अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डी.सी. मेट्रो च्याप्टर कार्यसमितिको निर्वाचन २०२४ का लागि उम्मेदवारी दिएका आजीवन सदस्यहरुबाट हिजो बुधबार, नोभेम्बर १३, २०२४ साँझ ६ बजेसम्म परेको उम्मेदवारीको सूची निर्वाचन समितिले आज प्रकाशित गरेको छ ।
देहायका पदहरुमा तपसिलका आजीवन सदस्यबाट परेको उम्मेदवारीविरुद्ध कसैको दावीविरोध भएमा भोलि शुक्रबार नोभेम्बर १५ बेलुका ५ बजेसम्म निर्वाचन समितिको इमेलमा उपयुक्त कारणसहित दावी विरोध पठाउन निर्वाचन समितिले सूचित गरेको छ ।
यहाँ पनि थिच्नु होला :
प्रतिक्रिया