अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठको सभापतित्वमा ११६ औं लक्ष्मी जयन्ती तथा साहित्यकार डा. गोविन्द कोईराला द्वारा लिखित आत्मकथात्मक उपन्यास “ सानो मास्टर” को समीक्षात्मक कार्यक्रम न्यूयोर्क ज्याक्सन हाईट्स भान्छा घरको सभा हलमा नोभेम्बर १० तारीख, २०२४ आईतबारको दिन बिभिन्न कार्यक्रमका साथ सु-सम्पन्न भयो।
अ ने सा स का आजिबन सदस्यहरू, साहित्यकारहरु तथा साहित्यनुरागी महानुभावहरुको बाक्लो उपस्थितीमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण, परिचयात्मक बिबरण बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, श्रष्टा सम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कमला प्रसाईं रहनु भएको थियो भने बिशेष अतिथिहरुमा साहित्यकार मन्जु खराल र साहित्यकार शुसिल नेपाल रहनुभएको थियो।
महाकवि लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गर्ने क्रममा प्रमुख अतिथि, च्याप्टर अध्यक्ष, बिशेष अतिथिहरुले लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प अर्पण गरी महाकवि प्रति श्रद्धा सुमन अर्पण गर्नुको साथै प्रमुख अतिथि साहित्यकार कमला प्रसाईंले पानसमा दीयो प्रज्वलन गरी कार्यक्रमको श्री गणेश गर्नुभएको थियो ।
कार्यक्रमको थालनिमा गायिका हजुरी शाह कँडेल साथ उपस्थित समुहद्वारा सामूहिक नेपाली राष्ट्रियगान प्रस्तुत गरीएको थियो भने अमेरीकी राष्ट्रियगान पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अ ने सा स न्युयोर्क च्याप्टरका महासचिव नदिया लिबांग ज्युले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। यसैगरी अ ने सा स न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष केन्द्रका निबर्तमान कोषाध्यक्ष साहित्यकार विकाश बिष्टले महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारेमा ब्याख्या गर्दै उहाप्रति श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा श्रष्टा डा. गोविन्द कोईरालालाई उहाँद्वारा लिखित आत्मकथात्मक उपन्यास “ सानो मास्टर” को लागि प्रमुख अतिथि कमला प्रसाईंले सम्मान पत्रले सम्मान गर्नुभएको थियो भने च्याप्टरका महासचिव नदिया लिबांग र सदस्य राधिका श्रेष्ठले च्याप्टरको तर्फबाट श्रष्टालाई दोसल्ला ओढाई पुष्प गुच्छाले सम्मान गर्नु भएको थियो। श्रष्टालाई सम्मान गर्ने क्रममा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले पनि श्रष्टालाई खादा, दोसल्ला र पुष्प गुच्छाले सम्मान ब्यक्त गर्नु भएको थियो।
यसैगरी मन्चमा आसिन प्रमुख अतिथि ,बिशेष अतिथिहरुलाई कार्यक्रमको शुरुमा नै च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठ ज्युले दोसल्ला र पुष्प गुच्छाले स्वागत तथा सम्मान गर्नु भएको थियो।
श्रष्टाको कृति “ सानो मास्टर” को समिक्षा साहित्यकारहरु किशन सिंह धामी , किरण काफ्ले ले गर्नु भएको थियो भने साहित्यकार ज्योती पौडेलले गर्नु भएको समीक्षा उहाँ उपस्थित हुन नसक्नु भएको कारण साहित्यकार शकुन ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अनेसास केन्द्रबाट पुनः केन्द्रिय सदस्यमा मनोनित हुनुभएका एबं भर्खरै ब्यथित काब्य सम्मानबाट सम्मानित हुनुभएका न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष प्रतिभाशाली साहित्यकार शकुन ज्ञवालीलाई न्युयोर्क च्याप्टरको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि, च्याप्टर अध्यक्ष एबं च्याप्टरका महासचिव नदिया लिबांगले सम्मान स्वरूप दोसल्ला र पुष्प गुच्छाले सम्मान पनि गर्नुभएको थियो।
यसैक्रममा अ ने सा स च्याप्टरका पूर्ब अध्यक्ष केन्द्रका निवर्तमान उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ एबं नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष साहित्यकार आनन्द श्रेष्ठले महाकवि लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गर्दै कविता, गजल पाठ गर्नुको साथै श्रष्टा डा. गोविन्द कोईरालालाई बधाई र शुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई अघि बढाउँदै अ ने सा स आजिवन सदस्य एबं पत्रकार विष्णु सिंह बैंजु , साहित्यकारहरु रामचम्द्र अधिकारी , शुशिल नेपाल , शकुन ज्ञवाली ज्यु, प्रमुख अतिथि साहित्यकार कमला प्रसाईंले महाकवि प्रति श्रद्धा सुमन अर्पण गर्नुको साथै श्रष्टालाई बधाई र शुभकामना ब्यक्त गर्नुभयो। यसैगरी श्रष्टा डा.गोविन्द कोईरालाले पनि “सानो मास्टर”को बारेमा आफ्नो मन्तव्य ब्यक्त गर्नु भएको थियो।
अन्तमा कार्यक्रमका सभापति च्याप्टर अध्यक्ष लक्ष्मी श्रेष्ठले महाकवि लक्ष्मी प्रसाद देवकोटा प्रति श्रद्धा सुमन अर्पण गर्नुको साथै सर्जकलाई उहाँको कृति “ सानो मास्टर” को लागि शुभकामना दिंदै कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद एबं आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
झण्डै ३ः३० घण्टा सम्म सन्चालन भएको उक्त बिशेष कार्यक्रमको संचालन न्युयोर्क च्याप्टरका उपाध्यक्ष साहित्यकार जानुका वस्ती ढकालले गर्नुभएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर
प्रतिक्रिया