अमेरिकाको भर्जिनिया राज्यको मनाससमा आयोजित नेपाली कलाकारहरुको सम्मानमा डिसी क्षेत्रका समाजसेवीहरु पनि सम्मानित भएका छन् ।
नेपाली चलचित्रका अभिनेता भुवन केसीले सबै समाजसेवीहरुलाई पुरस्कृत गरेका थिए । उक्त कार्यक्रममा भर्जिनियाका सिनेटर ड्यानिका रोमको उपस्थिति रहेको थिईन ।
डिसी क्षेत्रका समाजका लब्ध प्रतिष्ठित समाजसेवी संस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
उक्त पुरस्कारबाट सम्मानित हुनेहरुमा क्रमस साहित्यकार पुरुषोत्तम सुवेदी, समाजसेवी तथा अर्थविद प्रेम संग्रौला, एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी, सानकीअध्यक्ष मंजु संग्रौला कार्की साथै एनआरएनए भर्जिनियाका अध्यक्ष बिशाल कार्की रहेका थिए ।
प्रतिक्रिया