अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित चर्चित तथा अत्यन्तै सक्रिय नेपाली गैर मुनाफा सामाजिक संस्था (बाना )भवनको प्रांगणमा नेपाली ,अमेरीका र मेरील्याण्डको झण्डा फहराईएको छ ।
गत अक्टोबर २६, २०२४ शनिबारका दिन नेपाली समुदाय र बानाका लागि ऐतिहासिक र अविस्मरणीय रहन गयो । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा रहेको नेपालीहरुको छाता संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना)अमेरिकामा नेपाली समुदायको हक हितमा काम गर्ने अग्रणी संस्था हो ।
आफ्नो सामुदायिक भवनको प्रांगणमा नेपाल, अमेरिका तथा मेरिल्याण्ड राज्यको झण्डा फहराउने विशेष कार्यक्रममा बाना पदाधिकारीहरुसँगको भेटघाट कार्यक्रममा बानाका बारेमा संक्षिप्त जानकारी सुर्य तिमिल्सिना र हेमन्त तिमिल्सिनाले गरेका थिए ।
बाल्टिमोर काउण्टीका काउण्टी एक्जिक्युटिभ (कार्यकारी अधिकारी )जोनी ओ प्रमुख अतिथिका रहनु भएको विशेष कार्यक्रममा बानाका अध्यक्ष सुबोध विलास पन्तले नेपालको झण्डा, अमेरिका कै ईतिहासमा पहिलो पटक नेपाली मुलका मेरिल्याण्ड विधान सभा सदस्य ह्यारी भण्डारीले ,र नगर परिषद पदाधिकारी (काउन्सीलम्यान )जुलीयन ई . जोन्स जुनीयर ले मेरिल्याण्ड राज्यको झण्डा तथा प्रमुख अतिथि जोनीओ ले अमेरिकी झण्डाको झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले संबोधन गर्ने क्रममा यस ऐतिहासिक क्षणमा उपस्थिति हुन पाउनु नै गर्व को कुरा भएको बताए । कार्यक्रमको संचालन बाना ट्रष्टीका अध्यक्ष कुलमणी आचार्यले गरेका थिए ।
यस ऐतिहासिक र अविस्मरणीय कार्यक्रममा सहभागि हुन ओएनएफ अन्तराष्ट्रिय अध्यक्ष संजय थापा र मेरिल्याण्डका नेपाली समुदायका गन्यमान्य ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि जोनी ओ को हुन् :
जोनी ओ एक अमेरिकी राजनीतिज्ञ तथा डेमोक्र्याटिक दलका सशक्त सदस्य हुन् । जोनी ओ सन् २००६ देखि २०१५ सम्मको लागि छैठौ जिल्लाका पूर्व बिधान सभा सदस्य अर्थात् सांसद भै काम गरि सकेका छन् ।
उनि काउन्टी कार्यकारीको साथै मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र २ का लागि लागि आगामी नोभेम्बर ५ ,२०२४ का दिन हुने चुनावका लागि अमेरिकी प्रतिनिधि सभाका लागि आधिकारिक उम्मेदवार हुन्। उनले प्राथमिक निर्वाचनमा अन्य उम्मेदवारहरुलाई हराउदै उनि डेमोक्र्याटिकका उम्मेदवार बन्न सके पछि उनको भिडन्त अहिले रिपब्लिकन दलका किम क्लासिकसंग लड्दै छन ।
जोनी ओको चुनाव क्षेत्र २ निकै राम्रो अवस्था रहेकोले २०२५ का लागि अमेरिकी तल्लो सदन अर्थात् प्रतिनिधि सभाका सदस्यमा बिजयी हुने सम्भावना ज्यादा रहेको छ ।
प्रतिक्रिया