कस्तो लोकतन्त्र !

इनेप्लिज २०८१ कार्तिक ४ गते २३:१५ मा प्रकाशित

एउटा दलका “छोरा छोरी”,
“बा” को विरोध नगर भन्छन
अर्का दलका “भाइ देवर”,
“दाइ भाउजूलाई” नबोल भन्छन
नयाँ दलका “भाइ बहिनी”,
“दाइ” को विरोध नगर भन्छन
“काट्ने मार्ने लुट्ने कुट्ने”,
बोलिस भने मार्छु भन्छन
कस्तो लोकतन्त्र आएछ,
सबलाई ठिक भन्नु पर्ने
दासत्वलाई स्वीकार गर्दै,
तिनकै “गुलाम” बन्नु पर्ने !
कान चिरेका जोगीहरू,
रहेछन प्राय, भन्छु बरु
सत्य बोल्छु, दाश बन्दिन,
बरु लास बन्छु बरु !

  • रामप्रसाद खनाल, October 20, 2024

प्रतिक्रिया