वासिंटन डी.सी. खगेन्द्र अधिकारी
नेपालको वर्तमान बर्बरतापूर्ण रू. ८८ अरब बराबरको करिव ४१ सहकारीहरुको रकम हिनामिना र अपचलनको आर्थिक घोटाला काण्डमा पूर्व उप प्रधानमंत्री एवं गृहमंत्री माननीय रबि लामिछाने प्रतिको कमजोर मानसिकता बाट ग्रसित राजनीतिक अराजकता र विभेदीकृत धरपकड़को हतारो नितान्त मुलाहिज़ामा निर्मित आलोकांचो अनि लंगड़ो सत्ता आतंक क़ानूनी तवर बाट कति मनासिव छ त्यो त सम्मानित न्यायिक निकाय बाट निकट भविष्यमै खुलस्त भै हाल्नेछ।
हाम्रो साझा बिस्वास छ, मानवीय र क़ानूनी धर्म ज्ञाताका माननीय न्यायमूर्तीहरुले आफ्नेा विवेक र ज्ञानको स्वतंत्र प्रयेाग सहित चरणबद्ध रुपमा अगाडीका निश्चित दिनहरुमा दुधको दुध पानीको पानी हुनेगरी न्याय निरुपण हुनेनै छ।
निज पूर्व उप प्रधानमंत्री एवं गृहमंत्री माननीय रबी लामिछाने जेल चलान भए भनेर स्याल हौवा खड़ा गर्दै कसैको लहलहामा लागेर समग्र मानिसहरुलाई जथाभावी दिग्भ्रमित गर्नु र खुच्चिंग गर्दै गाली-गलौज गर्ने उच्छृंखल अभ्यास निश्चय नै असभ्य भएकाले यसमा हतारो गर्नका लागि अत्तालिनु कसैलाई पनि शोभायमान साथै उत्तमोत्तम नहुने हुन्छ। यस प्रकारको अमानवीय प्रवृत्ति खहरे झैं हुने भएको हुँदा कसैलाई पनि यस्तो नहोस् भन्ने लागेको छ।
वास्तविक एवं सक्कली प्रमाणहरुका आधारमा विवेकपूर्ण फैसलाको चरण चैं अपिल र पुनरावेदनहरु पुरा भए पश्चात् मात्र लगाईएको कसुर प्रमाणित भएमा मात्रै अनुसंधानमा राखिएको ………………………
कुनै पनि बिषयलाई लिएर सरकारी निकायबाट अनुसन्धानको लागि पहलकदमी गर्दा यसको चरणबद्ध अनुसन्धान पछि अदालती कामकाज एवं कार्यवाहीका सिलसिलामा अन्ततः क़ानूनी बहस पैरवी एवं सहि साथै वास्तविक एवं सक्कली प्रमाणहरुका आधारमा विवेकपूर्ण फैसलाको चरण चैं अपिल र पुनरावेदनहरु पुरा भए पश्चात् मात्र लगाईएको कसुर प्रमाणित भएमा मात्रै अनुसंधानमा राखिएको व्यक्ति दोषि करार भैं अभियोग प्रमाणित हुने र यति भएपछि मात्र झ्यालखानामा चलान हुने प्राकृतिक क़ानूनी सिद्धांतको सिलसिलेवार तौडतरिका भएकाले यसलाई उच्चतम स्तर बाट ख़्याल गरेर सार्वजनिक रूपमा कुनै पनि मानिस प्रति जथाभावी गाली-गलौज र नख़रावाजी नगर्नु चैं क़ानूनी दृढ़ संकल्पको रक्षात्मक पृष्ठभूमि हुने साथै यसले सहि मानेमा सार्वजनिक बढ़ावा पाउने निश्चित भएकाले यस प्रति ध्यानाकर्षण गर्न जरुरी हुनेछ भन्नेमा बिस्वास गर्न आवश्यक छ भन्ने पनि लागेको छ।
अनाहकमा कुनै पनि निर्दोष व्यक्ति नफसोस र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अपराधीक कसुरमा सामेल व्यक्ति पनि नबचोस भन्ने हाम्रो दृढ़संकल्प र बिस्वास समेत भएकाले हामी सबैको सकारात्मक सोच र दृष्टिकोणको आधारस्तंभ सधैं अमर होस भनेर भन्न चाहांन्छौं।
इतिहास देखि आज सम्म नेपालका सबै प्रकारका अपराधीक गतिविधि, कांड र आर्थिक घोटालामा नाम जोड़िएका सबै सडे-गलेका दुर्गन्धित अनि गन्हाएका भ्रष्ट राजनीतिक दल एवं तिनका तमाम अन्य अन्य विवादित व्यक्तिहरु प्रति पनि विना भेदभाव निश्चित र निष्पक्ष रुपमा छानबीन होस भन्ने सार्वभौम जनताको माँगलाई उपेक्षा नगरियोस भन्ने आमतौरको जन-चाहाना र समग्र जन-बिस्वासलाई प्राकृतिक र लोकतांत्रिक व्यवस्था अन्तर्गत वर्तमान नेपाल सरकारबाट पूर्ण रूपमा ख़्याल गरियोस भनेर सुझाउन चाहाँन्छौं।
इतिहास देखि आज सम्म नेपालका सबै प्रकारका अपराधीक गतिविधि, कांड र आर्थिक घोटालामा नाम जोड़िएका सबै सडे-गलेका दुर्गन्धित अनि गन्हाएका भ्रष्ट राजनीतिक दल ………………………………….
सडेर दुर्गन्धित रुपमा गन्हाएका भ्रष्ट, बिचौलिया, झोले र आसेपासेहरुको ईसारामा निर्भर नभै दिन-दुःखी र गरीब सहकारी पिडीतहरुको बिनाकारण र अनाहकमा फसेको रकमलाई बिनासर्त र सही-सलामत रुपमा फिर्ता गर्न धेरैनै जरुरी भएकाले यसलाई ख़्याल गरेर सार्वजनिक बहस बमोजिम नै निजहरुलाई वापस गरिदिनु हुन देश र जनताको रक्षात्मक ज़िम्मेदारी लिएको वर्तमान सरकारका अधिपतिहरुलाई विनम्र अनुरोध छ।
उपरोक्त सन्दर्भमा देश तथा विदेशमा बसोबास गर्नु हुने सम्पूर्ण सार्वभौम नेपाली जनताहरु सचेत हुन नितान्त जरुरी भएकाले यसलाई महत्वपूर्ण रुपमा ख़्याल गर्न समेत आवश्यक देखिएको छ।
धन्यवाद! आगे आपकी मर्ज़ी।
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित, ईमानदार, स्वतंत्र एवं मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा कटिबद्ध रहेका विभिन्न सामाजिक संघ-संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ।
प्रतिक्रिया