वासिंटन डी.सी. खगेन्द्र अधिकारी । संस्थागत एकता र सर्वोत्कृष्ट मान्यताका लागि “एनआरएनए” उच्च स्तरीय समितिको बैठक नेपालको सर्वोच्च अदालत बाट न्यायिक निरुपण भएको चैत्र २१, २०८० सालको फैसला अनुसार नै संस्थाको १० औं महाधिवेशन सम्पन्न गराउनका लागि अगाड़ी बढ्न जरुरी भएको महसूस गरिएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को माध्यमबाट गैर आवासीय अर्थात् प्रवासी नेपालीहरुको मनोभावना र विनम्रतापूर्वकको संवेदनशीलतालाई अंगीकार गरेर सामाजिक सेवाका भावनामा विश्व भरिबाट सबै पक्षबीच एकताको आह्वान गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला मुताबिक़ र यसलाई मध्यवर्ती भएर कार्यान्वयन गर्नका लागि नेपाल सरकार परराष्ट्र मंत्रालयले साझेदारीको जोहो गरिएको कर्तव्य प्रति सकारात्मक भएर ध्यानाकर्षण गर्न निकै नै जरुरी छ।
नेपाल सरकार परराष्ट्र मंत्रालयले साझेदारीको जोहो गरिएको कर्तव्य प्रति सकारात्मक भएर ध्यानाकर्षण गर्न निकै नै जरुरी छ।
उपरोक्त न्यायिक, सरकारी र सार्वजनिक रूपमा निरुपण गरिएको संवेदनशील सामाजिक विषयको निराकरण गर्नका लागि १० औँ महाधिवेशन एकता गर्नका लागि नै तय गरिने हो भन्ने हाम्रो साझा बिस्वास र सो वमोजिमको दृढ़ संकल्प सहितको स्वतंत्र एवं तथ्यात्मक बुझाँई भएको हुँदा यस प्रति कसैले पनि आक्रोशित हुने, झुक्ने या नझुक्ने भन्ने बिषयलाई लिएर सानोमन नगरी मन-मुटु बाट नै संस्था, अभियान र अभियंता प्रति झुक्न परे यसमा मध्यवर्ती भै सामाजिक उत्तरदायित्व र संस्थागत हितलाई ख़्याल गरेर सबैले एकताबद्ध हुँदै विना भेदभाव, विना वैरभाव र बिना कपट अगाड़ी बढ्न आवश्यक भएकाले आपसमा अनावश्यक खिंचातानी र पूर्वाग्रह लिनु पर्ने अवस्था नभएको सम्बन्धमा सर्वसम्मत दाबी गर्न जरुरी छ।
एकताको लागि भनेर सकारात्मक दृष्टिकोणबाट १० औं महाधिवेशन गराउनु पर्ने र यसका लागि गरिने उच्च स्तरीय समिति साथै सम्बंधित व्यक्तित्व र निकायहरुको निर्विकल्प पहलकदमीलाई कसैले पनि भाड्ने कुकृत्य गर्न नहुने स्वतंत्र, साझा एवं स्वास्थ्यवर्धक ठहर गरिन्छ।
विगतका बर्षहरुमा लामो समय देखि बर्षौ बर्ष सम्म मर्मस्पर्शी साझा सामाजिक संस्था “एनआरएनए” लाई बन्धक बनाएर व्यक्तिवादी तवरबाट जस जसले जे जे गरेर भएपनि तनाव दिएर र बर्बरतापूर्ण कुकृत्य गरेर सार्वजनिक रूपमा संस्थागत हितको पवित्र उद्देश्य र गैर आवासीय अभियानको स्वच्छ छविलाई नै बर्बादी गरेको भए पनि अब चैं कमसेकम यसबाट पाठ सिकेर एकताबद्ध “एनआरएनए” का लागि सबैले ज़िम्मेदार भएर जवाबदेहीताका साथ पहलकदमी लिने र यस अनुसारको प्रतिबद्धता सम्पूर्ण नेतृत्वले नेतृत्वहीन नभैकन र समग्र प्रभावशाली गैर आवासीय सामाजिक अभियन्ताहरु बाट नयाँ र भिन्न किसिमको सकारात्मक दृष्टिकोणको आवश्यकीय दृष्टांत सहित त्याग गर्न सक्ने भएमा सो गर्न संभव हुनेछ। एकताका लागि सबैजना गम्भीरता पूर्वकको सोचमा आधारित भएर अगाड़ी बढ्न र मद्धत गर्न आवश्यक छ।
यस महान सोचमा अडिक रहेर समस्त गैर आवासीय नेपालीहरुले आ-आफ्नो कर्तव्य पुरा गरेमा मात्र यस संगै विदेशमा रहेका समस्त नेपालीहरूले मातृभूमि यानेकी स्वदेशमा सहज ढङ्गले लगानी गर्ने वातावरण वन्न थप सहज हुनेछ।
यस संगै विदेशमा रहेका अत्योधिक नेपालीहरूले स्वदेशमा सहज ढङ्गले लगानी गर्ने वातानुकूलित अवस्थामा थप सहज हुनेछ र यसमा अभियानमा सरलीकृत हुदै सहजता समेत आउँनेछ भन्ने हाम्रो एउटै बुझाई छ।आँफुले विदेशी भूमिमा रहेर मेहनतका साथ परिश्रम गरेर मितव्ययिता बाट आर्जन गरेको सम्पत्ति मध्ये केही अंश यदि सकिन्छ भने सकारात्मक भावना बाट सोचेर आफ्नो मातृभूमिमा अर्थात् नेपालमा लगानी गर्नु गैर आवासीय नेपालीहरु सबैको महान कर्तव्य पनि हो भनेर सकारात्मक हुन धेरै नै आवश्यक छ।
नेपालको सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम नै नेपालको संवैधानिक न्यायिक निकाय महान्यायाधिवक्ता कार्यालय मार्फत नेपाल सरकार परराष्ट्र मंत्रालयले आवश्यकीय पत्राचार गरे पश्चात अव सो पत्रका आधारमा “एनआरएनए” ले यसको कार्यान्वयनका लागि के कसरी अगाड़ी बढ्ने र कुन रणनीतिका साथ काम कार्यवाही गर्ने भनेर मिहिन तरिका बाट ध्यान दिन पर्ने हुन्छ।
सम्मानित सर्वोच्च अदालतले विगतमा याने की विद्यमान रुपमा गत चैत २१ मा भएको फैसलाले गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समावेशी, निष्पक्ष, स्वतंत्र, विनामोलाहिजा अर्थात् विना लेनदेन (विना भेदभाव), व्यवहारिक, समझदारी युक्त र नयाँ सिरा बाट समेटेर क़ानून सम्मत हुनेगरी समाधान गरी एकतापूर्ण र एकताबद्ध परिणाम आउने गरि १० औं महाधिवेशन गरिने परिवेशमा सबैतिर बाट वास्तविक रुपमा बिस्वास गरिएको बुझिएको छ।
गैर आवासीय नेपाली संघ( एनआरएनए) एक हुँदा अर्थात् एकै मिलन विन्दुमा अवतरण हुँदा नै नेपाल र समग्र गैर आवासीय नेपालीहरुलाई उपलब्धिमुलक हुने भएकाले सबैको एउटै दृष्टिकोणमा रहेर समग्रतापूर्वक संस्थागत हितका लागि उद्देश्यपरक र परिणामोन्मुख भै काम गर्न सहज वनौं भन्ने बिषयलाई लिएर स्वतंत्र एवं सकारात्मक सोच सहितको अवधारणाहरुलाई संप्रेषित गरिएको हो भन्नेमा दुईमत नहुने बिषय स्पष्ट नै छ।
गैर आवासीय नेपालीहरुको इतिहासमा पूर्ववत समयमा भएका र रचिए झैं टुप्पाबाट पलाएको तुच्छ बिचारहरु राखेर कसैलाई पनि डाम्ने सिद्धांत लिएर गैर आवासीय नेपाली संघको नेतृत्व तह अव पनि हिनेमा उक्त नेतृत्वले सफलतापूर्वक रुपमा समसामयिक समस्यालाई समाधान गर्न असंभव हुनेछ।
अतः नेतृत्व तहमा रहेकाहरुले अक्सरमा व्यक्तिवादी, अहंकारी र स्वच्छाचारी नभएर कुनै पनि तुष र कपट नराखी काम गर्न सक्षम हुनु पर्ने हुन्छ।व्यक्तिगत रुपमा र सार्वजनिक रूपमा कसैलाई पनि समाप्ति नगर्ने र सबैको हित हुने “वसुधैव कुटुंबकम” को सर्वोपरि र सुन्दर अनि आदर्शवान सिद्धांत बमोजिम कार्यक्षमता अभिलिखित हुने ऐतिहासिक रुपको अभियान लिएर मन-मुटु बाटै उदाहरण बन्न सक्नको लागि आँफु बाट नै त्याग गरेर अरुलाई अभिवादन सहित आमन्त्रित गर्न सक्ने व्यक्तित्व बन्न र सहन गर्न सक्नु आवश्यक हुनेछ।
गैर आवासीय नेपालीहरुको इतिहासमा पूर्ववत समयमा भएका र रचिए झैं टुप्पाबाट पलाएको तुच्छ बिचारहरु राखेर कसैलाई पनि डाम्ने सिद्धांत लिएर गैर आवासीय नेपाली संघको नेतृत्व तह अव पनि हिनेमा उक्त नेतृत्वले सफलतापूर्वक रुपमा समसामयिक समस्यालाई समाधान गर्न असंभव हुनेछ।
संस्थागत रुपमा नेतृत्वको लागि तछाँड र मछाँड गर्नेहरुले मपाँई भन्न छोड़ेर केवल सम्मानित सामाजिक सेवाका भावना अनुरूप मात्र सेवाउन्मुख हुनु पर्ने र यस महत्वपूर्ण भूमिकामा स्वतंत्र र निष्पक्ष भएर अगाड़ी बढ्नु अनि साथ-साथमा पवित्र अठोट लिन सक्नु धेरै नै जरुरी छ।पवित्र अठोटको अगाड़ी हर उत्तमोत्तम लक्ष्यहरु सम्भव हुन्छन्।
आँफु आबद्ध संस्थाको सर्वोपरि हितका लागि तल्लीन र कर्तव्यनिष्ठ नभै कर्तव्यविमुख भएर जानाजान यो संस्थाको नेतृत्वमा रहेका अत्योधिक पात्रहरु नेपालका अनेकानेक राजनीतिक दलहरुको निहित स्वार्थको पछाडी लाग्दै संस्थालाई दलदलमा फसाएको कारण आज सम्म संस्थागत हितका लागि भनेर “एनआरएनए” राम्रो पनि र हाम्रो पनि हुन सकेको एउटै पनि उदाहरण छैन भन्दा अत्युक्ति नहोला भन्ने लागेको छ।
निकट भविष्यमा यस संस्था अन्तर्गत आबद्ध मानिसहरु सम्पूर्ण कमिकनजोरीहरुका साथै अहङ्कारलाई त्यागेर र वास्तविक रुपमा नै स्वास्थ्यवर्धक अनि ज़िम्मेदार भएर अगाड़ी बढ्दै सक्षम हुन सक्ने हो भने मात्र गैर आवासीय नेपालीहरुका लागि हितकर बन्न सक्ला भन्ने पनि लागेको छ।
स्वयंसेवा र सामुदायिक सेवाका लागि मात्र भनेर जब सम्म नेतृत्वमा रहन दावेदारी गर्ने मानिसहरुले आ-आफ्नो अहङ्कारको उन्मूलन गर्न उत्तरदायी हुँदैनन् तब सम्म यस संस्थाले तय गरेका उद्देश्यपरक कार्यदिशाहरु परिणाम मुखि बनाउन नसकिने बिषय चैं निश्चित नै हुन्छ।
इतिहासको विभिन्न कालखण्डमा “एनआरएनए” मा धेरै नै अस्वस्थ्यकर र अनुत्पादक यानेकी अनावश्यक क़ानूनी खैलाबैला र आपसी जोरजुलुम युक्त युद्धहरु भए र भै पनि रहेको अवस्था छ। अव यि क़ानूनी र अनावश्यक सबैखाले वैरभावपूर्ण युद्धहरुलाई हार र जित भन्दा पनि सबै स्वयंसेवक सिपाहीहरु आपसमा र संयुक्त रुपमा समझदारी गरि संस्थागत हितका लागि रक्तसंचार गराई सामुदायिक पुनर्जागरण ल्याउन एक भएर लागौं। य
सका लागि सर्वप्रथम विभिन्न किसिमका क़ानूनी अपभ्रंश, कुतर्क, मनमुटाव नगरी अदालती कचहरीहरुलाई अवसरमा बदली जित्ने र हार्ने विभाजनकारी सोचलाई संस्थागत हितका निमित्त एकतामा परिवर्तन गर्न र शुद्धिकरण गर्न लागिपर्नु जरुरी भएकाले उपरोक्त बमोजिम नै हुनेछ भन्ने बिस्वास लागेकाले यसलाई मध्यवर्ती गरेर उपरोक्त सार्वजनिक धारणाहरुलाई साझेदारी गरिएको छ।
हामी सबैले नै सर्वोपरि हितका सन्दर्भमा मेहनत एवं परिश्रम सहित नैतिकता र ईमानदारीताको ज़िम्मेदारी वहन गरेर विना पूर्वाग्रह आ-आफ्नो तर्फ बाट स्वयंसेवकिय भावनाको संस्थागत हित, प्रवासी जीवनशैलीका माध्यम द्वारा मातृभूमि नेपालको हित, र सर्वोच्च मान्यताको लागि चुस्त, दुरूस्त, सक्षम र पारदर्शीताको नीतिलाई अवलंबन गरेर अगाड़ी बढौं।
खासगरी संस्थागत हितका खातिर लगनशील र सक्षम अभियंताहरुको खुट्टा तान्ने प्रवृत्तिको अन्त संगै संस्था प्रति वफ़ादार र ईमानदार मानिसहरुको भागदौड़ नहोस् भन्न चाहान्छु।
एवं प्रकार बाट अन्तमा, संस्थागत हित र एकताबद्धताको लागि आयोजित भन्ने नारा युक्त मंगलवार, मंसिर ४, २०८१ मा हाम्रो मातृभूमि नेपालको काठमांडौंमा सम्पन्न हुने भनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए ) को उच्चस्तरीय समितिको बैठक आसन्न १० औं महाधिवेशनको लागि आवश्यकीय पूर्वाधारको तय संग-संगै सकारात्मक सोचमा आधारित भएर परिणामोन्मुख हुँदै सफलतापूर्वक सम्पन्न होस भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
खासगरी संस्थागत हितका खातिर लगनशील र सक्षम अभियंताहरुको खुट्टा तान्ने प्रवृत्तिको अन्त संगै संस्था प्रति वफ़ादार र ईमानदार मानिसहरुको भागदौड़ नहोस् भन्न चाहान्छु।
विभिन्न समय एवं कालखण्डमा नेपालको संविधान र ऐन कानून अनुसार स्वयं नेपाल सरकारद्वारा हामीलाई प्रदान गरिएको वंशज एवं जन्मसिद्ध नेपाली नागरिकताको निर्विकल्प निरन्तरता हाम्रो अपरिहार्यता हो”।
यसको निरन्तरतामा खवरदारी गर्न सबै गैर आवासीय अर्थात् प्रवासी नेपालीहरु एक जुट भएर लागौं। यस महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा नेपाल सरकार संग आबद्ध भएर अनुरोध गर्न र यसमा साझा खवरदारी गर्न कोहि पनि नछुटौं।
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित, ईमानदार, स्वतंत्र एवं मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा कटिबद्ध रहनुका अतिरिक्त विभिन्न स्वयंसेवकिय सामाजिक संघ-संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ।
प्रतिक्रिया