मेनुका पौडेल तथा प्रबीण वेदवालको स्वर तथा न्ह्यू बज्राचार्य सङ्गीतमा आउ बढाऊ गुलाबी पाउहरू नामक गीत सार्वजनिक गरिएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा लामो समय देखि बस्दै आएका गीतकार डा श्यामकेसीको शब्दमा उक्त गीत अक्टोबर १७ का दिन सार्वजनिक भएको छ ।
गीतकार डा केसीले आफ्नो सामाजिक संजालमा आफ्नो मेरो पहिलो गीत ‘आउ बढाऊ गुलाबी पाउहरू’ प्रस्तुत गरेको जनाएका छन् । गीतकार डा केसीले गीत सार्वजनिक भए पछि यस्तो ब्याख्या गरेका छन् ,यो गीत ती महिलाको लागि जो आफ्ना सीमाहरू नाघ्न र बन्धनहरू तोड्न प्रयत्नरत छन्, अनि उनी वरिपरिका महिलाहरू र पुरूषहरूको लागि जो उनीहरूलाई सघाई रहेछन् र सघाउन सक्छन् ।
यस गीतलाई संगीत प्रसिद्ध संगीतकार न्ह्यु बज्राचार्य; सुमधुर स्वर दिने गायिका मेनुका पौडेल तथा गायक प्रबीण वेदवालले स्वर दिएका छन् ।
यही शब्दमा मेनुका पौडेलको स्वर भएको गीत आगामी अक्टोबर २५ मा सार्वजनिक हुनेछ ।
डा केसीले आफ्नो प्रयासमा निरन्तर मार्गदर्शन दिने मित्र करुण थापाप्रति पनि आभार व्यक्त गरेका छन् ।
आउ बढाऊ गुलाबी ती पाउहरू
अझै बढी दुख्छ भन्छन् नदेखिने घाउहरू
आउ बढाऊ गुलाबी ती पाउहरू
भयौ तिमी आफै देखि टाढा कति
भोग्यौ धेरै समयका काँढा कति
पुर्नु पर्ने घाउहरू छन् धेरै
धुनु पर्ने दागहरू छन् धेरै
मेट्नु छ अमीट छापहरू
आउ बढाऊ गुलाबी ती पाउहरू
सधैं किन आधा आधा हुनु पर्ने
सधैं किन तिमीले मात्रै रुनु पर्ने
नाघ्नु पर्ने सीमाहरू छन् अझै
तोड्नु पर्ने बन्धनहरू छन् अझै
बदल्नु छ पुराना सोचहरू
आउ बढाऊ गुलाबी ती पाउहरू
प्रतिक्रिया