२६ अक्टोवर २०२४, वाशींटन डिसी
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एनआरएन नागरिकता सम्बन्धी कार्यविधि तत्काल लागु नभएकोले नागरिकताको प्रयोगमा भएको अडचन स्वीकार्दै छिट्टै कार्यबिधि लागु गर्न काम भैरहेको बताएका छन् । उनले पहिलो चरणमा एनआरएन नागरिकता सम्बिधानमा समावेश गरेर यस पक्षमा पहिलो सफलता हासिल भएको । कानूनमा निर्माण गरी एन आरएन नागररिकता बितरण अर्को चरणको सफलता भएको र अब कार्यबिधि लागु भएपछि सम्बिधानमा उल्लिखित राजनैतिक अधिकार बाहेक सबै अधिकारहरु एनआरएन नागरिकता बाहेक सबै अधिकारहरु नेपाली मूलका एनआरएनहरुले उपयोग गर्न सक्ने बताए ।
अमेरिकास्थित नेपाली दूतावासले वाशींटन डिसीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । अमेरिकाका लागि कार्यबाहक नेपाली राजदूत कुमारराज खरेलले स्वागत तथा सहजिकरण गरेको सो कार्यक्रममा वाशिङ्टन डिसी, मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क लगयायतका ब्यबसायी, नेपालमा लगानी गरेकाहरु र लगानी गर्न ईच्छुक एनआरएन नेपाली तथा बिदेशी समेत सहभागी थिए ।
मन्त्रीलाई प्रश्न गर्नेहरुमा सुनिल श्रेष्ठ, अलेन जस्टिन गेलार्ड, तीर्थ पाण्डे, लक्ष्मण प्रधान, अनिल अधिकारी, प्रा.गोपी उप्रेती, खगेन्द्र जिसी, मेदिनी अधिकारी, मुक्तिनाथ, मङ्गल महर्जन, देशराज सीयोग, प्रेम सङ्ग्रौला लगायत थिए ।
उनीहरुले एनआरएन नागरिकताले काम नगरेको, नेपालमा लगानीका काम गर्न प्रशासनिक ढिला सुस्ती भएको, नेपालमा डलरमा खाता खोल्म पाइने तर आफैंले डिपोजिट गरेको डलर निकाल्न नमिल्ने हुनु ठिक नभएको जस्ता गुनासा समेत गरिएको थियो । नेपालबाट खुकुरी रम अमेरिका आयात गर्ने अमेरिकी ब्यबसायी अलेन जस्टिन गेलार्डले काममा ढिला सुस्ती मात्र नभएर काम हुने नहुने कुनै प्रत्युत्तर समेत महिनौं नपाउने अवस्था रहेको बताएका थिए र मन्त्री पौडेलले सो विषयमा नेपाल फर्किने बित्तिकै जवाफ पाउने विश्वास दिलाएका थिए ।
सो कार्यक्रममा उद्योग वाणिज्य महासँघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानिको राम्रो अवसर भएकोले एनआरएनहरुलाई लगानी गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया