माइक टाइसन जेक पलसँग पराजित

इनेप्लिज २०८१ मंसिर १ गते ११:५६ मा प्रकाशित

पूर्व बिश्व भारी वजन वर्गका बिजेता मुडकीवाज माइक टाइसन जेक पलसँग पराजित भएका छन् । उनले बाजी मार्न सकेनन् । गत शुक्रबार राती भएको भिडन्तमा टाइसनको केही चलेन र उनले हार स्वीकार गर्नु पर्यो ।

जेक पलले नेटफ्लिक्सद्वारा आयोजित बहुप्रतिक्षित मुक्का (बक्सिङ) खेलमा टाइसनलाई ८०-७२, ७९-७३, ७९-७३ ले जितेका थिए । पलले माइक टाइसनको १८ विरुद्ध ७८ मुक्का प्रहार गरेका थिए ।

युट्युबबाट बिश्व चर्चित भएका जेक पलसँग शुक्रबार उनले हारको सामना गर्नु पर्यो । ५८ वर्षीय टाइसनले २७ बर्षिय पललाई ज्यादा प्रहार गर्न सकेनन ।

टाइसनले प्रारम्भिक चरणमा राम्रो प्रस्तुति गरे तर उनि सामू टिक्न सकेनन् । टाइसन १९८७ देखि १९९० सम्म भारी वजन समूहका बिश्व बिजेता थिए ।

२०२० मा व्यावसायिक रूपमा खेल्न थालेका पलले यसअघि यूएफसीका नेट डियाज र ओलम्पिक कुस्तिवाज बेन अस्क्रेनलाई पराजित गरिसकेका छन्। उनले २०२३ मा टमी फ्युरीसँग हार्नु अघि ६-० ले आफ्नो मुक्कबाजी (बक्सिङ )जीवन यात्रा सुरु गरेका थिए।

प्रतिक्रिया