प्रचण्डले भाटभटेनी सुपरमार्केट आफ्नो भन्ने वर्षौंदेखिको आरोप प्रधानमन्त्री केपी ओलीले गलत सावित गरिदिएको बताए

बेद प्रसाद घिमिरे २०८१ कार्तिक १० गते १२:४१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाटभटेनी सुपरमार्केट आफ्नो भन्ने वर्षौंदेखिको आरोप प्रधानमन्त्री केपी ओलीले गलत सावित गरिदिएको बताएका छन् ।

पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

ललीतानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा संलग्न रहेको आरोपमा आफ्नै सरकारले कारबाही गर्दा पनि भाटभटेनी प्रचण्डैको हो भनेर आफूलाई हैरान पारिएको उनको भनाइ थियो ।

‘म होइन भन्छु, पत्याउँदैनथे । कसरी क्लियर गर्नेहोला भनेर म हैरान थिएँ’ उनले भने, ‘केपी ओलीले क्लियर गरिदिनुभयो धन्यवाद दिन चाहन्छु ।’

ओलीले मीनबहादुर पहिल्यैदेखि एमाले कार्यकर्ता रहेको बताउँदै हिंडेकाले भाटभटेनीसँग जोडेर आफूमाथि लाग्दै आएको पखालिएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे ।

गुरुङले एमालेलाई केन्द्रीय कार्यालय बनाउन कीर्तिपुरमा ११ रोपनी जग्गा दान दिएको विषय हाल चर्चामा छ ।

प्रतिक्रिया