दुबई । बिश्वमा विभिन्न राष्ट्रहरुले बिकासको ठूलो फड्को मारिरहेको बेलामा हाम्रो देश नेपालमा पनि पछिल्लो समयमा राष्ट्रिय गौरवका धेरै परियोजनाहरुले सफलता पाईसकेको अवस्था छ । अझै योजनावद्ध परियोजनाहरु बनाउने क्रममा रहेको प्रत्यक्ष देखिन्छ । यस्ता खालका राष्ट्रिय स्तरका परियोजनाहरुले मुख्य रुपमा पर्यटकहरुलाई आकर्षित गर्ने गर्दछ । देशभित्र पर्यटकहरुको चहल पहल बढ्यो भने आर्थिकक्रान्ति क्षेत्रमा टेवा पुग्नुका साथ रोजगारको प्रवल सम्भावनाहरु रहने छन् ।
राष्ट्रिय गौरवको परियोजना गन्तर्गत एउटा मुक्तिनाथ दर्शन लिमिटेड पनि पर्दछ । विगत लामो समयदेखि नेपालको विभिन्न ठाउंमा केवलकारहरु संचालनमा आईसकेको भएता पनि मुक्तिनाथ दर्शन केवलकारको परियोजना प्रक्रियागत अगाडि बढिसकेका छन् । यो परियोजनामा अर्थिक लागत धेरै लाग्ने भएका कारण संस्थागत तथा व्यक्तिगत रुपमा शेयर लगानी गर्न आवहन गर्ने हेतुले गएको १९ अक्टोबर २४ शनिबारका दिन दबुईस्थित सिल्भर स्पून रेष्टुरेण्टको हलमा परियोजना सम्बन्धी एउटा प्रेजेन्टेशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारिक कार्यक्रम नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालबाट भएसंगै प्रेजेन्टेशन र दर्शकहरुको जिज्ञासालाई शालिनता भावसंग उत्तरको रुपमा मुक्तिनाथ दर्शन लिमिटेडका डाइरेक्टर डि.बि गुरुङले दिनु भएको थियो ।
यो प्रोजेक्ट भारतको एउटा प्रतिष्ठित कम्पनी केएनआर रेल इन्जिनियरिङले पाएको छ । उक्त कम्पनीले ४ बर्षको अवधिमा ईपीसीएफ मोडलमा निर्माण गरि संस्थागत ५० प्रतिशत लगानी पनि गर्ने भएको छ । लगानीकर्ताको हकमा भने स्वदेशीलाई संस्थागत र व्यक्तिगत दुबै सहुलियत रहेको र बिदेशीलाई केवल संस्थागत मात्र रहेको जानकारीमा आएको छ । यो कम्पनी भारतमा धेरै प्रसिद्ध भएका कारण प्रोजेक्टलाई राम्रोसंग जिम्मेवारी निभाउने धारणा रहेको छ । छिमेकी राष्ट्र भारतका श्रर्दालुहरुलाई समेत यो केवलकारको सेवा मार्फत भगवान मुक्तिनाथको दर्शनमा निकै सहज हुने छन् ।
बिश्वकै सबैभन्दा लामो मुक्तिनाथ दर्शन लिमिटेड केवलकार प्रोजेक्टमा नेपाली रु. ५५ अर्बको लागत आउने भएको छ । यो केवलकार कास्की जिल्लाको नयां पुलदेखि मुक्तिनाथसम्म रहने छन् । यसको कुल लम्बाई ८१.०४ किलोमिटर रहने र नयां पुलदेखि मुक्तिनाथसम्मको गन्तव्य ३ घण्टा ४६ मिनेट लाग्ने बताएका छन् । सुरुदेखि अन्तसम्मको गन्तव्यमा २० वटा स्टेशनलाई पार गर्दै जानु पर्दछ । खासगरी ८ सयभन्दा धेरै गुन्डुलाले १ बर्षमा ३६ लाखभन्दा बढि हिन्दु, बुद्ध, शिंख र जैन धर्मालम्बी श्रर्दालुहरुलाई सेवा प्रदान गरिने अपेक्षा गरिएको छ । यो केवलकार बिश्वमा नै लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रिकार्डमा समेत दर्ता गर्नलाई प्रक्रिया रहेको जानकारीमा आएको छ ।
अन्त्यमाः सोही दिनमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल र सफल व्यवसायी तथा समाजसेवी गोपीचन्द्र भुसालको जन्मदिन परेको हुदा नेपाली समाज युएईको व्यवस्थापनमा केक काटेर शुभकामना दिनेहरुको धुईरो लागेको थियो । शुभकामना दिनेहरुमा नेपाली समाज युएईका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारी र शुभचिन्तकहरु रहेका थिए । फेरि पनि जन्मदिनको शुभकामना ।
–लालबहादुर ढेंगा, दुबई, युएई
प्रतिक्रिया