हामी आप्रबासी नेपाली समुदाय आफ्नो आफ्नो कार्यक्षेत्रमा अमेरिकी Work Force मा सबै भन्दा राम्रो संग घुलमिल भएका छौं । पूर्ण रुपमा एकिकरण, एकजुट हुन् वा सङ्घीकरण हुन् साहित्य, सस्कृति र संगीत माध्यमबाट पनि हामी नेपालीहरु अमेरिकी समाजमा आफ्नो धर्म सस्कृति, पहिचान कायमै राखेरै एकिकरण वा सङ्घीकरण , एकजुट हुन् सक्छौ । यस सृङ्खलामा कसरी सङ्गीतले हामी नेपालीलाइ अमेरिकी संग जोड्न सक्छ र के हामी संग अन्तराष्ट्रिय स्तरका संगीत , सर्जक छन त भन्ने बारेमा केहि उल्लेख गर्न चाहन्छु ।
सन १९१४ गोर्खा राइफ़लसका आइतमान गुरुङ्ग जो जर्मनी युद्ध भएका थिए उनले गाएको गितको रेकर्ड नै पहिलो होला नेपाली सङ्गीतको अन्तरास्ट्रियकरण , त्यसपछि सन् १९८३ को Privates on Parade भन्ने अङ्ग्रेजी फ्लिममा नेपाली गीत र नृत्य पछि , प्रख्यात विश्व प्रसिद्ध Everest फ्लिम जो IMAX format को सफल चलचित्रमा राखिएको सुमधुर नेपाली संगितले नेपाली संगीतलाई विश्वका उत्कृष्ट सङ्गीत भएको २० देशमा नेपाल पनि पर्न जान्छ । अरुण थापाको “ऋतुहरुमा तिमी ” भन्ने गित विश्वको १६५ देशका सङ्गीत प्रेमीले भोट गरेर ससारको सातौ उत्कृष्ट गितमा दर्ता भयो सन् २००३ मा। सुरसुधा र कुटुम्बले सृजना गरेका सङ्गीत थुप्रै अङ्ग्रेजि फ्लिममा पार्श्व सङ्गीतमा बजेको हामी सबैले अनुभव गरेका छौ ।
एक जना जर्मन संगीतकार Gert-Matthias Wegner, ले ४० बर्ष सम्म नेपालको बिभिन्न भागमा गएर नेपाली सङ्गीतको खोजि अनुसन्धान पछी प्रकासित गरे पछि नेपाली संगतिको बिश्वब्यापीकरण भहेको मानीन्छ । त्यस्तै , लाखौ भारतीय गायक सर्जक लाइ पछि पार्दै बिनायक शम्सेरको “सतचित आनन्दको दिन दिन शरण परेर” भन्ने भजनले सासारकै नम्बर एक , पहिलो , सर्बश्रेष्ट हिन्दु भजन हो भनेर भारतीय मठाधिस, धर्मगुरु, जगतगुरुहरुको निर्णय जितेको छ, ।
नेपाली मात्र हैन अमेरिकन नागरिक Anna Marie Stirr जसले नेपाली दोहोरी गीतमा पी. एच. डी. गरेकी छन वहाँका नेपाली दोहोरी गीत प्रसस्तै सुन्न पाइन्छ , भने अरु पनि थुप्रै अमेरिकन कलाकारहरुले नेपालमा गएका वा उतै बस्ने गीत , बाध्यबाजन सिकेर नेपाली गीत सङ्गीत को प्रस्तुति दिएका छन ।
अङ्ग्रेजी गीतका गायक नेपाली कलाकार , आशिष डङ्गोलको ब्लुज गायक “Himalayan Hendrix ले अमेरिकामा निकै चर्चा कमाए । भर्जिनिया, चलार्सट्भिलका तप्पु पोखरेल आग्रेजी गीतका युवा पुस्ताका आसलाग्दा सर्जक र गायक हुन् ।। अङ्ग्रेजी नाम Arthur Gunn: दिबेश पोखरेल केन्सास सिटिले आमेरिकन आइडलको फाइनल कन्टेसस्टेन्ट भए र अङ्ग्रेजि गीत सङ्गीतमा नेपाली ले अमेरिकन जत्तिकै प्रस्तुत गर्न सक्छन भनेर चर्चा कमाए । बोस्टन ब्लुज भन्दै केहि नेपाली युवाले अङ्ग्रेजी गीतको अप्ठ्यारो विधामा गीत प्रस्तुत गरेका थिए । पियानोमा गाउने आस्था श्रेष्ट अर्की चर्चित गाइका हुन्।
हालैका दिनहरुमा धरै नेपाली कलाकार अमेरिका आएर प्रस्तुति दिइ रहेका हुन्छन । नेपथ्य , कुटुम्ब, सुर सुधा, ROCKMANCH, 1974 AD जस्ता सङ्गीतका प्रस्तुतिले अमेरिकामा रहेका नेपालीको मन जित्न सफल भएको छ ति सबै उच्चकोटीका संगीत , नृत्य हुन्छ । त्यसका श्रोता र दर्शक सबै नेपाली मूल या नेपाली नागरिक नै हुन्छन । बिभिन्न चाडबाडलाइ लक्ष गरेर कार्यक्रम आयोजना गरिएको हुन्छ र टिकट किन्ने पनि नेपाली प्राय हुन्छन । छिटफुट अमेरिकन जो नेपालमा बसेर आएका र नेपाली संग बिबाह गरेका वा नेपाली साथी संग आएका हुन्छन नेपाली संगीतको आनन्द लिन ।
नेपाली सङ्गीत सुरेन्द्र श्रेष्ट , तारा बिर तुलाधर , रुप कमल क्षेत्री आदि कलाकारहरुले बिस्वका १० वटा देशका कलाकार संग सयुक्त प्रस्तुति दिएको थुप्रै सङ्गीत , गीतले हाम्रो सङ्गीत क्षेत्र संग ससारका बिभिन्न देशका कलाकारहरु संग सांगीतिक प्रस्तुति गरे नेपालको प्रतिनिधित्व गर्दै , यसले पनि नेपाल बिश्व सांगीतिक रडारमा अब्बल कोटीको सङ्गीत सृजना गर्ने टप २० वटा देश भित्रै पर्न सफल भएको छ । वहाहरुले बिश्वका टप १० देशका सगीत सर्जक संग बसेर रेडक्रस, बिभिन्न च्यारीटी सस्थाको सङ्गीतिक कार्यक्रम गर्नु भयो जो उच्च कोटीको रहेको थियो ।
नेपाली मूलका चर्चित कलाकारले अमेरिकी माझ दिएको प्रस्तुति उच्च कोटीको रहेको छ ।अङ्ग्रेजी गीतका गायक नेपाली कलाकार , आशिष डङ्गोलको ब्लुज गायक “Himalayan Hendrix ले अमेरिकामा निकै चर्चा कमाए । भर्जिनिया, चलार्सट्भिलका तप्पु पोखरेल आग्रेजी गीतका युवा पुस्ताका आसलाग्दा सर्जक र गायक हुन् ।। अङ्ग्रेजी नाम Arthur Gunn: दिबेश पोखरेल केन्सास सिटिले आमेरिकन आइडलको फाइनल कन्टेसस्टेन्ट भए र अङ्ग्रेजि गीत सङ्गीतमा नेपाली ले अमेरिकन जत्तिकै प्रस्तुत गर्न सक्छन भनेर चर्चा कमाए । बोस्टन ब्लुज भन्दै केहि नेपाली युवाले अङ्ग्रेजी गीतको अप्ठ्यारो विधामा गीत प्रस्तुत गरेका थिए । पियानोमा गाउने आस्था श्रेष्ट अर्की चर्चित गाइका हुन्।
युवा पुस्तामा अग्रणी पराजीता बास्तोलाले अमेरिकन रियालिटी सो , सागीतिक प्रस्तुतिमा अमेरिकी प्रख्यात गायक Labrinth को पपुलर गित Jealous को प्रस्तुति र अन्य चर्चित कलाकारको गित गायन निकै चर्चा कमाएकी थिइन । उनको प्रस्तुतिमा टेक्सास मा भएको अमेरिकन एन यफ यल को खेल पुर्ब हज्जारौ अमेरिकी दर्शक र खेलाडीको अगाडी अमेरिकी सैन्य ब्राण्ड संगै अमेरिकी रास्ट्रिय गीत गाएर सबैको मन जितिन, उनको यो प्रस्तुति ले निकै चर्चा कमाएको थियो । अमेरिकी समाज मै उनको निकै प्रख्याति कमाएकी थिइन र छन । यी कलाकारका अलावा अमेरिकी प्राय सबै राज्यहरुका रेष्टुरा र बारमा थुप्रै नेपाली कलाकारहरुले लाइभ म्युजिकको अमेरिकन दर्शक श्रोता माझ प्रस्तुति दिइ नै रहेका छन ।
यसरी हाम्रा युवा पुस्ताहरुले सहजै अमेरिकन समाजमा आफ्नो कलाको जग हाल्दै गरेका छन । सामजिक एकिकरण वा सङ्घीकरण हुनलाई यो स्तरको प्रयास निरन्तर हुनु आबस्यक छ । तर नेपाली सङ्गीतको अलावा नेपाली चाडबाड, नेपालीको बिबाह , भोज आदिमा सांगीतिक दुनियामा कुनै अन्तराष्ट्रिय मान्यता नभएका हिन्दी फ्लिमका सस्ता गीतले अमेरिकी र नेपाली लाइ जोड्ने यस्ता सेतु भत्कन सक्छ । त्यसैले हाम्रा शुभकार्य , पार्टी, भोज भतेर , खुसियालीमा नेपाली गित सङ्गीतको अलावा अङ्ग्रेजी गीत संगित नै बज्नु पर्छ अनि मात्र सफल हुन्छ हाम्रो अमेरिकी समाजमा एकिकरण वा सङ्घीकरण (integration, coalescence) र सामाजिक एकजुटता (social cohesion) नत्र एसिया , अफ्रिकी र ल्याटिनअमेरिकीहरुले जसरी अहिले पृथकिकरणको (segregation) पिडा भोगेका छन हामीले पनि भोग्नु पर्ने समस्या आइलाग्न सक्छ ।
लेखक : इन्दुभुषण गौतम
भर्जिनिया, अमेरिका ।
प्रतिक्रिया