अनेसास अफ्रिकाले मनायो देवकोटा जयन्ती ,अध्यक्षमा केन्याका कृष्णदत्त भट्ट सर्वसम्मत निर्वाचित

इनेप्लिज २०८१ कार्तिक २० गते ११:३४ मा प्रकाशित

नैरोबी,केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ कार्यसमिति गठन गरी ११६ औं महाकवि लक्ष्मी प्रसाद देवकाेटाको जन्मजयन्ती भब्यताका साथ मनाएको छ । देवकोटा जयन्तीको कार्यक्रम आयोजना गर्नु अघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले कृष्णदत्त भट्ट, केन्यालाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको थियो । त्यसै गरि उपाध्यक्षमा तान्जानियाका पासाङ्ग शेर्पा गाेपर्मा , महासचिवमा रुवान्डाकी चन्द्रकला आचार्य ,सचिवमा सागर भण्डारी ( केन्या ) , काेषाध्यक्षमा तिर्सना काेइराला ( रुवान्डा) र सदस्यहरुमा रामचन्द्र राई ( सेसेल्स ) ,गंगा बस्याल ( केन्या ) , भरत रिजाल( नाइजेरिया ) र महेन्द्र भट्टराई ( सेसेल्स ) छन ।

त्यस पछि जुममार्फत आयोजित ११६ औं महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले अफ्रिकामा पनि देवकोटा जयन्ती मनाउनु भनेको नेपाली भाषा साहित्यको बिश्वब्यापीकरण भएको गर्वलाग्दो सुचक हो भन्नु भयो ।

उहाँले अनेसासलाई महाकवी देवकोटाका मुनामदन लगाएतका कृतिहरुलाई अङ्ग्रेजी लगाएत बिदेशी अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्न अनुरोध गर्नु भयो ।विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले अफ्रिका च्याप्टरले स्थापनाको छोटो समयमा नै किलिमन्जारो प्रकाशन लगाएत नेपाली साहित्यका बिबिध गतिबिधिं अफ्रिकामा सक्रियता साथ निरन्तर गर्नु गौरवको बिषय भएको छ भन्नू भयो ।

कार्यक्रममा अतिथि साहित्यकारहरु क्रमश: टीका आत्रेय, बिटु के. सी., एन. बि. अन्जान, विमल बैद्य, रेणुका भट्टराई तथा अनेसास केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा , केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा अनेसास अफ्रिका महादेशीय च्याप्टरका कार्यसमिति पदाधिकारीहरु तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ, विशिष्ट अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले तथा अतिथिहरु क्रमश: टीका आत्रेय, बिटु के सि, एन बि अन्जान, बिमल वैद्य, रेनुका भट्टराई तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा , केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा कार्यसमितिका सदस्य गंगा बस्यालले रचना वाचन गर्दै महाकवि लक्ष्मी प्रसाद देवकोटाले साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका सदस्य रामचन्द्र राईले अतिथिहरुलाई स्वागत मन्तव्य दिँदै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने महासचिव चन्द्रा आचार्यले कार्यक्रमकाे संचालन गरेकी थिइन् । कार्यक्रमका सभापति अनेसास अफ्रिका महादेशिय च्याप्टरका नवनिर्वाचित अध्यक्ष कृष्ण दत्त भट्टले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने उपस्थित सम्पुर्ण अतिथीहरु लगायत सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया