सन् २०२४ अक्टोबर २७ -२८ (मिति २०८१/०७/११-१२) मा तहाचाल, काठमाण्डौ स्थित होटल द सोल्टी काठमाण्डौमा “रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता” मूल नारा सहित मनाउन लागिएको गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिने एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा २०२४ आयोजनाका लागि सम्पूर्ण तयार पूरा भई सकेको जानकारी गराउँदछौं ।
गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण; मताधिकार र गोर्खा; नेपाली मूलका विदेशी नागरिक (पीएनओ); जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव; प्रवासी युवाहरूको सशक्तिकरण; सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता; सामाजिक सुरक्षा; नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी गराउँदछौं । छलफल सहभागि भई गैरआवासीय नेपालीहरुको एकै धारणा बनाउँनका लागि समेत गैरआवासीय नेपालीहरुलाई सादर अनुरोध गर्दछौं ।
साधारण सभा प्रत्येक वर्ष संघको विधानको दफा १४ अनुरुप गर्नु पर्ने अनिवार्य प्रक्रिया हो । संस्थागत सुशासन एवं संघको वार्षिक कार्यको समिक्षा र आगामी दिनका लागि संघ भावि लक्ष्य निर्धारणका लागि समेत वार्षिक सभा हुनु पर्ने आवश्यकता रहेको छ । गैरआवासीय नेपालीहरु सरोकारका विषयहरु नेपाल सरकार समक्ष संस्थागत रुपमा जानकारी गराउँन एवं गैरआवासीय नेपाली बीच भाईचारा र एकता जीवन्त बनाई रहन समेत ग्लोबल कन्क्लेभ र वार्षिक साधारण सभा कोशेढुङ्गा हुने विश्वास संघले लिएको छ ।
नेपाल र नेपालीहरुले गैरआवासीय नेपालीहरु प्रति ठूलो अपेक्षा राखेका छन् । गैरआवासीय नेपाली अभियानका क्रममा देखिएका जुनसुकै मतभिन्नता र मतभेदलाई पारस्परिक छलफलबाट निराकरण गर्न सकिने विश्वास लिएका छौं । कार्यक्रममा सहभागि भई गैरआवासीय नेपालीहरुको आवाज बुलन्द गर्न एवं गैरआवासीय नेपालीको साझा सरोकारका विषयहरुमा एकता कायम गरि अगाडि बढ्नु एकमात्र विकल्प भएको हुँदा सोमा हातेमालो कायम गर्नका लागि सम्पूर्ण गैरआवासीय नेपाली अभियान्ताहरुलाई हार्दिक अपिल गर्दछौं ।
धन्यवाद ।
फणिन्द्र पन्त
प्रवक्ता
सन् २०२४ अक्टोबर २6 (मिति २०८१/०७/१०) शनिवार
प्रतिक्रिया