ज्वाई साब नेपाली चलचित्र भर्जिनिया फेयरफ्याक्समा प्रदर्शन हुदै

इनेप्लिज २०८१ मंसिर ७ गते ११:२७ मा प्रकाशित

नेपाली चलचित्र ज्वाई साब भर्जिनियाको फेयरफ्याक्समा प्रदर्शन हुने भएको छ । नेपालमा अत्यधिक सफलता हासिल गरेको उक्त चलचित्र आगामी नोभेम्बर २४ आइतबारका दिन राती ७ बजे प्रदर्शन हुने छ ।

निर्देशक वसन्त निरौलाले यस चलचित्रलाई निर्देशन गरेका छन् । यो चलचित्र विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ । चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।

कार्यकारी निर्माता विजय बस्याल हुन् भने चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत दिएका छन् ।

आयोजकले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई चलचित्र हेर्न आउन आग्रह गरेका छन् ।

चलचित्र प्रदर्शन हुने मिति : २४ आइतबार, २०२४

समय : राती ७ बजे

कहाँ : फेयरफ्याक्सको सिनेमा आर्ट्स थेटर
9650 main st ,fairfax ,va 22031

प्रतिक्रिया