खगेन्द्र प्रसाद आचार्य
जो कोहि ब्यक्ती बिशेशको आकर्षण ,
एक होइन अनेक चिजमा हुन सक्छ।
जो कोहि जस्को पनि दिलको समर्पण ,
कुनै एक ब्यक्ती मा हुन सक्छ।
जति जति उचाइ चढदै जान्छ।
उति उति पखेटा फिजाउदै जान्छ।
उस्को कर्मको थलो धर्ती हो।
धर्ती नै उसलाइ प्यारो लाग्छ।
भाग्य हातका रेखामा होइन,
कर्ममा भर पर्छ सबै को भाग्य।
मेहनती का रेखा मेटिने होइन,
नया नया रेखा थपिदै जान्छन।
आखाको आकर्षण होइन जीवन,
दिलको समर्पण हो जीवन।
कर्मको पहिचान हो जीवन।
जति पखेटा फिजाएर उडे पनि,
कर्मको पहिचान हुने ठाउँ धर्ती हो।
धर्ती नै प्यारो लाग्छ उसलाइ।
माटोसग खेल्दै पसिना बगाउ,
कर्मले बाटो देखाउदै जान्छ।
भाग्यका नया रेखा थपिदै जान्छन।
जिवनको पहिचान हुँदै जान्छ।
जिन्दगी नपढेको किताब झै हो।
पानाहरुमा के लेखेको हुन्छ?
न पाउन न गुमाउन सकिन्छ।
झेलिएको धागोको गुच्छा झै जीवन,
नगर हेर ब्यर्थमा नाटक ,
कर्म गर्ने हिम्मत भएको लाई
सकि नसकी बुझाउन सकिन्छ दिब्यश्री।
म यस्तै यस्तै नै छु।
मैले जीवन तसरी नै बुझेको छु।
,म, लाई हुझ्न नै गारो ।
जस्ले बुझ्छ ,म, को अर्थ ,
उसलाइ लाग्छ जीवन प्यारो।
नत्र जीवन सधै भरी को घाँडो।
जसले कर्म बुझ्न सक्यो,
उसको लागि अमृत हो जीवन,
जसले बुझ्न सकेन कर्म,
उसको लागि बिष हो जीवन।
खगेन्द्र प्रसाद आचार्य
काठमाडौ
प्रतिक्रिया