मेयर कप जितेपछि वडाध्यक्षले घोषणा गरे एक लाख ५ हजार रुपैया पुरस्कार

इनेप्लिज २०८१ कार्तिक १० गते १३:२३ मा प्रकाशित

रौतहट÷

रौतहटको गरुडा नगरपालिकाका १० टिममध्ये सर्वोत्कृष्ट गेडहीगुठी भएको छ । नगरपालिका ९ टिमलाई हराउँदै गेडहीगुठीले २० दिनदेखि जारी मेयर कप सिजन ३ प्रिमियम लिग २०८१ जित्दै नगरको सर्वोत्कृष्ट टिम बन्न सफल भएको हो ।

गरुडा नगरपालिकाको सहयोगमा युथ क्लब अफ रौतहटले आयोजना गरेको लिगमा नगरपालिकाका सम्पूर्ण वडाबाट एउटा एउटा वडास्तरीय टिम गरी नौ र आयोजक टिम गरी १० टिमको सहभागिता रहेको थियो । शनिवार गरुडाको चिनीमिलस्थित फिल्डमा भएको वडा नम्बर २ गेडहीगुठी र वडा नम्बर ८ बसबिटी जिंगडिया बिचको लिगको फाइनल खेलमा वडा नम्बर २ गेडहीगुठीले बाजी मारेको छ । प्रिमियम लिगमा प्रथम हुँदै गेडहीगुठीले नगरपालिकाबाट प्रदान गरिने ८१ हजार र द्वितीयमा चित्त बुझाउनु परेको जिंगडियाले ४१ हजार रुपैया नगदका साथै कप रअन्य विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनिप्रसाद कल्वारले गरुडा मेयर कप एउटा राम्रो खेलको रुपमा स्थापित हुन पुगेको बताउँदै नगरभित्रका खेलाडीहरुले प्रतिभाको प्रदर्शन गर्ने राम्रो अवसर पाएको बताएका छन् । नगर प्रमुख कल्वारले खेलाडीहरुले देखाएको अनुशासन प्रशंसनीय भएको बताउँदै प्रतियोगिताको फाइनल खेलमा देखिएको दर्शकहरुको सहभागिताले आफूलाई पनि हौसला दिएको अभिव्यक्ति दिएका छन् । गरुडामा नगरस्तरीय खेलकुद मैदानको लागि आफूहरुले जमिन खोजिरहेको बताउँदै निकट भविष्यमा सुखद समाचार आउने संकेत पनि गरेका छन् ।

आफ्नो वडाको टिम जितेकोमा खुसी व्यक्त गर्दै वडा नम्बर २ गेडहीगुठीका वडाध्यक्ष कृष्णनन्दन सहनीले टिमलाई एक लाख ५ हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । खेलको आरम्भदेखि नै गेडहीगुठीको टिमले दर्शकहरुको साथ पाएका थिए भने वडाध्यक्ष सहनीले आफ्ना खेलाडीहरुको उत्साह बढाउन विभिन्न पुरस्कारहरुको घोषणा गरिरहेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडाध्यक्ष रामविनोद साहले गरुडा नगरपालिकाले खेलकुदको क्षेत्रमा अत्यन्तै रामे काम गरिरहेको बताउँदै खेलकुदप्रति युवाहरुको उत्साह बढेको बताएका छन् ।

फाइनल खेलमा गेडहीगुठीको तर्फबाट आठ विकेट ढलेपछि जमेका धीरज सहनी र मनोज सहनीको जोडीले ६४ रनबाट २०१ रनको बलियो स्कोरमा पु¥याएको थियो । मनोज सहनीले २४ बलमा १ रन बनाएका थिए । धीरज सहनी र मनोज सहनीको जोडीले खेलमा नयाँ मोड ल्याउँदै यस सिजनकै सर्वाधिक रन बनाउने टिमको रुपमा स्थापित गरेका थिए । २० ओभरमा २१७ रन बनाउँदै २१८ को लक्ष्य गेडहीगुठीले जिंगडियालाई दिएको थियो ।

हजारौँ दर्शक उपस्थित खेल निकै रोमाञ्चक भएको थियो ।

प्रतिक्रिया