वहा तिमी उत्तराधिकारी

डा. चन्द्र भन्डारि २०८१ कार्तिक २४ गते ३:५५ मा प्रकाशित

वहा !!! तिमी उत्तराधिकारी !!!
के माग्दैछ ????
शहीदको रगतले,
पृथ्वीको सपनाले ,
जंगबहादुरको अडानले ,
बीपीको समाजवादले,
पुष्पलालको अस्तुले,
गणेशमानको त्यागले,
किसुनजीको निष्ठाले,
सुवर्ण समशेरको दानले,
मदन भण्डारीको जबजले,
मनमोहनको सादगीले,
शुशिला, मंगला, शैलजा, साहनाको साहसले,
के संदेश दिन खोजेका थिए,
भिम बिदुर देखी प्रदिप ले नलिएर सुविधा ?
के भन्दैछन –
विदेश गएर नेपालमा रेमिटेन्स पठाउने युवाले ,
मेरो तराई, पहाड, हिमालले,
मेरा आमाबाबु, दिदीबहिनी, दाजुभाइले,
मेरो सुन्दर , शान्त, विशाल नेपाल के माग्दैछ??????
उत्तर खोज ।
पुनः प्रश्न !!!
जे पाए पनि खानैपर्ने ?
जे पाए पनि लिनैपर्ने ?
तिम्रो काखमा ,
सहकारी पनि बाच्न सकेन !!!
कुनै मिच्छ्याहट छैन ?
कुनै अमन र अपच छैन ?
समयको गतिमा हिंड्नुपर्दैन ?
सही मानिस छान्नु पर्दैन ?
वाचाहरु पूरा गर्नु पर्दैन ?
कती भजाउने विगत लाई ?
इतिहास, वर्तमान, र भविष्यप्रति जवाफदेही हुनु पर्दैन ?
नबिर्स !
हिजका कठोर दिनहरु ,
साथमा लाग्ने साथीहरु,
पैदल हिड्ने पाखाहरु,
बैठक बस्ने हलहरु !!!
न जग चिनेको छ ,
न गहिराई थाहा छ !
न पर्बको महत्व बुझेको छ ,
न धर्म र सस्कृतिको !
जता सुकै दुर्गन्धन छ,
न नाक थुनेको छ,
न मुखमा माक्स छ !!!
भाषण गर्न चम्किने ,
स्वार्थमा लम्किने ,
काम गर्न हच्किने !!!
सुनेका हौंला नी ?
सडकका नाराहरु ,
साना हुन या ठुला ?
किन ?
सुन्दैन्न कानले ,
देख्दैन्न् आखाले ?
थाहा छ ?
सत्ता मोहले महाभारत भएको,
योद्धाहरू लाश बनेको।
वाह !!! तिमी उत्तराधिकारी !!!
जय नेपाल !!!

प्रतिक्रिया