रवि लामिछानेलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बेद प्रसाद घिमिरे २०८१ कार्तिक ४ गते १६:०४ मा प्रकाशित

कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई शुक्रबारबाटै गणना हुनेगरि दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको हो। लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीको आरोपमा शुक्रबार काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर शुक्रबार पोखरा लगिएको थियो ।

आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहनु पर्नेछ।

प्रतिक्रिया