विश्व तेक्वान्दो संगठन (डव्लुटीओ) को कार्यकारिणी सदस्य पदमा सिनियर मास्टर सुनिल निर्वाचित भएका छन् ।
हालै न्युजर्सी अमेरिकामा सम्पन्न विश्व तेक्वान्दो संगठन ( डब्लु टी औ) को कार्यकारिणी समितीको निर्वाचनमा चेशपिक मार्शल आर्ट अमेरिकाका मुख्य पशिक्षक एवंम निर्देशक सिनियर मास्टर सुनिल शाक्य विश्व तेक्वान्डो सगठन (डव्लु टी ओ) को कार्यकारीणी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
साथै डब्लुटीओ मुख्यालयको अध्यक्षको कार्यालयको निर्देशक पदमा समेत नियुक्त भएका छन्। विश्व तेक्वान्दो संगठनका संस्थापक ग्रान्ड मास्टर कोंग योंग इल र अध्यक्ष ग्रान्ड मास्टर केसी इल्सन किमको समर्थन र सहमतिमा सिनियर मास्टर सुनिललाई उनको क्षमता र उनले पुर्याएको योगदानको कदर गर्दै उक्त पदमा नियुक्त गरिएको हो।
सिनियर मास्टर शाक्य तेक्वान्दोका छैठौ ब्लाक वेल्ट हुनुको साथै अन्तराष्टिय क श्रेणीका निर्णायक (रेफ्री ) पनि हुन।
प्रतिक्रिया