निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पदमा नियुक्त भएका फ्लोरिडाका सॅासद म्याट गेट्ज यौन काण्डको विवादमा मुसिए पछि आफनो नाम फिर्ता लिएका छन्।
गेट्जले महान्यायाधिवक्ताको रूपमा हटने विचार गर्दै सामाजिक सॅजाल बिहीबार उक्त जानकारी गराएका छन्।
फ्लोरिडाका पूर्व सांसदले बुधबार सिनेटरहरूसँगको बैठकपछि यो निर्णय गरेको बताए।
गेट्जले अनावश्यक रूपमा लामो समय सम्म वासिॅगटनमा झगडामा खेर फाल्ने कुनै समय नभएको बताए ।
महान्यायाधिवक्ताको रूपमा सेवा गर्ने विचारबाट मेरो नाम फिर्ता लिनेछु, उनले सामाजिक सॅजालमा लेखेका छन्।
यौन दुर्व्यवहार र अवैध लागूऔषध प्रयोग सहित गलत कामको आरोप लागे पछि उनले नाम फिर्ता लिएका हुन्।
प्रतिक्रिया