सहकारी बिकासमा  आएको जटिल अबरोध र  सहकारी ठगिले जन्माएका गभ्भीर समस्या र उचित समाधान

इनेप्लिज २०८१ कार्तिक ८ गते २२:५९ मा प्रकाशित

आफुलाई कानुनको अनभिज्ञता भएको भन्दै भुल बस भएको सानो गल्ति भनिएका तर साचै केलाउदै जादा ठुला संगीन अपराध बनेका र त्यसले नराम्रो परिणाम दिएका इतिहासमा धेरै घटनाहरु छन । अहिलेको रबि संग मिल्दो जुल्दो केस साथी कै लहै लहै र उक्साहट या साथी ले फसाएका सवै भन्दा चर्चित घटनामा सन् २०१६ मा दक्षिण कोरियाको महिला रास्ट्रपति पाक ज्ञुयुन हि को छ । आफ्नो मिल्ने साथी चो सुन सिलले फसाएर उनको प्रभावमा परेर साम्सुङ्ग कम्पनी संग अनधकृत फाइदा पुर्याएको र भ्रष्ट्राचार भएको भनेर २४ बर्ष जेल सजाया भोगी रहेछिन । कोरियालाइ धनि र सक्षम राष्ट्र बनाउने पाक चुङ्ग हि कि छोरीले समेत पनि कुनै कानुनि उन्मुक्ति पाइनन र साथी कै कारण जेल जानु पर्यो ।

अन्य कानुनको अनदेखी, अनभिज्ञता भनौ बेवास्ता गर्दा ठुला – ठुला व्यक्तित्व जेल गएका वा आफ्नो राजनीति समाप्त भएका चर्चित वाटरगेट काण्ड , जसको परिणाम स्वोरुप १९७२ को अमेरिकी राष्ट्रपति निक्सनले राजिनमा दिनु परेको थियो , भने आइ एम यफका पुर्ब डाइरेक्टर डोमिनिक स्ट्रोसखान जो सन् २०१२ फ्रासको रास्ट्रपतिका सबै भन्दा आसलाग्दा शक्तिशालि उम्बेद्वार बन्न सक्दथे, आखिर न्युयोर्कमा २०११ मे मा भएको गल्तिको कारणले आइ एमयफको जागिर गयो गयो अझ रास्ट्रपतिको उमेद्वारनै हुन् नपाउने भए । आफ्ना भारतीय साथी तिनजना गुप्ता दाजुभाइको सङ्गतले गर्दा दक्षिण अफ्रिकी राष्ट्रपति जेखाव जुमा १५ महिना जेल परे र आफ्नो राजनीतक जीबन बाट हात धुनुपर्यो ।

हालै नेपालमा भै रहेको गभ्भीर प्रकृतिको सहकारी ठगि र अपचलनको घटनाले सबैको ध्यान आकृष्ट गरेको छ । रबी लामिछानेले सहकारी ठगि गरेका होइनन भनेर सरकारी छानबिन आयोगले नै स्विकारी सकेको छ । सहकारी ठगिमा रबि दोषी नभए पनि अरु सहकारीको रकम अपचलन गर्ने गराउने काममा सहयोग गरेको वा सहभागी भएको हो वा फसाईएको हो वा निर्दोष हुन् अहिले अदालतमा रहेको मुद्दामा हामीले निर्णय गर्ने कुरा होइन र सम्मानित आदलतले अबस्य सहकारी पिडितलाई एब रबिलाइ न्याय देला ?? यी प्रश्न मेरो लागि त्यति गभ्भीर होइन , मेरो प्रश्न देश भरि सहकारी ठगि गर्ने , बैदेशिक रोजगारीमा ठगि, कृप्टो करेंसी, हाइपर नेट , सुमेरु , गोल कोष्ट जस्ता Ponzi scheme को लहरनै चलेको छ । सर्बसाधारण नेपाली जनताको खरबौ रुपयाको ठगि भएको छ । त्यसमा ठुला ठुला आसलाग्दा नेता, सेना, प्रहरी , प्रशासक, न्यायकर्मी, न्यायमुर्ति, अधिकारकर्मी, स्वतन्त्र भनिएका व्यक्तिहरुको संलग्नताले भोलिको नेतृत्व पंगति बाट को को हट्ने छन को को रहने छन भन्ने त छदै छ तर यसले सबै भन्दा जटिल समस्या खडा गरेको छ । भोलि दोषीलाइ कारबाही होला , अब अरबौ खरबौ को सहकारी रकम अपचलन भएको छ , यस्तो अबस्था मा कुन श्रोत ले पिडितको रकम ब्याज सहित फिर्ता मिल्छ त ?? यसले सहकारी बिकासमा भएको सबैभन्दा ठुलो यो अबरोध , खड्गो कसरी पार लगाउला त ?? चार – पाच दशक लगाएर साना बचतकर्ताको विश्वास जितेर अहिलेको बिकसित रुपमा आइपुग्दा सम्म अहिलका घटनाहरुले गुमेको विश्वासलाइ पहिले कै अबस्थामा ल्याउन के कस्ता कार्यक्रम गर्नु जरुरि छ ??? यो चाहि माहत्वपूर्ण कुरा छ ।

सहकारी ठगिका सृङ्खला सुरु चाहि बिगतमा सरकारको गलत भुमिनीति, आर्थिक नीति, मौद्रिकनितीका कारणले घर जग्गामा लागानी गर्ने र एक बर्षमा दोब्बर नाफा लिने र सहकारी बाट लिएको सापटी ब्याज सहित फिर्ता गर्ने चलन निकै चलेको थियो । घरजग्गामा आएको मन्दी र व्यवसायमा घाटा हुन् थाले पछि समयमा सहकारीको संचालक संग गोप्यरुपमा लिएको रकम फिर्ता गर्न नसक्दा ठगहरु फरार हुन् थालेका थिए । सहकारीमा ऋण प्रबाह गर्दा ब्याजमा सहुलियत हुने नीति अनुसार निजि बैकहरुको प्रर्बधन गरेर धेरै नक्कली सहकारी पनि गठन गरेका थिए, करोडौ रुपैया अपचलन समेत गरे र यसमा घाटा सर्बसाधारणको भन्दा सरकारकै आउने राजस्व गुम्न गयो । सुधिर बस्नेतको ओरिन्टियल सहकारी , इच्छा राज तामाङ्गको सिभिल सहकारी ठगि प्रमुख , गोर्खा बैकको ठगि, किष्ट बैकको ठगिमा ज्ञावाली, सुमेरु , हर्बो , गोल्ड क्वोस्ट जस्ता ठुला ठुला ठगिका काण्डमा जेल चलान भएका थिए त कति अझै फरार छन ।

किन हुन्छ नेपाल मात्र सहकारी ठगि र गुम्दछ साना बचतकर्ता जो बिपन्न बर्गका छन र बैकले नपत्याउने भएकोले कुनै आर्थिक कृयाकलाप गर्न समेत सहकारी मै जोडिएका छन , तिनै गरिब महिला बचतकर्ताको दुख गरेर खाइ नखाई जोगाएको सानो सानो रकम ??

पंचायत ब्यबस्थाको सबै भन्दा खराबी र विकासको लागि अबरोध भनेकोनै संघ सस्थाको दर्ता र सस्थागत रुपमा सङ्गठित रुपमा केहि गर्न नदिनु नै थियो भनेर बहुदल आउने बित्तिकै पहिलो कामनै संघ सस्थाको दर्ता र सन्चालन गर्न सरल कानुन नीति नियम खुकुलो बनाईयो । यसमा टेकेर सहकारी दर्ता , संचालन, नियमन र आर्थिक रुपमा निगरानी कडाई साथ् नहुने किसिम ले खुकुलो बनाइयो ।

सामान्यतया कुनै पनि सहकारी बिकास हुन् र पूर्णरुपमा आत्मनिर्भर भएर संचालनमा आउन घटीमा पनि ५ देखि १० बर्ष लाग्छ । यसमा बाह्य सहयोगको ठुलो भूमिका हुन्छ । एउटा सहकारी संचालन गर्न सक्ने बनाउन घटीमा पनि ५ लाख देखि २५ लाख रुपयाँ सम्मको तालिम, प्राबिधिक, आर्थिक सहयोगको आबस्यकता रहन्छ । पहिले साना साना असङ्गठित बचत समुहलाइ एकै ठाउमा मर्जर वा संगठित amalgamation, गरेर तिनीहरुको आर्थिक ब्यबस्थापन , ऋण ब्यबस्थापन , ऋणको सुरक्षा , अनिबार्य र एछिक बचतको ब्यबस्थापन, सहकारी सुधार र बिस्तार आदि सबै काम गरेर पूर्ण रुपमा नाफामा जाने हुन् लाइ १० बर्ष लाग्छ । यस बिचमा कुनै दैबी बिप्पत्तिमाओबादी जस्तै द्वन्दात्मक समस्या नआएको खण्डमा । साना साना बचतकर्ता , जो अधिकासं गरिब, बिपन्न बर्ग, महिला , पछाडी परेका जाति जनजाति र क्षेत्रको हुने भएकोले ब्यापक सहकारी शिक्षा, जागरण आवस्यक पर्छ । त्यसै स्वतस्फुर्त सहकारीमा रकम जम्मा गर्न आउदैन ।

नेपालको सहकारी बिकासको इतिहास हेर्दा सन् १९६० भन्दा अगाडी गुठि, ढिकुटी , धर्म भकारी जस्ता अनौपचारिक, पारम्परिक बचत समुहहरु ग्रामिण स्तर र शहरमै थिए । जब १९६० मा सहकारी कानुन आयो कृषि सहकारी , साझा सहकारी , सहकारी बैक र पछि गएर त्यही कृषि विकास बैकको स्थापना भयो ।। कृषि विकास बैंक मार्फत साना किसान विकास आयोजना बिक्रम सम्बत २०३२ सालमा सुरुवात गरेको थियो ।। गाउ गाउमा यसले किसानलाइ ऋण सहयोग गरेर निकै आर्थिक रुपमा टेवा पुर्याएको थियो । साना किसान आयोजनाले साना – साना कृषक बचत समुह गठन गरेर सामुहिक जमानीमा बिना धितो ऋण उपलब्ध गराउदै आएको थियो । माओबादीले लगातार आक्रमण गरे पछि सो कार्यक्रम सदरमुकाममा सारियो र यसको कारणले गठन गरिएका साना साना वचत् समुह नै सहकारीमा परिणत भए । बिस २०७२ नया संबिधान आए पछि त सहकारी लाइ स्थानीय सरकारनै संचालन हुन् दिने जुन ब्यबस्था मिलाइएको छ }
यसको अलाबा बिभिन्न गरिबी निवारण कार्यक्रम मार्फत बचत ऋण सहकारी ग्रामिण स्तरमै गठन गरियो । यसरी विकास भएका सहकारी मध्ये कृषि सहकारीले भारतको मुख्य मुख्य शहर कोलकत्ता, सिलगुढी, पटना, लखनौउ , गोरखपुर् सम्म आफ्ना कृषि उत्पादन तरकारी फलफुल र जडीबुटी पुर्याएर सिधा ब्यापार गर्न थालेका थिए । धेरै सहकारी संग आफ्नै पुरा फर्निसभएको कार्यालय, कर्मचारी, ढुवानी साधन ट्रक, ट्रयाक्टर समेत थिए ।।

ग्रमिण सहकारीले खालि बचत सङ्कलन र ऋण प्रबाह गरेका हुदैनन यिनीहरुले कृषि उत्पादन (चिया, दुध दहि घिउ चिज, पनिर, छुर्पी , तरकारी, फलफुल, कफी), प्रसोधन, बजारीकरण , जडीबुटी आदिको भ्यालु चेनमा सहकारीको योगदान महत्वपूर्ण रहेको छ । टोल टोलमा सहकारी घर घरमा सदस्यताको लहरले सहकारी अधिकांस नेपालीको जिबनमै आबद्ध हुन् पुगेको देखिन्छ । त्यसैले झन्डै एक लाख नेपालीको रोजगारी भएको ४० हज्जार जति सहकारी जो करिब ६० लाख नेपालीको बचतको सुरक्षा प्रश्न छ अब ।

यो काण्डका केन्द्रबिन्दु जी बि राइ हुन् , उनको बयान नआई कुनै कानुनि निर्णय गर्नु हुदैन । रास्वपाको पोखरा केन्द्रित आन्दोलन, भोलि देखि राप्रपा , माओबादि समेत राजधानी केन्द्रित आन्दोलन रबिको लागि सति जान खोजेको हो कि भन्ने भान हुन्छ तर यसको मुख्य माग चाहि जीबी राइको बयान नल्याई कानुनि प्रकृया अगाडी बढाउनु हुदैन भन्ने हुनुपर्दथ्यो ।। जसरी पनि जीबी राईलाइ नेपालमा ल्याएर बयान गराउनु पर्ने जरुरि छ । रबिको साथि जीबी राइ नै मुख्य दोषी हुन् भने रविलाई सहकारी कानुनि अनभिज्ञताको कारण सहकारी रकम अपचलन हुन् गएछ भन्नु रबी आफै फस्नु मात्र हो । जीबी राइ कुख्याति आर्थिक अपचलन , Ponzi scheme नेटवर्क बिजिनेस र अपारदर्शी , गैह्रकानुनी आर्थिक गतिबिधिको बारेमा रबिलाई थाहा थियो थिएन , तर त्यस्तो व्यक्ति संग रबि जस्तो सचेत पत्रकार, अहिले आएर नया उदयमान शक्तिको नेतृत्व जानु हुने थिएन । रबिको जस्तो सोच, जिबिको आर्थिक आपराधिक मानसिकता र ग्यालक्सी टिभीमा भएको अपारदर्शी लगानीले गर्दा रबिको राजनैतिक क्यारियर समाप्त हुन् सक्छ । यो सबै कुराबाट वच्ने हो भने सरकार संग “जसरी पनि जीबी राइ लाई ल्याएर बयान गराए पछि मात्र यो मुद्दा सुरु गर्न पाउछौ ” भनेर दवाब दिनु पर्छ रास्वपाले ।यस्मानै छ सबैको हित र बिषेश गरि रबि र साना लगानीकर्ता महिला र गरिब किसान, बैदेशिक रोजगारीमा ठगि, कृप्टो करेंसी, हाइपर नेट , सुमेरु , गोल कोष्ट जस्ता Ponzi scheme शहकारी पिडीत र यस्तै अरु ठगीका पिडित प्रति न्याय हुने छ । । अन्यथा माथि बयान गरिएको कोरियाकी पपुलर राष्ट्रपति पाक ज्ञुयुन हिको राजनीतिक जीवन समाप्त भएर जेल बसे झैँ रबिको पनि त्यही हालत हुन् सक्छ र रास्वपा सति जादा पार्टीको अस्तित्व नै सङ्कटमा पर्छ ।।

सरकारले किन हतार – हतार निर्णय गरेर यो मुद्दा अगाडी बढाई रहेको छ , किनकी यसको जटिलतालाइ पहिले सहजीकरण गर्नु पर्ने जरुरि छ ।

अहिले कास्की जिल्ला अदालतमा रबिको मुद्दा चलिरहेको अबस्थामा यो मुद्दाको जटिल प्रकृति हेर्दा अदालातले कानुनि बिमर्सका लागि अर्थकानुन, बैकिङ्ग कानुन, सहकारी कानुन बिज्ञको सहयोग लिन Amicus Curiae वा friend of the court गठन गरेर उनीहरुको परामर्समा निर्णय फैसला गर्नु जरुरि छ । अन्यथा यसले एक पक्षलाइ न्याय त् देला तर सम्पूर्ण सहकारी विकास मै यसले दिर्घकालिन सम्म सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ । यहा सर्प पनि मर्ने , लाठी पनि नभाचिने हुनुपर्छ । रबिले न्याय पाउनु पर्छ, तर सहकारीको लुटिएको गरिब महिलाको बचतको अरबौ रुपया उचित क्षतीपूर्ति सहित उपलब्ध हुनु पर्छ ।

यो काण्डका केन्द्रबिन्दु जी बि राइ हुन् , उनको बयान नआई कुनै कानुनि निर्णय गर्नु हुदैन । रास्वपाको पोखरा केन्द्रित आन्दोलन, भोलि देखि राप्रपा , माओबादि समेत राजधानी केन्द्रित आन्दोलन रबिको लागि सति जान खोजेको हो कि भन्ने भान हुन्छ तर यसको मुख्य माग चाहि जीबी राइको बयान नल्याई कानुनि प्रकृया अगाडी बढाउनु हुदैन भन्ने हुनुपर्दथ्यो ।।

बिगत ४० बर्ष लगाएर जनता, बिभिन्न दात्रिसस्था, नेपाली बिज्ञ , सरकार र सहकारी अभियन्ताले कठोर मेहनतका साथ उभ्याएको र सस्थागत बिकास गरेर अहिलेको अबस्थामा ल्याईपुर्याइएका सहकारीहरु दुइ चार जना ठगको ठगीमा परेर डुब्नु , बन्द हुनु हुदैन । यसलाई गभ्भीर रुपमा सुधार र सबलीकरण गर्ने शिक्षा लिएर आगामी दिनमा सहकारीहरु ससक्त मजबुत भएर अगाडी बढ्न सकारले नीतिगत, कानुनी सुधार गरेर ठुलै आर्थिक प्याकेजको कार्यक्रम ल्याएर सहयोग गर्नु पर्छ । त्यसकालागि तुरुन्त सहकारीको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण , उच्चस्तरीय सहकारी तथा ग्रामिण बित्त प्राधिकरण गठन गर्नु पर्ने जरुरी भै सकेको छ । हालै सरकारले केहि सुधारका कार्यहरु गर्ने त प्रतिबध्दता देखाए पनि समग्रमा ग्रामिण बचतकर्ताहरुको विश्वास जित्न निकै ठुलो कार्यक्रम राष्ट्रिय स्तरमा चलाउनु र बचतकर्ताको बचत रकमको अनिबार्य बिमाको ब्यबस्था हुनु जरुरि छ । म आफै धेरै बर्ष ग्रामिण विकासमा संलग्न भएको र सहकारी पनि एउटा विकासको पाटो भएकोले सहकारी ठगिलाइ अति ठुलो आर्थिक एब सामजिक अपराध र बिकासको प्रमुख अबरोधको रुपमा लिएर कुनै पार्टी विशेषको पक्षधर नभै स्वतन्त्र रुपमा मेरा फाईन्डिंग राखेको छु ।

इन्दु भूषण गौतम , भर्जिनिया

प्रतिक्रिया