उत्तर अमेरिकाको नेपाली गाउँ 

इनेप्लिज २०८१ कार्तिक १९ गते ०:२७ मा प्रकाशित

यो धरती भनेको सबै प्राणीहरूको साझा घर हो । यी महादेश ,देश ,प्रदेश, अञ्चल र गाउँ भनेका त शासक बर्गहरूले शासन गर्नलाई सजिलो बनाएका मात्रै हुन । हामी शासित बर्गलाई त यो ठाउँ न, त्यो ठाउँ । जहाँ शान्तिपूर्वक बस्न पाइन्छ । जहाँ मानिसको स्वाभिमानकी सम्मान हुन्छ । आधारभूत आवश्यकताहरू गाँसबास ,कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र , रोजगारीको व्यवस्था हुन्छ । त्यति भए अरू के चाहियो भनेर यदाकदा मानिसहरूले भनेको सुनिन्छ । हो मानिसलाई प्रथम कुरा त सम्मान पूर्वक बाँच्नु हो । तर त्यति मात्र प्राप्त गरेर मानिस सन्तुष्ट रहन सक्दैन । यदि त्यतिमै मानिसहरू सन्तुष्ट भएको भए आज जे जति विकास र प्रगतिहरू भएका छन् ,ती हुने थिएनन् । आज नेपालीहरू पनि आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न र सुरक्षित बासस्थानको खोजी गर्दै भौँतारी रहेका छन् । अभावका खाडललाई पुर्न आफूलाई जोखिममा होमेका छन् । परिवारमा छाएको कहाली लाग्दो भोक र रोगको उपचार खोज्न हिँडेका छन् । दशैँ र तिहारमा एक पेट खाना र एकसरो नाना लगाउँदा बन्धक बसेको घर उकास्न आफ्नो थातथलो छाडेका छन् । यसरी कोही छिमेकी देशमा पुगेका छन् । कोही मलेसियाका जङ्गलमा विषालु सर्पसँग ज्यान दाउमा राखेर बाँचेका छन् । अरबका खाडीमा हाँडीको मकै झै गर्मीले भेटिएर बाँचेका छन् । कोरिया ,जापान ,अष्ट्रेलिया, युरोपका, अमेरिका आदि बिभिन्न देशमा गएर आँशु पिएर ज्यान बचाएका छन् ।

यो गाउँलाई नेपाल जस्तै बनाएर राख्न नेतृत्व गर्नेहरू सन्तोष गुरूङ, शिब बराल, नबिन पौडेल, गोविन्द रावल, ध्रुव केसी , नारद चौलागाई, प्रदिप रेग्मी ,मनोज गुप्ता, बिष्णु अर्याल, बोमलाल घिमिरे, मधु पाण्डे ,बिएन भट्टराई डिपी काफ्ले आदि रहनु भएको छ । केही टाढा रहेर पनि यो समूहमा समाहित हुनेहरूमा शोहम पौडेल, सुर्य पौडेल, बालकृष्ण ढकाल, प्रकाश मल्ल ,प्रकाश भारती सुनाल ओझा ,अमित पौडेल ,कृष्ण पौडेल, सरोज , अर्जुन गुरूङ आदिले साथ र सहयोग प्रदान गर्दै आएको छ । हामीले एडमण्टनमा दुईबर्ष बितायौँ । तर लाग्थ्यो दुई तीन महिना मात्र भयो । सबैसँगको हार्दिकता र सौहर्दताले समय गएको पत्तै भएन ।

भाषा मिल्दैन, संस्कृति मिल्दैन, रङ्ग र ढङ्ग मिल्दैन । तर जस्तै परिस्थितिमा पनि आफूलाई सबै तरकारीहरूसँग मिल्ने आलु जस्तै बनाएर मिलेर बसेका छन् । जस्तो मादल बज्छ त्यस्तै गोडा चाल्नु भने झैँ समुन्द्र नदेखेका नेपाली समुन्द्रमा माछा जस्तै तैरिन बनेका छन् । हिँउलाई हिमालतिरमात्र देख्ने नेपाली हिँउमा चिप्लेटी खेल्ने र स्केटिङ गर्ने भएका छन् । संसारभर नेपाली पुगेका छन् । जहाँ पुगे पनि आफ्नो पहिचान जोगाउनका लागि आफ्नो भाषा र संस्कृतिलाई बचाउनु पर्छ भन्ने बोध गरेका छन् । आफ्नै भाषीहरुसँग दुखसुख बाँडेर बसेका छन् । आज म उत्तर अमेरिका एउटा नेपाली बस्तीको कुरा गर्छु । क्यानडाको एडमण्टमा रहेको नेपाली बस्ती । क्यानडामा नेपालीहरूको बसोबास झण्डै पचास हजार पुगेको अनुमान गरिन्छ । नेपालीहरू दुई घर तीन घर मिलेर बसेका भने धेरै बिदेशी ठाउँहरू होलान र छन् पनि । तर बिस पच्चिस घर नेपालीहरू एउटै लाईनमा बस्न पाउँनु कम गर्वको कुरा हैन । एकै ठाउँमा बस्ने मात्र हैन । बालबालिका देखि जीवनको उत्तरार्ध तर्फ उन्मुख प्रौढहरूलाई समेत समेटेर कार्यक्रमहरू हुने गरेका छन् । हुन त एडमण्टनमा रहेका नेपालीहरू चलायमान र गतिशिल छन् । यहाँको हिमालयन रक्की स्पोर्टस क्लबले भलिवल ,सकर ,,व्याडमिटन टेवलटेनिस जस्ता प्रतियोगिताहरू गराई रहन्छन् । हिउँ पर्ने जाडो मौसममा झण्डै छ महिना सम्म ९० जनाजति नेपाली सकर खेलाडीहरूले हप्ताको एक पटक ईनडुवर सकर नेपाली फुटवल खेल्छन् । समयसमयमा नेपालबाट नेपाली गायकहरूलाई आमन्त्रण गरेर कन्सर्टहरू गर्छन् । पश्चिम क्यानडाका बिभिन्न भएका प्रतियोगितामा भलिवल फुटवल,ब्याडमिण्टन, टेबुल टेनिस, डण्डिबियो जस्ता खेलमा प्रतिस्पर्धा गर्न पुग्छन । चार घण्टा टाढाको उडान भरेर फुटवल प्रतियोगितामा भिड्छन् ।

अँ म त्यो नेपाली गाउँको कुरा गर्दै थिएँ जहाँ एउटै टोलमा धेरै नेपाली घरहरू रहेका छन् । कोही पश्चिम नेपालबाट आएका छन् भने कोही पूर्वी नेपालबाट आएका छन् । धेरै जसो पोखरा आसपासका नेपालीहरू रहेको मिनी नेपाल छ । घरघरमा पालै पालो गरेर भजन हुन्छ । भजनमा सबैघरबाट सहभागिता हुन्छ । मादल र ‍ खैजडी बजाएर बालबालिका देखि यूवायूवति र प्रौढहरूका कम्मर मर्किन्छ । भजनका तालमा छमछम नाचेको देख्दा नाच्दै ननाच्नेहरूका पनि गोडाहरू चल्न थाल्छन् । महिलाहरू पुरूष सबैले भजनलाई एउटै स्वरमा घन्काउँछन् । हिँउदभरी घरभित्रको फुटवल हुन्छ । बर्खालागे पछी चौरीमा महिला पुरूष केटाकेटी सबै खेलकुदमा जुट्छन् । सबै महिलाहरू मिलेर तीजको नाचगान गर्छन् । सडकमै राता साडीमा नाचगान गरेका भिडियो र फोटोहरू सञ्जालमा छाउँछन् । आफ्ना छोराछोरीहरूलाई भेट्न आएका आमाहरू पनि मिलेर मर्निङ र ईभिनिङवाकमा निस्कन्छन् । बर्थ डे गुन्यूचोली ब्रतबन्ध र पूजाआजामा सबै सरिक हुन्छन । नाचगान गर्छन् । छोरा मान्छेहरू तास खेलेर मनोरञ्जन गर्छन् । एडमण्टनमा हामी दुई बर्षमात्र बस्न पायौँ । तर त्यो दुई बर्षको समय अविष्मरणिय रह्यो । यो रमाइलो गाउँसँगका सम्पर्क सूत्र भने सोहम पौडेल नै हुनुहुन्छ । त्यसपछी क्रमश अरू अलार्डका साथीहरूसँग परिचय भयो । दुई बर्ष सम्म सकर व्याडमिण्टन र भजनमा जुट्न पाइयो । यो गाउँको मुखिया जस्तो भएर रहेका गोपाल अधिकारीलाई सबैले गोपाल दाइ भन्दै सम्बोधन गर्दा रहेछन् । उमेर जती भए पनि गोपाल दाइ सबैको दाइ नै हो । यो गाउँलाई नेपाल जस्तै बनाएर राख्न नेतृत्व गर्नेहरू सन्तोष गुरूङ, शिब बराल, नबिन पौडेल, गोविन्द रावल, ध्रुव केसी , नारद चौलागाई, प्रदिप रेग्मी ,मनोज गुप्ता, बिष्णु अर्याल, बोमलाल घिमिरे, मधु पाण्डे ,बिएन भट्टराई डिपी काफ्ले आदि रहनु भएको छ । केही टाढा रहेर पनि यो समूहमा समाहित हुनेहरूमा शोहम पौडेल, सुर्य पौडेल, बालकृष्ण ढकाल, प्रकाश मल्ल ,प्रकाश भारती सुनाल ओझा ,अमित पौडेल ,कृष्ण पौडेल, सरोज , अर्जुन गुरूङ आदिले साथ र सहयोग प्रदान गर्दै आएको छ । हामीले एडमण्टनमा दुईबर्ष बितायौँ । तर लाग्थ्यो दुई तीन महिना मात्र भयो । सबैसँगको हार्दिकता र सौहर्दताले समय गएको पत्तै भएन । हिड्नु भन्दा केही दिन अगाडिमात्र सर्प्राइज एक दिने बनभोज र बार्वक्यू पार्टीको आयोजना गर्नुभएको रहेछ । स्वीट भ्यालीको आसपासको पैदलयात्रा पछीको बनभोज पोलेको मकै बार्वक्यू चिकेन बिके र प्रकाशजीले बनाएको चटपटेले एडमण्टन नछोडन भन्दै थियो । सबै सहभागीहरूको सत्भाव र शब्दहरूले द्रविभूत बनाएको थियो । उहाँहरूले दिएका मिठा शब्दहरू र उपहारले वोल्न नै नसक्ने गरी स्तव्ध बनाएको थियो । सबै सबै अलार्ड गाउँका र एडमण्टनमा रहने नेपालीहरूको अगाध माया लिएर भिक्टोरिया बसाई सराई भयो ।

हार्दिक आभार तथा शुभकामना ।

सुरेन उप्रेती पाँचथर, हाल ल्याङफोर्ड भिक्टोरिया क्यानडा

प्रतिक्रिया