अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा गत शुक्रबार ,नोभेम्बर २२ ,२०२४ का दिन एकल सवारी साधन दूर्घटना हुँदा निधन भएका २ जना नेपाली युवकहरु क्रमस सुरेश केसी तथा बिबेक सुबेदीको सम्झनामा प्रार्थना सभाको आयोजना गरिएको छ । त्यहाँ मैनबत्ती समेत बाली आत्माको चीरशान्तिको कामना को साथै १ मिनेट मौन धारण समेत गरियो ।
आज ,नोभेम्बर २४ आइतबारका दिन दिउसो ३ बजे घटना भएको छेउछाउमा आयोजना गरिएको उक्त प्रार्थना सभामा उपस्थित नेपाली समुदाय पुरै भाबुक बने । उक्त प्रार्थना सभामा आयोजक,दुवैका आफन्त ,साथीभाई र शुभचिन्तकले दुवैका कुरा सुनाउदा सबैका आँखा रसाए । त्यति मात्र हैन उनीहरुका कथा र पारिवारिक स्थितीको वर्णन गर्दा प्रत्यक्ष प्रसारण हेर्ने दर्शकहरु समेत भाबुक भए ।
सुबेदी तथा केसीका आमाबुवाका थाप्लोमा करौडौ ऋण भएको बताउदा त्यहाँ उपस्थित नेपाली समुदाय अझ भाबुक भए । सबैका आँखा रसाएका थिए । मदिरा सेवन गरेर गाडी कुदाएको कारण गाडी दुर्घटना परेको हुनाले बोल्ने सबैले सबै नेपालीलाई यसबाट पाठ सिक्नु पर्ने र अब देखि सचेत हुनु पर्ने बताए ।
भर्जिनिया लाउडन काउन्टी पार्कवे नामक सडकमा भएको दुर्घटनामा विवेक सुवेदी र सुरेश केसीको ज्यान लिएको छ तर उनीहरूका अर्का साथी मेहुल श्रेष्ठ गम्भीर घाइते भएर अझै अस्पतालमा छन् ।
प्रार्थना सभाको आयोजक मध्ये कै एक योगेश श्रेष्ठले दुर्घटना भए पछि दुवैको परिवारहरुलाई सम्पर्क गरेको बताए । सुरेश केसीका अमेरिकामा साथीभाई अन्य माध्यमबाट रुकुम सम्म उनका परिवारलाई सन्देश पठाईएको बताए । तर बिबेक सुबेदीको परिवारलाई बर्दियामा समाचार पुर्याउदा बिबेककी दिदी पर्ने मार्फत बुवाआमालाई समाचार पुर्याईएको बताए ।
तर उनी दिदी पर्नेले योगेश श्रेष्ठलाई गत राती आवाज सन्देश (भ्याईस म्यासेज)छोडेको बताउदै उनले छोडेको सन्देश सार्वजनिक रुपमा सुनाउदा माहौल अझ गम्भीर भयो । सबैका आँखा रसाए । दिदीले एकल सन्तान ,बुवा पान पसल भएको र थुप्रै ऋण थाप्लोमा भएकोले आयोजकलाई नै सबै कुरा गर्न आग्रह गरिन ।
जति सक्दो ऋण मुक्त गर्न आह्वान गर्दै रुदै सबै अमेरिकावासी नेपाली समुदायलाई आग्रह गरिन । उनले आमाबुवा अचेत अवस्थामा भएको बताइन । दिदीले रुदै उता पढ्छु भन्दै सबै बेच बिखन गरेर दुखले पठाएको बताइन । बुवाआमाका एक मात्र सहारा थिए । बुवाआमा पागल जस्तै हुनु भएको छ ,घर जग्गा लिलामी हुन्छ । सके जति सहयोग गर्न आग्रह गरिन ।
श्रेष्ठले यस विषम परिस्थितिलाई मध्य नजर गर्दै बिबेक र सुरेश र महुलको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गो फन्ड मी संचालनमा ल्याएको बताए । दुबैको दाह संस्कार तथा सबै खर्च कटाएर दुबैको घरमा पठाइने बताए ।
बिबेक सुबेदीका साथी निशेष भट्टराईले कार्यक्रमको सुरुवात गर्दै सबैको साथ र सहयोगको लागि आह्वान गरे । त्यस्तै आशिष संग्रौलाले सोमबार दुवैको शव परीक्षण (पोष्ट मार्टम) गरे पछि लाउडन काउन्टी शेरिफ कार्यालयमा जाने र त्यस अनुसार दाह संस्कार आदी र अन्य जानकारी गराइने बताए ।
भर्जिनिया साउथ राइडिंग निवासी ध्रुब सिंह सिलवालले पनि दुखद घटना भएको र चिनजान भएका भाईहरु भएको भन्दै हामी सबैले सहयोग गर्नु पर्ने बताए । धेरै वक्ताहरु नराखिएको र कार्यक्रमको अन्त्यमा मैन बत्ती बाली दिवंगत आत्माको चीर शान्तीको कामना गरियो ।
सहयोगको लागि गोफन्ड संचालनमा :
https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_
बिबेक, सुरेश र मेहुलको परिवारलाई सहयोग गर्न १ लाख ५० हजार डलरको लक्ष्य राख्दै गोफन्ड मी संचालनमा ल्याइएको छ । गो फण्ड मी योगेश श्रेष्ठले संचालनमा ल्याएका छन् । अर्थात् उनको नाममा राखिएको छ ।
विवेक आफ्ना वृद्ध आमाबाबुको एक मात्र जीवित सन्तान थिए र सुरेश रुकुम नेपालको ग्रामीण समुदायबाट आएका हुन् । उनि करिव ८०-९० लाख तिरेर अमेरिका आएको एक जना उनका नजिकका साथी/भाइले बताए । दुबैको जीवन अत्यन्तै संघर्ष र आर्थिक अभावमा काटी रहेको अवस्थामा यो घटनाले अझ परिवारलाई पिडा थपेको छ । नेपालमा उनीहरूको परिवार अकल्पनीय दुःख र आर्थिक कठिनाइबाट गुज्रिरहेको गो फन्ड मी मा जनाईएको छ ।
बिबेक वासिङ्टन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी( वाशिंगटन बिश्वबिद्यालयका बिज्ञान तथा प्रविधि)का वरिष्ठ वर्षका विद्यार्थी थिए।
सुरेश केसी आफ्नो परिवारको कमाई गर्ने एक मात्र सन्तान थिए ।
त्यस्तै दुर्घटनामा परेका मेहुल श्रेष्ठ बाँचे तर दुर्घटनाका कारण गम्भीर घाइते भएका छन् । मेहुल भर्जिनिया कै प्रख्यात जर्ज मेसन विश्वविद्यालयका विद्यार्थी हुन्। मेहुलको दीर्घकालीन उपचारका लागि उनको परिवारलाई थप आर्थिक सहयोग चाहिने गो फन्ड मी मा भनिएको छ ।
यस दुखद विपत्तिको समयमा सहयोगको लागि सम्पूर्ण समुदायलाई आह्वान गरिएको छ । अन्त्येष्टि (दाह संस्कार ) तथा मेहुलको चिकित्सा खर्च पनि थुप्रै पर्ने हुनाले सहयोग गर्न अनुरोध गरिएको छ ।
बिस्तृत कुरा सुन्न ईनेप्लिजको प्रत्यक्ष प्रसारण हेरौ र सबै कुरा छर्लंग हुने छ :
https://www.facebook.com/share/v/HSVxQTmnUVoCTmZ6/
बिबेक,सुरेश र मेहुललाई सहयोग गर्न यहाँ थिचु होला :
https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_
प्रतिक्रिया