अनेसास न्यूह्यामसायरको एघारौ बार्षिक सभा तथा ११६औ लक्ष्मी जयन्ति सम्पन्न!

इनेप्लिज २०८१ कार्तिक ११ गते १७:०६ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा संस्थाको एघारौ साधारण सभा तथा ११६औ लक्ष्मी जयन्ति एक समारोह विच यही अक्टोबर २६, २०२४मा १० रिभरसाइड रोड हुक्सेटमा भव्य रूपमा सम्पन्न भएकोछ। अनेसास च्याप्टर अध्यक्ष हरी माया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतिथी अनेसासका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, विशिष्ठ अतिथी निवर्तमान अध्यक्ष गोवर्धन पूजा, अतिथिहरुमा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त र एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिव राई रहनु भएको थियो। कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा माल्यार्पण र दुबै देशका राष्ट्रिय गान सहित सुरू गरीएको थियो।कार्यक्रममा प्रमुख अतिथी लाला गोपाल सुवेदीले अनेसास न्यूह्याम्पसायपको कामको प्रसंसा गर्दै महाकविको परिचयात्मक टिप्पणी गर्नु भएको थियो। त्यसैगरी निवर्तमान अध्यक्ष पूजाले आफूसँधै अनेसास न्यूह्याप्सायरको कार्यक्रमहरूमा संगै रहेको र रहने भन्दै आफ्ना भनाइ संगै रचना वाचन गर्नु भएको थियो।

च्याप्टरका महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो। कार्यक्रममा संस्थालाइ विविध समयमा सहयोग गर्ने समाजसेवीहरू रविन थापा, प्रदिप कार्की, प्रयूष रायमाझीहरूलाइ खादा र प्रमाण पत्र सहित संमान गरीएको थियो। त्यसैगरी लामो समयसम्म प्रधानाधापक भै शैक्षिक क्षत्रमा ठूलो योगदान पुर्याउनु भएका गोबिन्द प्रसाद पन्त र श्रीमती उर्मिला पन्तलाइ पनि संमान गरीएको थियो। कार्यक्रमलाइ रोचक बनाउन साहित्यकार एवं बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्तबाट केही गजल गायन, हरिमाया अधिकारी र प्रेम शागर खतिवडाले देउसी भैलो गायन भएको थियो । त्यस्तै बालीकाहरू, साइनोरा , बिदिशा, दिक्षिता र जुनिपर गुरूड॰ले नृत्य प्रदर्शन गरेका थिए। त्यसै गरी अर्को ग्रूप डान्समा Arvin Vaidya, Aayansh Pun, Shranik Dhungana , Susan & Soham Bhattarai, Nikita Gurung, Stella Gurung, Sujina Gurung, Alisha Thapa, Tenzin Tsulden हरूले प्रस्तुती गरेका थीए। कार्यक्रमलाइ हौसला दिदै हितमान गुरूड॰, भेषराज शर्मा, सविता पाण्डे, अग्नी पराजुली, शारदा माया भट्ट, शरिता गिरी, प्रदिप कार्की, उषा/ प्रकाश रायमाझी, नविन शर्मा, अन्सु श्रेष्ठ र थुप्रै उपस्थित व्यतिहरूबाट भैलो चन्दा प्रदान गर्नु भएको थियो। प्रधन संपादकले कार्यक्रममा उपस्थित सबैलाइ
हार्दिक स्वागत र सहयोगी सबैमा धन्यबाद व्यक्त गर्नु भएको थियो। अन्तमा सभापति हरिमाया अधिकारीले सबैलाइ धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो। उक्त कार्यक्रम संस्थाका महासचिव नन्द शर्माले सन्चालन गर्नु भएको थियो।

समाचार इश्वरी भट्ट- प्रधान संपादक

प्रतिक्रिया