अबिरल जीवन खोज्दै सहदेव

इनेप्लिज २०८१ कार्तिक २५ गते १७:२९ मा प्रकाशित

समीर जोशी

एकपटक जीवन बाँच्न सुरु गर । र, प्रत्येक दिनलाई नयाँ जीवनमा गणना गर ।

जीवनलाई बुझ्न कठिन छ । जीवन बाँच्ने हो । जीवन बाँच्ने कला खोज्दा खोज्दै अनेकन सभ्यता उदाए, बिलाए । कवी तथा गीतकार सहदेव कोईरालाको गीत संग्रह खोज्दा खोज्दै जीवनको त्यही खोज हो, एउटा कवी हृदयको खोज ।

थाहा छैन मेरो यात्राहरु
कहाँ पुगी टुंगिने हो
ढलपल भो जिन्दगी यो
निराशामै बित्ने भयो

मानिसको जीवनमा जन्म र मृत्यु सत्य हुन, र्निदृष्ट हुन । बाँकी सबै जीवन जिउने कलामा निर्भर छन । गीत संग्रह खोज्दा खोज्दैमा कवीले मायालाई लालीगुराँस, सयपत्री जस्ता सुन्दर फूलको कल्पना गरेका छन । आफ्नो जीवन पनि यसरी नै रंगीन होस भन्ने चाहना राखेका छन । उनी मस्त छन रुपौली परीको यादमा कति राम्री रुपौली, परी हौखाली जीवन मायाले भरीदेउमाया बिचित्र छ । माया नभई नि हुदैन त्यहि माया दुःखको कारण पनि हो ।

यति बुझेर पनि मानिस माया माया (प्रेम) भन्दै भौतारी रहन्छ । उनी पनि असमनजस्यमा छन, माया आफै हुन्छ कि लाउनै पर्छ । यो मायावी मायाको बर्णन कठिन छ । मायामा चोटहरु पाउदा पनि उनी मायामा रुमलीएका छन सुन्दर सपना देखेर अनि उनी भन्छन ।

नबन पानीमाथि ओभानो
पारेर मलाई छालमा

सहदेव माया जालको आभाष गर्छन तर सोल्टिनाका आँखामा हराउने चाहना पनि राख्छन । यो मानवीय चाहना पनि हो । गीत संग्रह खोज्दा खोज्दै पढदा सहदेवको मन मस्तिष्कमा माया, आशा, निराशा तछाड मछाड गर्दै आएको र हराएको देखिन्छ ।

सोल्टिनाका आँखामा कस्तो मोहनी
देखेपछि मन अन्तै नजाने

(सोल्टिनाका आँखामा पृष्ठ १४)

कता लुक्यौ कता हिड्यौ
मेरी प्यारी मायालु

(कता लुक्यौ, पृष्ठ १४)

मायामा शंका गर्न हुदैन भनिन्छ । शंकाले लंका डढाउछ भनिन्छ । तर सहदेव मायामा शंका नि गर्छन । सायद यो मानवीय स्वभावबाट कवी तथा गीतकार सहदेव टाढा छैनन, अनि भन्छन ।

अन्तै माया गास्यौ कि
अरुसंग कसार चाट्यौ की

(अन्तै माया, पृष्ठ १४)

कवी तथा गीतकार सहदेव कोईरालाको गीत संग्रह खोज्दा खोज्दैमा जीवनका हरेक रंग छन । माया, प्रेम, घृणा, तृष्णा आदी आदी । यस अर्थमा यो संग्रह सप्तरंगी छ र नव रसको स्वाद दिन्छ ।

संग्रहमा रहेका ८२ गीतमध्ये २४ गीत स्वरबद्ध भैसकेका छन, जसमा गीतकार स्वर्य र अनेकन प्रतिष्ठित गायक गायिकाले स्वर दिएका छन ।

समीर जोशी

प्रतिक्रिया