सेन्ट जेभिएरमा पढेर अमेरिकामा अकल्पनीय दुख खेप्दै र झेल्दै आएका बिधार्थी उमङ्ग दाहालको सहयोगको लागि बिशेष अपिल

इनेप्लिज २०८१ मंसिर २ गते १:३८ मा प्रकाशित

नेपाल घर भै सेन्ट जेभिएर कलेजमा पढेर अमेरिकामा आएका उमङ्ग दाहालले अकल्पनीय दुख पाए । अझ पनि उनि अनगिन्ती समस्याहरुसँग झुध्दै र सहन सक्ने सबै दुख पिरलाई शिरोधार्य गर्दै अगाडी बढ्ने वाचा गरेका छन् । उनले पाएको दुखको परिकल्पना नै गर्न सकिदैन । यस्तो पीडा ,दुख र दर्द कसैलाई पनि नपरोस् ।

डिसी क्षेत्रका नेपाली समुदायले बिधार्थी उमङ्ग दाहालको सहयोगको लागि बिशेष अपिल गरेका छन् । उमंगलाई सहयोग गर्ने समूह फल्स चर्चले उनलाई सहयोग गर्ने हेतुले गोफन्ड मी संचालनमा ल्याएको छ ।

२५ हजार डलरको लक्ष्य सहित खोलिएको खातामा भर्खरै चन्दादाताहरुले सहयोग गर्न सुरु गरेका छन् । गोफन्ड मीमा उमङ्ग दाहाल करिव ३ बर्षभन्दा बढि समयदेखि निराशा र विचलित जीवन बिताउन वाध्य भएको जनाईएको छ । अमेरिका आए पछि उनको मानसिक स्वास्थ्यमा ठूलो समस्या आयो ।

उमङ्ग नेपालमा छदा एक कुशल र परिश्रमी विद्यार्थी थिए। सेन्ट जेभिएर कलेजमा निकै राम्रो अंक ल्याएर जोड दुई (प्लस टु ) उत्रीण गरेपछि उनी थप अध्ययनका लागि अमेरिका आएका थिए। सन २०१९ को कोभिडको महामारीसँगै उनले जागिर गुमाए। आर्थिक समस्या आए पछि उनि झन् झन् समस्यामा पर्न थाले । लामो समयदेखि उनको खानपान र बस्ने ठाउँको अझै टुङ्गो नभएकोले उनलाई केही गर्ने उद्धेश्यले गोफन्डमी खाता खोलिएको उल्लेख गरिएको छ ।

उमङ्गको सहयोगका लागि समुदायले ठूलो सहयोग गर्यो । उनलाई अस्पतालमा भर्ना गराउन सहायता गर्यो । तर, कुनै उपाय नलागेपछि नेपालकै चिकित्सकको सल्लाह र सिफारिसमा ‌उपचार शुरु गरे देखि उनको सुधार हुन् थालेको छ । यो समुदायको लागि हर्ष र खुसीको कुरा हो ।

हाल उनी कहाँ बस्नेखाने भन्ने अझै कुनै टुङ्गो छैन। तसर्थ, केही समयका लागि उपचार र बस्नेखाने व्यवस्था मिलाउनका लागि नेपाली समुदायबाट प्रयास शुरु गरिएको छ । एक बिद्यार्थी यो समस्याबाट मुक्त हुन् भन्ने हेतुले खोलिएको गो फण्ड मी संचालनमा ल्याएको हुनाले समूहले सबै नेपाली समुदायलाई सहयोगको आह्वान गरेको छ ।

आफ्नो क्षमता अनुसार सहयोग गर्न अपिल गरिएको छ । बिधार्थी उमङ्गमा खुसी फर्केको र उनले नयाँ जीवन शुरु गरेको देख्न र सुन्न चाहनुहुन्छ भने आफूले सक्ने सहयोग गर्न सबैलाई बिशेष अनुरोध गरिएको छ ।

सहयोग गर्न यहाँ थिच्नु होला :

https://www.gofundme.com/f/tzafa-support-umang-dahals-journey-to-recovery?fbclid=

प्रतिक्रिया