हार्दिक अनुरोध पनि हरेक बर्ष अक्टोबर १९ देखि अक्टोबर ३० सम्म बाध्यताले बिदेश बस्ने नेपालीहरुको आत्मसम्मानमा दिपप्रज्वलन गरौ ।
प्रतिक्रिया