समय सापेक्ष र सत्यतामा आधारित सामाजिक सेवामा सहकार्य गर्दै अगाड़ी बढ्न एएनएका अध्यक्ष अधिकारीको अपिल

इनेप्लिज २०८१ कार्तिक १३ गते १:०० मा प्रकाशित

एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले एक बिज्ञप्ति मार्फत अपिल निकालेका छन् । उनले समय सापेक्ष र सत्यतामा आधारित सामाजिक सेवामा सहकार्य गर्दै अगाड़ी बढ्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा हाम्रो समाजमा गरिने संवेदनशील समाजसेवा तपाई हाम्रो भित्रि मन अर्थात् दिल देखि नै हुनु पर्छ र निश्वार्थ भावनामा पनि हुनु पर्छ भनेका छन् । सहि मानेमा समाजसेवा त्यति संवेदनशील र पवित्र हुनु पर्छ कि जसलाई हल्का तवरबाट र निजी स्वार्थ साथै तांमझामको मातहत संग तुलना गरेर हेर्न र बोल्न मिल्दै मिल्दैन ,उनको बिज्ञप्तिमा भनिएको छ ।

बिस्तृत जानकारी लिन बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

समय सापेक्ष र सत्यतामा आधारित सामाजिक सेवामा सहकार्य गर्दै अगाड़ी बढ्न एएनए अधिकारीको अपिल

वासिंटन,डि.सी. खगेन्द्र अधिकारी

यो जो जसलाई सम्बंधित

आदरणीय मान्यवरहरु,
सादर अभिवादन!

समाजसेवामा समाजसेवीको वास्तविक कर्तव्य:

हाम्रो समाजमा गरिने संवेदनशील समाजसेवा तपाई हाम्रो भित्रि मन अर्थात् दिल देखि नै हुनु पर्छ र निश्वार्थ भावनामा पनि हुनु पर्छ। सहि मानेमा समाजसेवा त्यति संवेदनशील र पवित्र हुनु पर्छ कि जसलाई हल्का तवर बाट र निजी स्वार्थ साथै तांमझामको मातहत संग तुलना गरेर हेर्न र बोल्न मिल्दै मिल्दैन।यसलाई माननीय कर्तव्य सहित सकारात्मक सोच र दृष्टिकोणबाट राम्ररी बुझेर पवित्र मानवीय उद्देश्यको सिद्धांत र क्षेत्राधिकार भित्र रहदैं अरुको हितका लागि यसमा पनि दिनदुःखियाहरुका लागि जति सकिन्छ सकेको उद्धार गर्न स्वयं सामर्थ्यवान भएमा यो परम धर्म, पुन्य अनि माननीय उद्धारको द्योतक बन्ने छ भन्ने बिस्वास लागेको छ।

यो मद्धत अर्थात् सहयोग र सेवा स्वयं आफ्नो मन-मुटु र हृदयको गहीराईका गतिशील स्पन्दन बाटै गरौं

अतः उपरोक्त तत् तत् उदाहरणहरुका महत्वपूर्ण अर्थ एवं उद्देश्य बमोजिमका परिधि भित्र अन्तर्निहित भएर यदि संभव हुन्छ भने आफ्नो गांस कटाएरै भए पनि किन नहोस सबैले विपन्न वर्ग र यसका लागि जरुरत पर्ने अति आवश्यकीय मानिसहरुका सम्बंधमा नितान्त रुपमा सानै भए पनि सकेजती मद्धत गरौं। यो मद्धत अर्थात् सहयोग र सेवा स्वयं आफ्नो मन-मुटु र हृदयको गहीराईका गतिशील स्पन्दन बाटै गरौं। यस प्रकारको उदाहरणनिय, महान सोच र उच्च स्तरको कार्यमा कोहि पनि विलंबित नभै उत्साहित भएर हामी सबै जुटौं कोहि पनि नछुटौं भनेर सादर अनुरोध गर्दछौं।

सर्वप्रथम र नेपालीहरुको वैदेशिक इतिहासमा नै वृहत र राष्ट्रिय रुपमा हाम्रा अग्रजहरु यानेकी तत्कालीन उत्तर अमेरिकी नेपालीहरुको बिशेष पहलकदमीले सन् १९८३ मा संयुक्त राज्य अमेरिका स्थित वासिंटन डि.सी. मा स्थापित राष्ट्रिय संस्था एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) भएको बिषयका सन्दर्भमा एक ज़िम्मेदार नेपाली अमेरिकी हुनुका माने बाट पनि तपाई हामी सबै जानिफकार छौं।

हल्का तवर बाट र निजी स्वार्थ साथै तांमझामको मातहत संग तुलना गरेर हेर्न र बोल्न मिल्दै मिल्दैन

समग्र नेपाल र नेपालहरुको पवित्र र बिशेष पहिचानलाई विश्व सामु फैलाउँदै मर्मस्पर्शी र संवेदनशील सामाजिक सेवाको भावनाका खातिर निरंतर रुपमा यस पवित्र संस्था “एएनए” ले सबैको मनोभावना र स्थापित मान्यताका आधारशिला भित्र रहेर नितान्त पारदर्शिता सहित अनुशासित र उद्देश्यपरक रुपमा हाम्रो समाजमा कर्तव्यपालक हुँदै सबैलाई साथमा लिदैं सार्वजनिक रुपमै बिस्वासिलो अनि निस्वार्थ रुपमा स्वस्थ्य सामाजिक जीवन पद्धति एवं समय सन्दर्भमा संतुलित र वातानुकूलित भएर मर्मस्पर्शी सामाजिक सेवाको रक्षक, सारथि अथवा सेवक जे जे भने पनि सार्थकताको भूमिका निभाई उदाहरणिय रुपमा विगत ४१ बर्ष देखि अविच्छिन्न र अविस्मरणीय योगदान सहित अग्रगामी भूमिका मार्फत लगातार अगाड़ी बड़ी रहेको गतिशील क्षणमा सम्पूर्ण “एएनए” परिवार उपरोक्त बमोजिमका महत्वपूर्ण र महान अर्थ राख्ने पवित्र कार्य गर्ने सिससिसामा आवश्यकीय सहकार्य गरेर हातेमालो गर्दै सदासर्वदा संग-संगै भएर अगाड़ी बढ्न यहाँहरु सम्पूर्णता विनम्रतापूर्वक सादर अनुरोध गर्दछौं।धन्यवाद!

“वसुधैव कुटुम्बकम्”

सम्पूर्ण एएनए परिवारका तर्फ बाट

प्रार्थी,

खगेन्द्र अधिकारी
अध्यक्ष
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए)
वासिंटन,डि.सी.
उत्तर अमेरिका

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित, ईमानदार, स्वतंत्र एवं मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा कटिबद्ध रहेका विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुका अतिरिक्त वर्तमान एएनए अध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया