पारिवारिक भ्रमणका क्रममा न्यूयोर्क आउनुभएका पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेलसंग दोलखा समाज अमेरिकाले मिट एण्ड ग्रीट गरेको छ ।
न्यूयोर्ककको सन्नीसाइडमा रहेको स्पाइसी नेपालमा बुधवार साँझ भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री पोखरेलले नेपालमा चीन, भारत र अमेरिकाको आ आफ्नै स्वार्थपरक चासो भएकाले राजनीतिक अस्थिरता निम्तिरहेको तर त्यसबाट जोगिदै अघि बढन सकेमा नेपालको विकासमा कसैले केही पनि गर्न नसक्ने बताउनुभयो ।
उहाँले कागे्रस र एमाले नेपालमा मुल रुपमा दुइवटा राष्ट्रिय राजनीतिक विचारको प्रतिनिधित्व गर्ने भएकाले यिनै दुइ पार्टी मात्रै हुदा देशको स्थिरता र विकासमा सहज हुने बताउदै हालका बालेन र राष्ट्रिय स्वतन्त्र देखी प्रजातन्त्र पार्टीसम्मै कागे्रसकै बाइप्रोडक्ट रहेको र अरु बाम दलहरु एमालेको बाइप्रोडक्ट रहेको दलिल पेश गर्नुभयो ।
दोलखा स्थाइ घर भएका नेता पोखरेलले आफु विगतमा सात महिना पर्यटन मन्त्रीका रुपमा रहदा गर्न खोजिएका सकारात्मक कामहरुको स्मरण गर्दै नेपालको मुल आयका स्रोतहरु कृषी, जलस्रोत र पर्यटनमध्ये आफूले पर्यटनलाई पहिलो स्रोतको रुपमा अघि सार्न प्रयास गरेको र हाल पनि सोही मान्यतामा रहेको बताउदै भन्नुभयो –‘नेपाल बुद्ध जन्मेको भूमी यसैपनि बुद्धभुमी हुदै हो त्यसैगरी हरयुगका हिन्दु देवहरुको पनि कुनै न कुनै रुपमा नेपालमै सम्बन्ध रहेकाले भारतमा रहेका सम्पुर्ण जोगीहरु बोलाएर सम्मेलन गर्न प्रयास गरेको थिए । जसले गर्दा विश्वमै हिन्दु र बुद्ध दुवै धर्मको केन्द्र नेपाल हो भनेर प्रचार गर्न सहज हुने थियो ।’
दोलखा समाजका अध्यक्ष भोजराज थोकरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्रीका अलावा प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, शेर्पा संघका अध्यक्ष एपी शेर्पा, भिजन नेपालका अध्यक्ष मोहन श्रेष्ठ, सामाजिक अगुवा राधाकृष्ण देउजा, पृथ्वी प्रधान लगायतले मन्तब्य ब्यक्त गर्नभएको थियो ।
समाजका सचिव भूपेन्द्र थापाले संञ्चालन गर्नभएको कार्यक्रममा उपाध्यक्ष राजकुमार चौलागाईल्े स्वागत मन्तब्य राख्नुभएको थियो भने समाजका सदस्य शान्तबाबु थोकरले पूर्वमन्त्री पोखरेललाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया